Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 04:13am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
सुस्ता पीडितले चर्काउने राष्ट्रियताको आन्दोलन
Tuesday, 08.19.2008, 09:54am (GMT+5.5)

काठमाडौं । नेपाली राष्ट्रियताको पक्षमा जनता जति सचेत र संर्घष्ाशील छन्, त्यति शासकवर्ग छैनन् । शासकवर्गलाई आफ्नो हातमा लिएकै कारण भारतले नेपालको सीमा अतिक्रमणलाई निरन्तरता मात्र दिएको छैन कि जनताको आवाजलाई समेत वेवास्ता गरिरहेको छ । नेपाली राजनीतिक दल र तिनका नेताहरुको यस्तै व्यवहारका कारण जनतामा राष्ट्रियताप्रतिको भावना उर्लेर आइरहेको छ । गत वर्षआन्दोलित भएका सुस्ता पीडित जनता पुनः आन्दोलनको तयारीमा रहेको समाचार छ ।

नेपालको सीमा दिन प्रतिदिन खुम्चिंदै गैरहेको छ । अहिलेसम्म भारतले नेपालको ६० हजार हेक्टर भूमि अतिक्रमण गरेको सीमाविद्हरुको दावी छ । नेपाल र भारतबीच रहेको सीमा विवादलाई सुल्झाउने नाममा अनेकपटक वार्ता भए पनि त्यसले नेपाललाई कुनै लाभ दिएको छैन । अझ संक्रमणकालीन राजनीतिक अवस्था रहेको बेला नेपाल र भारतका सरकारी अधिकारीहरुले ९८ प्रतिशत सीमा विवाद समाधान भएको भन्दै सहीछाप ठोकेका छन् । कागजी रुपमा सीमा विवाद समाधान भयो भनिए पनि सुस्तावासीहरुले आफ्नो घरजग्गा पाएका छैनन् । यो नेपाली जनतालाई झुक्याउने एउटा चालवाजी मात्र ठहरिएको छ ।

नेपालको सीमा अतिक्रमणको र्सवाधिक कहालिलाग्दो र दारुण चित्र सुस्ताले प्रस्तुत गर्दछ । सुस्ता क्षेत्रको कुल गाउँका झण्डै दर्ुइ तिहाईभन्दा बढी भूमि भारतले अतिक्रमण गरिसकेको छ । सुस्ताको कुल ९ वडामध्ये अहिले २ वटा वडा मात्र नेपालभित्र रहेका छन् । सुस्तामा १४ हजार हेक्टर भूमि अतिक्रमित भएको छ । त्यहाँका नेपाली जनतालाई भारतीय सीमा सुरक्षा बल तथा प्रहरीको आडमा गाउँबाटै लखेट्ने र भारतीय जनताले रातारात खेती लगाउने गरेका छन् । त्यसपछि कालापानीमा र्सवाधिक भूमि भारतीय अतिक्रमणमा परेको छ । कालापानीमा मात्र ३७ हजार हेक्टर भूमि अतिक्रमण भएको सीमाविद्हरु बताउँछन् । नेपालको ६१ जिल्लामा भूमि अतिक्रमण भएको छ ।

सुस्ताको पीडा अहिलेको मात्र होइन । विगत तीन दशकभन्दा अघिदेखि सुस्ता बचाउने आन्दोलन जारी रहे पनि यसको सुनुवाई भएको छैन । सुस्ताका भारत पीडित जनताले राजधानीसम्म आएर आन्दोलन गरे तर पनि सरकार र राजनीतिक दलहरुले उनीहरुको मागको सुनुवाई गर्नुपर्ने आवश्यकता नै ठानेनन् । आफ्नो मागको सुनुवाई कतैबाट पनि नभएपछि निराश भएका सुस्ताबासीहरु पुनः एकपक राष्ट्रियताको आन्दोलन छेड्ने योजनामा छन् ।

