Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 05:50am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
गण्डक र टनकपुरमा कोशीकै नियति दोहोरिने भय
Monday, 09.01.2008, 05:34pm (GMT+5.5)

काठमाडौं । कोशी नदीको विनाशबाट भएको घाउ नपुरिंदै मध्य नेपालको गण्डक बाँधले पनि सोही नियति दोहोर्‍याउने आशंका सो क्षेत्रका बासिन्दाहरुले गर्न थालेका छन् । उता टनकपुर बाँध कमजोर भएका कारण कुनै पनि बेला भत्कनसक्ने चेतावनी प्राविधिहरुले दिएका छन् । टनकपुरमा महाकाली नदीमा बनाइएको तटबन्ध भत्कियो भने महेन्द्रनगर नगरपालिका लगायतका आसपासका गाउँहरु जलमग्न हुनेछन् । उता गण्डक बाँध जर्ीण्ा बनेको र यसको मर्मतको नाममा झाराटार्ने काम मात्र भएको त्यहाँका बासिन्दाको आरोप छ । केही समय अघि विभिन्न माग राखी आन्दोलनमा उत्रेका गण्डक क्षेत्रका किसानहरुको मागको सुनुवाई गर्ने भन्दै भारत र नेपाली पक्षबीच सहमति भए पनि सो अनुरुप काम नभएको सो क्षेत्रका बासिन्दाको गुनासो छ ।

कोशीमा सम्झौता बमोजिम काम भएको भए नेपालले यो विपत्तिको सामना गर्नुपर्नेे थिएन । तर त्यसको पालना गर्न न त भारतले चासो देखायो न त नेपाली पक्षले सम्वेदनशीलताको ख्याल गरे । कोशी सम्झौता भएर बाँध निर्माण भएदेखि एक सय ९९ वर्षम्म यसको सम्पर्ूण्ा जिम्मेवारी भारतको भए पनि भारतले आफ्नो स्वार्थ अनुकूल मात्र यसको मर्मत तथा रेखदेख गर्ने गरेको छ ।

कोशीमा देखाइएको लापरवाहीले जुन विपत्ति निम्तियो त्यस्तो हुन नदिन गण्डकका जनताहरु अहिले आफूहरुसंग गरिएको सहमति अनुसारको काम तत्काल हुनुपर्ने माग गखिरहेका छन् । गण्डक पीडितहरुले विगत ४९ वर्षेखि भोग्दैआएको समस्या समाधानका लागि एकजुट भएर भारतीय पक्षलाई एक हदसम्म गलाउन सक्षम भए पनि भारतको हेपाहा नीति र नेपाली शासकहरुको दास मनोवृत्तिले गर्दा त्यसको कार्यान्वयन भने हुन सकिरहेको छैन ।

कोशी तटबन्ध भत्केर भएको क्षतिले अन्य क्षेत्रका बासिन्दाहरु अब सचेत हुन थालेका छन् । भारतसंग भएका असमान नदी सम्झौताहरु खारेज हुनुपर्ने र भारतले सीमावर्ती क्षेत्रमा एकतर्फी रुपमा बनाएका तटबन्ध तथा बाँधहरु पनि भत्काउनुपर्ने माग जोडतोडले उठिरहेको छ । तर्राईका जनताको 'मसिहा'को रुपमा प्रस्तुत हुन रुचाउने तर उनीहरुलाई नै विपत्तिमा पार्ने भारतको चालवाजी अहिले देशभक्त नेपालीहरुले बुझ्न थालेका छन् । केही स्वार्थी नेताहरुलाई हातमा लिएर सिंगो तर्राईलाई तहसनहस पार्ने रणनीति बनाएर अघि बढिरहेको भारतले यसपटक नेपाली पक्षबाट नराम्रो झट्का खाएको छ । प्रधानमन्त्रीदेखि राष्ट्रपति र परराष्ट्रमन्त्रीसम्मले भारतकै लापरवाहीका कारण कोशी तटबन्ध भत्केको बताएर देशभक्त नेपालीहरुमा ऊर्जा भर्ने काम गरेका भए पनि अन्तर्रर्ााट्रय र द्विपक्षीय मञ्चहरुमा त्यो अडान कत्तिको कायम हुन्छ त्यो भने हर्ेन बाँकी नै छ ।

कोशीले जुन विपत्ति निम्त्यायो त्यस्तै दर्ुघटना अब गण्डकमा दोहोरिन दिनुहुन्न भन्नेमा नवलपरासीबासीहरु एकजुट भएका छन् । केही महिना अघि १३ सूत्रीय माग राखेर गण्डक बाँधमै धर्ना दिएका नवलपरासीबासीहरुको दवावकै कारण भारत उनीहरुको माग पूरा गर्न सहमत भए पनि त्यसको कार्यान्वयन भएको छैन । कोशीमा जस्तै गण्डकमा पनि राष्ट्रघात भएको छ । नेपाल र भारतको समान हित हुने भनेर सम्झौता गरिए पनि यसबाट भारतले मात्र एकलौटी लाभ लिइरहेको छ । गण्डक सम्झौतामा र्सार्वभौम अधिकारको रक्षा गर्नुपर्ने, भारतीय हस्तक्षेप र एकाधिकारको तत्काल अन्त्य गर्नुपर्ने लगायतका माग राखी भएको आन्दोलन तत्काललाई बन्द गराउन भारत सफल भए पनि सो क्षेत्रका बासिन्दाहरु पुनः आन्दोलनको तयारीमा छन् ।

