काठमाडौं । लोकतन्त्र प्राप्तिपछि र्सवाधिक शक्तिशाली बन्नुभएका पर्ूव प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला यतिखेर गुमनाम हुनुहुन्छ । पार्टर्ीीे केन्द्रीय समितिको बैठकमा समेत कोइराला उपस्थित हुनुहुन्न । कोइरालाको अनुपस्थितिलाई लिएर केन्द्रीय सदस्यहरु रानोबिनाको माहुरी बन्नुपरेको प्रतिक्रिया दिइरहेका छन् । बदनाम भए पनि गुमनाम नहुनु भन्ने नेपाली उखानको विपरीत कोइराला हालका दिनमा र्सार्वजनिक जीवनबाट निकै टाढा हुनुहुन्छ ।
लोकतन्त्रपछि राजाको समेत भूमिका निर्वाह गरेर अन्तर्रर्ााट्रय 'हिरो'को पगरी गुथ्न सफल हुनुभएका कोइराला सत्ताबाट बाहिरिनासाथ एकाएक गुमनाम हुनुलाई र्सवसाधारण जनताले अनौठो रुपमा लिएका छन् । जंगबहादुरपछि नेपालको र्सवाधिक शक्तिशाली प्रधानमन्त्री बन्नुभएका कोइरालाले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्ने त्यो पनि नभए प्रधानमन्त्रीमा पुनः आसीन हुने आफ्नो आकांक्षा पूरा गराउन अनेक षड्यन्त्र बुनिएको भए पनि त्यो सपना पूरा नभएपछि अहिले गुमनाम हुनुहुन्छ ।
अहिले नेपाली कांग्रेसभित्र नेतृत्वको असफलताको चर्का कुरा सुनिन थालिएको छ । अरुकै निर्देशन र एजेण्ड बोकेर हिंडेका कारण कांग्रेसको यो हविगत भएको मान्नेहरु पनि धेरै छन् । मुलुकको सवभन्दा पुरानो राजनीतिक दल भएका नाताले कांग्रेसको जिम्मेवारी जुनसुकै बेला पनि महत्वपर्ूण्ा हुने भए पनि पार्टर्ीीोइरालाको पारिवारिक स्वार्थपर्ूर्ति गर्ने थलोको रुपमा मात्र विकसित भैरहेको धेरै कांग्रेसी नेताहरुको आरोप छ । अहिले पार्टर्ीीेताहरु एकल नेतृत्वको ठाउँमा सामूहिक नेतृत्व हुनुपर्ने माग जोडदार रुपमा उठाइरहेका छन् । यसले गिरिजाप्रसाद कोइरालाको वंशवादी नेतृत्व स्थापित गराउने चाहना पूरा हुन निकै कठिन हुने देखिएको छ । कोइरालाले आफ्नो उत्तराधिकारमा आफ्नी छोरी सुजातालाई स्थापित गराउन सक्दो प्रयास गर्नुभए पनि त्यसमा सफलता मिलेको छैन । कांग्रेस आन्तरिक द्वन्द्वमा फसिरहेको बेला कोइरालाको मौनता र गुप्तबासले कांग्रेसकै भविष्यका बारेमा समेत चिन्ता व्यक्त गर्न थालिएको छ ।
गिरिजाप्रसाद कोइरालाले राजनीतिबाट सन्यास लिन लागेका त होइनन् भन्ने जिज्ञासा पनि उत्पन्न भएको छ । संविधानसभाको निर्वाचनपछि आफूले राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएका कोइरालाको मौनता यसैको द्योतक हुनसक्ने टिप्पणी पनि हुने गरेका छन् । यति हुँदाहुँदै पनि कोइरालाले सन्यास लिएर चुपचाप बस्ने सम्भावनालाई ठाडै अस्वीकार गर्नेहरु पनि प्रशस्त छन् । उनीहरुका अनुसार गिरिजाप्रसाद कोइराला सत्ता बाहिर त्यसै चुपचाप बस्ने व्यक्ति होइनन् । परिस्थितिले अहिले कांग्रेसलाई प्रतिपक्षी बनाए आफू बाहेक अरुलाई सत्तामा देख्नै नचाहने कोइरालाको स्वाभावले केही समयपछि नै माओवादीसंगको अन्य दलको गठबन्धन टुटाउन अनेक खेल हुनसक्ने बताइएको छ ।