Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 04:56am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
नेपालमा भोकमरी फैलने खतरा
Tuesday, 08.19.2008, 09:53am (GMT+5.5)

काठमाडौं । विश्व खाद्य संकट बढ्ैछ । नेपाल विश्वमा खाद्यान्न संकट पर्ने १६ वटा मुलुकहरुभित्र परेको समाचार र्सार्वजनिक भएको छ । यो नेपालका जिम्मेवार व्यक्तिहरुका लागि लाजमर्दो कुरा हो ।

कृषिप्रधान मुलुक, जहाँ ८४ प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर छन् । निर्वाहमुखी कृषिमा धानिएको नेपाली समाज अब खाद्यान्नका लागि विदेशीका सामु भिख माग्नुपर्ने अवस्था सिर्जना हुँदैछ । दर्ुगम क्षेत्रका बासिन्दाहरु अहिले खानेकुराको जोहो गर्न जंगल छिर्न थालेका छन् । उनीहरुको घरमा अन्न छैन, बजारमा अन्न किन्न पैसा छैन । आयस्रोत नहुँदा ग्रामीण क्षेत्रका बासिन्दाहरुको छाक टार्ने एउटै मात्र उपाय जंगलमा कन्दुमलको खोजी बनिरहेको छ ।

कृषि विकास गर्ने अनेक नौरंगी योजना र्सार्वजनिक भए पनि त्यसको सफल कार्यान्वयनको कुनै गुञ्जायस छैन । बीस वर्षो कृषि योजना होस् वा कर्ण्ाालीमा स्याउ खेतीको कुरा होस्, सवै योजनाविद्हरुको थैली भर्ने काम मात्र भए । यसै भएर नेपालका ग्रामीण वस्तीका जनता पेट भर्नकै लागि कन्दमुलको जोहो गर्नुपर्ने अवस्था छ । हालै मात्र रोल्पामा खाद्यान्न अभाव र जनताको गरिबको दारुण चित्र र्सार्वजनिक भयो । त्यहाँका बासिन्दाले चामल किन्न घरमा भएका तामा तथा पित्तलका भाँडाकुँडा बेचेको समाचारले नीति निर्माण गर्ने तहमा बसेकाहरुको चित्त कँुडिनुपर्ने हो तर त्यस्तो भएन । चामलका लागि घरमा भएका काँडाकुँडा बेच्नुपर्ने अवस्था आइसक्दा पनि सरकारी निकाय मौन छ ।

विश्वमा खाद्यान्नको बढ्दो मूल्य र उत्पादनमा कमी आइरहेको बेलामा सरकारले नेपाल खाद्यान्नमा आत्मनिर्भर रहेको जानकारी दिएको केही महिना वित्न नपाउँदै भोकमरीका समाचारहरु आउनुलाई कसरी बुझ्ने - राजनीतिक रुपमा कुन समय के बोल्दा र गर्दा फाइदा हुन्छ त्यस्तै मात्र बोल्ने र के गर्दा आफ्नो हित हुन्छ त्यही गर्ने प्रवृत्ति राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनका उच्च ओहदामा रहेकाहरुमा विकसित भैरहेका कारण जनताका समस्याहरुको यथोचित समाधान हुन सकिरहेको छैन । जनता खानेकुराको जोहो गर्न जंगलतिर भौतारिनु परे पनि खाद्यान्नमा आत्मनिर्भरताको सपना देखाउन भने छाडिएको छैन ।

विश्वको आगामी लर्डाई खाद्यान्नका लागि हुने भविष्यवाणी गर्न थालिएको छ । तेलपछि पानी र पानीपछि खाद्यान्नका लागि ठुलो संर्घष्ा चर्कने अनुमानको सुरुवात यसै वर्षेखि भैरहेको छ । विश्वमा खाद्यान्नका बढ्दो बजार मूल्य, खाद्यान्न उत्पादनमा आएको कमी, मौसम परिवर्तन, तेलको अत्यधिक खपत, वातावरणीय सन्तुलनमा आएको गडबडी लगायत मानव सिर्जित अनगिन्ती समस्याहरुका कारण स्वयं मानव नै संकटमा परिरहेको अवस्थामा नेपाल जस्तो परम्परागत कृषि प्रणालीबाट धानिएको देशमा पनि खाद्यान्न संकट पर्दै जानु शुभ संकेत होइन । अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको र कुल जनसंख्याको दर्ुइ तिहाईभन्दा बढी कृषिमै संलग्न रहेको भए पनि खाद्यान्न संकट पर्दै जानु र विश्वका १६ वटा भोकमरी पर्ने मुलुकहरुको सूचीमा नेपालको नाम अंकित हुनु राजनीतिक नेतृत्वदेखि सम्बन्धित क्षेत्रका ज्ञाताका लाविग लाजमर्दो विषय हुनुपर्ने हो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
नयाँ सरकारको चुनौती (08.19.2008)
कोशीको बाँध भत्कियो : बीसौं हजार विस्थापित (08.19.2008)
राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट (08.11.2008)
नेपाली अस्मितामाथिको प्रहार रोकिएन ः पर्ूवमा भूमि अतिक्रमणपश्चिम सेती कार्या (08.11.2008)
सहमति गर्ने 'सहमति'को रहस्य (08.11.2008)
राष्ट्रिय सरकार तासको महल (08.11.2008)
श्रीमान्का लागि आरुजुको सक्रियता (08.11.2008)
माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी (08.04.2008)
वाम सहकार्य र भ्यागुताको धार्नी (08.04.2008)
शर्ीष्ा नेताहरुकोे बालापन (08.04.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]