Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 04:52am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
भागवण्डाकै निम्ति मन्त्रालय थपिए
Monday, 08.25.2008, 07:19pm (GMT+5.5)

काठमाडौं । लामो समयको गृहकार्यपछि गठन भएको सरकारले एमाले र माओवादीबीच मर्यादाक्रमको विवादकै कारण पर्ूण्ाता पाउन सकेको छैन । शपथग्रहणस्थलमा समयमै उपस्थित भएर पनि मर्यादाक्रमको विवाद उत्पन्न भएपछि शपथग्रहण वहिष्कार गरी एमालेका मन्त्रीहरु निस्किए । यसअघि सवैलाई चित्त बुझाउने गरी मन्त्रालयको भागवण्डा भएको थियो । भागवण्डा मिलाउनकै लागि मन्त्रालय थपिए । यसले नेपाली जनमासमा प्रचलित एउटा उखान 'जुन जोगी आए पनि कानै चिरेका' ठ्याक्कै लागू भयो । राजनीतिक नेताहरुले आफूलाई पुरानै जोगीको कोटीमा उभ्याएको टिप्पणी जनताले गरिरहेका छन् । मुलुकको आमूल परिवर्तन गर्ने जिम्मेवारी लिएर सरकारमा सामेल भएका दलहरुले जनअपेक्षाको कुनै ख्याल गरेनन् । विगतमा उपप्रधानमन्त्री भैसकेका वामदेव गौतमलाई मर्यादाक्रममा तेस्रो स्थानमा राखेर माओवादीले आफै समस्या सिर्जना गरेको आरोप राजनीतिक टिप्पणीकारहरुले लगाएका छन् । मन्त्री मण्डलको मर्यादाक्रममा प्रधानमन्त्री प्रचण्डपछि डा. बाबुराम भट्टर्राईलाई राखेर माओवादीले एमाले र वामदेव गौतम दुवैको अपमान गरेको आरोप एमाले नेताहरुको छ । सरकार गठनका लागि दलहरुबीच जे जस्तो किचलो भयो त्यसले विगतकै झल्को दिएको छ । सत्ता लिप्साकै कारण मुलुकले थप आर्थिकभार व्यहोर्नुपर्ने अवस्था सिर्जना गरिएको कुरालाई कसैले पनि सकारात्मक मानेका छैनन् ।

संविधानसभा निर्वाचनले कसैलाई पनि बहुमत नदिएर सवैले मिलेर काम गर्नु पर्ने जनादेश दिएको भए पनि दलहरुमा सत्तालिप्साले दह्रोसंग जरा गाडेकाले जनभावनाको घोर उपेक्षा भएको अनुभूति जनमानसमा व्याप्त छ । दलहरुलाई आ-आफ्नो महत्वकांक्षाले सताएको छ । महत्वपर्ूण्ा र कमाई हुने मन्त्रालयहरुमा सवैले हिरिन हालेर बसेका छन् । 'काम कुरो एकातिर कुम्लो बोकी ठिमी'तिर भनेजस्तै गरी नयाँ नेपाल बनाउने सपना देखाएर पुरानै नेपालको र्सवाधिक घृणा गरिएको कालखण्डलाई पुनः व्यूँताउने खालका अभ्यासहरु हुनथालेका छन् । २०५२ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि मन्त्रालय थपेर भागवण्डा मिलाएका थिए । त्यतिबेलाको मन्त्री मण्डल नेपालको इतिहासमै र्सवाधिक ठूलो थियो ।

नेकपा माओवादी, नेकपा एमाले र मधेसी जनअधिकार फोरमबीच भएको गठबन्धन पवित्र वा अपवित्र जेजस्तो भए पनि नेपाली जनताको चाहना माओवादीको नेतृत्वमा सरकार बनोस् भन्ने थियो र जनअभिमत पनि त्यस्तै थियो । दलहरुबीच एउटा विषयमा सहमति हुने अनि अर्को मुद्दा उठाएर समस्या पैदा गर्ने रोग नै फैलिएको छ । यस्तो अवाञ्छित संस्कृतिले देशलाई आमूल परिवर्तनको वाञ्छित दिशातिर डोर्‍याउनसक्ने कुरामा शंका उत्पन्न गरिरहेको छ ।

सत्ता जोगाउनकै लागि मन्त्रालय थपेर राष्ट्रमा आर्थिक भार थप्ने योजनालाई सुशासनविद् तथा जनताले राम्रो मानेका छैनन् । एउटा मन्त्रालयका लागि कम्तिमा पनि वाषिर्क ५ करोड रुपैयाँ बजेट छुट्याउनु पर्दछ । यो बजेट भनेको एउटा दर्ुगम जिल्लाको वाषिर्क बजेटको हाराहारी हुन आउँछ । विगतमा सुशासन सम्बन्धी विभिन्न आयोगहरुले मन्त्रालय संख्या घटाउनुपर्ने सुझाव दिएका भए पनि काम भने ठीक उल्टो गरिंदै आएको छ ।

मुलुक चलाउन मन्त्रालय र मन्त्री बढाएर होइन स्पष्ट नीति र कार्यक्रम चाहिन्छ । अमेरिका जस्तो विश्वको र्सवाधिक धनी र भौगोलिक रुपमा विशाल मुलुकमा १३ वटा मात्र मन्त्रालय रहेका विज्ञहरु बताउँछन् । यसको विपरीत नेपाल जस्तो मुलुकमा सत्तालिप्सा पूरा गर्नकै लागि मन्त्रालय थप्ने र राष्ट्रको व्यवभार बढाउने काम मात्र गरिन्छ । जनताले अब संसदीयकालका पुराना विकृतिहरु दोहोरिने छैनन् भन्ने अपेक्षा राखेका भए पनि दलहरु भने आफ्नै आङ कन्याएर छारो उडाउने र जगहसाउने काम गरिरहेका छन् । यस्तो प्रवृत्तिलाई कसैले पनि शुभसंकेत मानेका छैनन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
भदौ २० गते बजेट अधिवेशन (08.25.2008)
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका (08.19.2008)
सुस्ता पीडितले चर्काउने राष्ट्रियताको आन्दोलन (08.19.2008)
नेपालमा भोकमरी फैलने खतरा (08.19.2008)
नयाँ सरकारको चुनौती (08.19.2008)
कोशीको बाँध भत्कियो : बीसौं हजार विस्थापित (08.19.2008)
राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट (08.11.2008)
नेपाली अस्मितामाथिको प्रहार रोकिएन ः पर्ूवमा भूमि अतिक्रमणपश्चिम सेती कार्या (08.11.2008)
सहमति गर्ने 'सहमति'को रहस्य (08.11.2008)
राष्ट्रिय सरकार तासको महल (08.11.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]