नेपालका राजनीतिक दल तथा तिनका नेताहरु जनतामा जागेको राष्ट्रियताको भावनालाई कदर गर्नुपर्ने आवश्यकता समेत ठान्दैनन् । सुस्ता पीडितहरुले सुरु गरेको आन्दोलनमा तत्कालीन प्रतिनिधिसभा व्यवस्थापिका संसद्मा सांसदहरुले आवाज उठाउँदा त्यसलाई सामसुम पार्ने प्रयास भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र परराष्ट्रमन्त्री साहना प्रधानले सुस्ताको विषयलाई लिएर व्यक्त गरेका धारणाले नै नेपालका नेताहरुमा राष्ट्रियताप्रति कस्तो सोच छ भन्ने प्रष्ट हुन्छ । कुल भूमिको दर्ुइ तिहाईभन्दा बढी भूभाग अतिक्रमणमा परिसकेको सुस्ताका विषयलाई लिएर 'सीमा अतिक्रमण भन्नु हुन्न, सीमा विवाद भन्नर्ुपर्छ नत्र भारत रिसाउँछ' भनेर निरीहता प्रकट गर्ने नेताहरु भारतको आशर्ीवाद र निर्देशनवेगर एक पाइला अघि बढ्न नसक्ने भएकै कारण जनता आफ्नो उठिबास हुँदा पनि टुलुटुलु हेरिरहनु परेको छ ।

नेपालको राजनीतिक नेतृत्वमा रहेको भारत परस्तताकै कारण नेपालको सीमा खुम्चिने क्रम बढेको हो । राजनीतिक नेतृत्वले राष्ट्रियता जोगाउन कुनै चासो नदेखाएपछि जनस्तरबाट यसको अगुवाई हुने भएको छ । सुस्ताका बासिन्दाहरुले अब देशव्यापी आन्दोलन गर्ने तयारी गरिरहेका छन् । यो आन्दोलन निर्ण्ाायक मोडमा पुर्‍याएर मात्र रोकिने बताइएको छ । सुस्ताबासीले सरकारी तहबाटै समस्याको समाधान होस् भनेर धेरै प्रतिक्षा गरे पनि त्यसको कुनै सुनुवाई भएको छैन । नेताहरु काठमाडौंमा सत्ता र शक्ति आर्जनको होडवाजीमा लागिरहँदा नेपाल खुम्चिने क्रम बढिरहेको छ । हालै मात्र झापामा सीमा अतिक्रमण भएको समाचार आए पनि यसबारेमा कहीं कतैबाट आवाज उठाइएन । न संविधानसभाका सदस्यहरुले केही बोले न त राजनीतिक दलहरुले नै । भारतकै आशर्ीवाद पाएर मात्र सत्ता र शक्तिमा पुग्न सकिने गलत मानसिकता बोकेर बसेका राजनीतिक नेतृत्वकै कारण नेपाली जनता हातमा लालपर्ूजा बोकेर बेघरबार भएर बस्नु परिरहेको छ । 'जग्गाधनी प्रमाणपर्ूजा नेपाल सरकारको छ तर भूमि चाहिं भारतभित्र परिसक्यो । अब हामीले के गर्ने - सरकार र राजनीतिक दलहरुले नसुनेपछि अब आफ्नो भूमि जोगाउन हामी आफैं संर्घष्ामा उत्रिँदैछौं ।' सुस्ता बचाउका अध्यक्ष कृष्ण गुरुङको दृढता छ ।

सुस्ताको समस्या सिंगो नेपालको समस्या हो । पर्ूव मेचीदेखि पश्चिम महाकालीसम्म धेरै स्थानले सुस्ताकै नियति भोगिरहेको छ । तैपनि जिम्मेवारहरुको कानमा बतास पसेको छैन । उल्टै ९८ प्रतिशत सीमा विवाद सुल्भिmयो भन्दै सहीछाप ठोकेर भारत रिझाउन तल्लिन छन् । केही समय अघि मात्र नेपाल र भारतका नापी अधिकारीहरुले उत्पन्न सीमा विवादको ९८ प्रतिशत समाधान भएको भनेर सही गरे । तर नेपाली जनताले के पत्तो पाएनन् भने मिचिएको नेपाली भूमि फिर्ता भएर विवाद समाधान भयो कि भारतलाई नै दिएर - यो प्रश्नको उत्तरको खोजीमा जनता छन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
नेपालमा भोकमरी फैलने खतरा (08.19.2008)
नयाँ सरकारको चुनौती (08.19.2008)
कोशीको बाँध भत्कियो : बीसौं हजार विस्थापित (08.19.2008)
राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट (08.11.2008)
नेपाली अस्मितामाथिको प्रहार रोकिएन ः पर्ूवमा भूमि अतिक्रमणपश्चिम सेती कार्या (08.11.2008)
राष्ट्रिय सरकार तासको महल (08.11.2008)
सहमति गर्ने 'सहमति'को रहस्य (08.11.2008)
श्रीमान्का लागि आरुजुको सक्रियता (08.11.2008)
माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी (08.04.2008)
वाम सहकार्य र भ्यागुताको धार्नी (08.04.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]