सुस्तापीडितको राष्ट्रपतिलाई ज्ञापन
Monday, 09.01.2008, 05:29pm (GMT+5.5)
काठमाडौं । भारतको नांगो हस्तक्षेपको ज्वलन्त नमूना बनिरहेको नवलपरासीको सुस्तामा भारतीय अतिक्रमण जारी रहँदा पनि नेपाल सरकार मौन रहेका भन्दै सुस्ता अतिक्रमण रोक्न सरकारलार्य दवाव दिन सुस्ता बचाउ अभियानका पदाधिकारीहरु काठमाडौँ आएका छन् । सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङको नेतृत्वमा आएको सो टोलीले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने योजना रहेको समाचारमा जनाइएको छ ।
यसैबीच सुस्ताका बासिन्दाहरु भारतीय सीमा सुरक्षा बल -एसएसबी) बाट असुरक्षित हुन थालेपछि सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सुस्तामा भएको भारतीय अतिक्रमणविरुद्ध खुलेर अभियान छेडिरहेका मुन्ना खाँ, रोजमी मियाँ, लैला बेगम लगायतलाई नेपाल भूमिभित्रै पसेर भारतीय सुरक्षाकर्मीले पक्राउ गर्न खोजेपछि सुस्ताबासीमा असुरक्षाको त्रास बढेको हो । सुस्तावासीहरूले भारतीय सीमा सुरक्षा बलको ज्यादतिविरुद्ध पर््रदर्शनसमेत गरेका छन् । भारतीय सीमा सुरक्षा बलले गत सोमबार साँझ छजना नेपालीलाई नेपाली भूमि सुस्ताबाट अपमानजनक ढंगले नियन्त्रणमा लिएर भारततर्फ लगेका थिए ।
योजना आयोगमा डा. शर्मा
काठमाडौं । भूगोलविद् डा. पीताम्बर शर्मालाई सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । बेलायत र अमेरिकाबाट उच्चशिक्षा प्राप्त गर्नुभएका डा. शर्मा योजनाविद्-वाम बुद्धिजीवीका रुपमा सुपरिचित हुनुहुन्छ । अर्ढाई दशकभन्दा लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेपछि स्वेच्छिक अवकाश लिएर स्वतन्त्र परामर्शदाताका रुपमा क्रियाशील रहँदै आउनुभएका डा. शर्माले नेपालको संघीय संरचना कस्तो हुनर्ुपर्छ भन्नेबारे पुस्तक समेत लेख्नुभएको छ । नेकपा माओवादीले प्रस्ताव गरेको संघीय संरचना र उहाँले प्रस्तुत गर्नुभएको संघीय संरचनाबीच अन्तर रहेको भए पनि राष्ट्रिय योजनाहरु तर्जुमा गर्दा संघीय स्वरुपको निर्धारण गर्ने सर्न्दर्भमा उहाँको रणनीतिक कुशलताको उपयोग कसरी हुने हो भन्नेबारे बौद्धिक जगतमा उत्सुकता जागृत छ ।
|