काठमाडौं । गणतन्त्र नेपालको पहिलो परराष्ट्रमन्त्री बन्न सफल मधेसी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवको अग्निपरीक्षा सुरु भएको छ । परराष्ट्रमन्त्री नियुक्त भएर शपथग्रहण गरेकै दिन कोशी नदीको तटबन्ध भत्केर उहाँकै निर्वाचन क्षेत्रमा ठूलो विनाश भएपछि उनले 'यो भारत सिर्जित समस्या हो र यस विषयमा भारतसंग डटेर कुरा गर्नेछु ।' भनेर नेपाली जनतामा ऊर्जा प्रदान गर्ने काम गर्नुभएको थियो । उहाँको त्यो अभिव्यक्ति दिल्लीमा पुगेपछि कुनरुपमा प्रस्तुत भयो - जिज्ञासाको विषय बनेको छ । बाहिरी रुपमा जेजस्तो प्रचारवाजी भए पनि भित्रीरुपमा अनेक खेल हुने नेपाल र भारतका नेताहरुको रणनीति यसअघि पनि देखिएकै हुनाले कोशीका विषयमा पनि त्यस्तै नहोला भन्न सकिन्न । विगतमा टनकपुर सन्धि गरेर सहमति मात्र हो भन्दै संसद्लाई समेत ढाट्ने काम भएको थियो ।
कोशीले नेपालमा विनाशलिला मच्चाउनु र भारतमा विमिस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठक हुनु नेपालका लागि आफ्नो भनाइ राख्ने सुनौलो अवसर मिलेको छ । परराष्ट्रमन्त्री यादवको भारत भ्रमण यस्तो बेलामा सम्पन्न भयो, जतिबेला नेपाली जनता भारतसिर्जित समस्याका कारण अकल्पनीय पीडा भोगिरहेका छन् । भारतकै लापरवाहीका कारण झण्डै एक लाखभन्दा बढी नेपाली अहिले विस्थापनको मार खेपिरहेका छन् ।
उपेन्द्र यादवलाई भारतले आफ्नो स्वार्थपर्ूर्तिका लागि नेपाली राजनीतिमा स्थापित गराएको भन्नेहरु धेरै छन् । उहाँका विगतका केही गतिविधिले शंका गर्नेहरुलाई बल पुगेको छ । तर स्वयं यादव नेपाली राष्ट्रियताका पक्षमा आफू प्रतिवद्ध रहेको र भारतबाट र्सवाधिक पीडित तर्राई क्षेत्र रहेको भन्दै अहिलेसम्म जेजति राष्ट्रघात भएका छन् त्यो तर्राईबासीबाट नभएर पहाडीयाबाट भएको भन्दै आफूहरु राष्ट्रियताको पक्षमा पर्ूण्ा वफादार रहेकोमा शंका नगर्न आग्रह गर्नुहुन्छ । तर्राईबासी नेपालीको राष्ट्रियतामा शंका गर्ने ठाउँ नरहे पनि कतिपय नेताहरु भारतकै लगानीमा हर्ुर्के बढेकामा भने कुनै शंका छैन । उपेन्द्र यादवलाई पनि यस्तो आरोप लागिरहेको छ । अब हर्ेन के बाँकी छ भने यादवले भारतको हेपाहा नीतिको कसरी प्रतिरोध गर्नुभयो भन्ने मात्र हो ।
उपेन्द्र यादवलाई जुन आरोप लागेको थियो त्यो आरोप पखाल्ने सुनौलो मौका उहाँलाई प्राप्त भएको छ । कोशीका विषयमा जसरी आफूलाई प्रस्तुत गर्नुहुन्छ त्यसले नै उहाँको यादवको राजनीतिक भविष्य समेत निश्चित गर्नेछ । स्मरणीय कुरा के छ भने कोशीबाट र्सवाधिक पीडित उपेन्द्र यादवकै निर्वाचन क्षेत्रका जनता हुन् ।
आफूलाई भारतले उठाएको नभएर नेपाली माटोमै हर्ुर्केको प्रमाणित गर्ने सवालमा उपेन्द्रले भारतमा खेल्ने भूमिका महत्वपर्ूण्ा छ । औपचारिकतामा सीमित आत्मिय र ऐतिहासिक, धार्मिक, सांस्कृति सम्बन्धको पारख गर्ने बेला आएको छ । भारतीय नेताहरु नेपाली जनताले कोशी तटबन्ध मर्मत गर्न नदिएका कारण यो विपत्ति आएको आरोप लगाइरहेका छन् ।
मुलुक आमूल परिवर्तनको दिशातिर उन्मुख भैरहेका बेला स्पष्ट परराष्ट्र नीति र छिमेकीहरुसंगको सम्बन्धलाई आवश्यकता अनुसार परिमार्जित गर्ने र नेपाल र भारतबीच भएका असमान सन्धि-सम्झौताहरु, डुबान समस्या, सीमा अतिक्रमण, आपराधिक गतिविधि, राजनीतिक हस्तक्षेप लगायत भारत सिर्जित तमाम समस्या समाधानका लागि उपेन्द्रको भूमिका कस्तो रहन्छ - जिज्ञासाको विषय बनेको छ ।
भारतको हेपाहा नीतिको र्सवाधिक मार खेपेको तर्राई क्षेत्रबाट प्रतिनिधित्व गर्ने उपेन्द्र यादवले तर्राईकै जनताको हक अधिकार सुनिश्चित गर्ने कबुलका साथ निर्वाचन जित्नुभएको हो । अब उहाँको अग्निपरीक्षाको घडी सुरु भएको छ । उहाँले सीमा अतिक्रमण रोक्न, आपराधिक गतिविधि नियन्त्रण गर्न, डुबान समस्या समाधान गर्न तथा कोशी, गण्डक, महाकाली, टनकपुर लगायतका असमान सन्धि सम्झौताहरुको पुनरालोकन गर्न भारतलाई दबाब दिन कस्तो भूमिका निर्वाह गर्ने हो - नेपाली जनमानसमा अहिले यस्तै प्रश्न उठिरहेका छन् ।