नयाँ सरकारको चुनौती
Tuesday, 08.19.2008, 09:51am (GMT+5.5)
काठमाडौं । नेकपा माओवादीले उठाइरहेको राष्ट्रियताको आन्दोलनले अब कस्तो स्वरुप ग्रहण गर्ने हो चौतर्फी जिज्ञासा उत्पन्न भएको छ । भारतीय विस्तारवाद र अमेरिकी राम्राज्यवादको चर्को विरोध गर्ने माओवादीको नेतृत्वमा गणतान्त्रिक नेपालको निर्वाचित सरकार गठन भएपछि भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्ने मात्र होइन असमान सन्धि सम्झौताको पुनरावलोकन तथा खारेजी गर्ने सम्बन्धमा के कस्तो नीति निर्माण गर्छ जनता अहिले त्यसैको प्रतिक्षामा छन् ।
नेपाली राष्ट्रियता खतरामा पर्दैआएको माओवादीका वरिष्ठ नेताहरुले बताइरहेका छन् । भारतकै कारण नेपालको आन्तरिक राजनीतिमा अस्थिरता बढिरहेको खुलासा गर्ने माओवादी नेताहरुलाई अब राजनीतिक स्थिरता, सीमा व्यवस्थापन, अतिक्रमित भूमि फिर्ता, असमान सन्धि सम्झौताको खारेजी लगायत राष्ट्रियताका सवालमा आफूले विगतमा व्यक्त गरेको प्रतिवद्धता पूरा गर्ने चुनौती बढेको छ ।
भारतको आशर्ीवाद र निर्देशनवेगर केही गर्न नसक्ने गरी कुँजो भैसकेको राजनीतिक नेतृत्वले नेपाली जनताको चाहनालाई आत्मसात गर्दै नयाँ नेपालको खाका तयार गर्नु कम चुनौतीपर्ूण्ा छैन । यति हुँदाहुँदै पनि नेपाली जनताको आवश्यकता अनुसार नीति तथा कार्यक्रम बने र व्यक्तिगत आकांक्षालाई त्याग्ने काम भयो भने नेपाली राष्ट्रियताको जगर्ेना गर्दै नयाँ नेपाल पक्कै बन्नेछ । अहिले जनताले माओवादीबाट अपेक्षा गरेको विषय पनि यत्ति मात्र हो । तर अहिलेको गठबन्धनले त्यो अभियान सजिलै पूरा होला जस्तो भने छैन । एक मधेस एक प्रदेशको नाराका बलमा उदाएको माधेसी जनअधिकार फोरमजस्ता क्षेत्रीयतावादी दलसंगको सहकार्यले माओवादी र एमालेलाई आगामी दिन फलामको च्यूरा नबन्ला भन्ने पनि छैन ।
|