कोशी सम्झौतापछि अहिलेसम्म पनि कतिपय विस्थापितहरुले मुआब्जा नपाएजस्तै गण्डक बाँधका कारण विस्थापितहरुको अहिलेसम्म पुनःस्थापना गरिएको छैन र बाँध तथा बाढी पीडितहरूलाई मुआब्जा तथा पुनर्बासको व्यवस्था गरिएको छैन । भारतले आफूलाई चाहिएको बेला पानी छोड्ने र नचाहिएको बेला बाँध बन्द गरेर पानी भण्डारण गर्ने गरेको छ । यसले गर्दा सो क्षेत्रका कैयौं हेक्टर खेतीयोग्य जमिन जलमग्न भैरहेको छ । यसतर्फन नेपाल सरकार गम्भीर देखिएको छ न भारत नै । गण्डक बाँधको चाबी भारतकै हातमा रहने र त्यहाँका प्राविधिक पनि भारतीय नै रहने हुँदा नेपालको हितलाई उनीहरुले वेवास्ता गर्नु अस्वाभाविक होइन । यसै भएर गण्डक पीडित आन्दोलनकारीहरुले गण्डकमा नेपाली नहरको चाबी नेपाललाई हस्तान्तरण गर्न र नहर व्यवस्थापनमा नेपाली प्राविधक तत्काल नियुक्ती गर्ने माग राखेका हुन् । उनीहरुको यी मागहरु पूरा हुने वचत दिइएको भए पनि अहिलेसम्म द्विपक्षीय कुराकानी समेत भएको थाहा छैन ।

कुरा कोशी र गण्डकको मात्रै होइन । भारत सिर्जित कृत्रिम समस्याहरुका कारण पर्ूवदेखि पश्चिमसम्म नेपालको तर्राई क्षेत्र अब जलमग्न हुने खतरा बढिरहेको छ । पर्ूवमा कोशी, मध्यमा गण्डक र पश्चिममा टनकपुर बाँधकै कारण नेपालको तर्राई कुनै दिन बालुवाको थुप्रो मात्र बन्ने खतरा बढिरहेको छ । नेपाल डुबानमा पर्ने र भारतमा हरियाली छाउने नियोजित योजना मुताविक भैरहेका कार्यहरु रोक्नतर्फनेपाल सरकार, यहाँका राजनीतिक नेताहरुले अब पनि ढिलाई गर्ने हो भने नेपालको तर्राई क्षेत्र भारतको जलभण्डारण गर्ने गोदाम मात्र बन्नेछ । यसैको सुरुवातको रुपमा लक्ष्मणपुर, कोइलावास, महलीसागर, रसियावाल-खर्ुदलौटन, बागमती-लालबकैया तथा कुनौलीजस्ता तटबन्धलाई लिन सकिन्छ । यो सवै भारतको नदीजोड योजनाको एउटा अभियान हो । नेपाललाई मरुभूमिकरण गरेर आफ्नो भूमिमा सिंचाई, जलविद्युत र खानेपानीको व्यवस्था गर्ने षड्यन्त्रात्मक अभियानमा लागेको भारतले आफ्नो योजना पूरा गराउनकै लागि सीमावर्ती क्षेत्रमा बाँध बनाइरहेको छ ।

गण्डकबासीका मागहरुका मुख्य बुँदा

- असमान सम्झौता तत्काल खारेज गर ।
-र्सार्वभौम अधिकारको रक्षा गर ।
- गण्डकमा नेपालको समान हैसियत कायम गर ।
- भारतीय एकाधिकारको तत्काल अन्त्य गर ।
- कृत्रिमरूपमा सिर्जित बाढी नियन्त्रण गर ।
- विस्थापितलाई तत्काल पुनस्थार्पित गर ।
- गण्डकमा नेपाली नहरको चाबी नेपाललाई हस्तान्तरण गर ।
- नहर व्यवस्थापनमा नेपाली प्राविधक तत्काल नियुक्ती गर ।
- आयोजनाको बिजुली स्थानीयबासीलाई उपलब्ध गर ।
- आयोजनाको लाभांश स्थानीय विकासमा खर्च गर ।
- नहर, विद्युतगृह तथा पानी निकासद्वारको नियमित मर्मतसम्भार गर ।
- गण्डक समस्याको दर्ीधकालीन समाधान गर ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
कांग्रेसमा किचलो ः कोइराला गुमनाम (09.01.2008)
उपेन्द्र यादवकोे अग्निपरीक्षा (09.01.2008)
सुस्तापीडितको राष्ट्रपतिलाई ज्ञापन (09.01.2008)
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ (08.25.2008)
सरकारलाई अस्थिर बनाउने चालवाजी जारी (08.25.2008)
भागवण्डाकै निम्ति मन्त्रालय थपिए (08.25.2008)
भदौ २० गते बजेट अधिवेशन (08.25.2008)
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका (08.19.2008)
सुस्ता पीडितले चर्काउने राष्ट्रियताको आन्दोलन (08.19.2008)
नेपालमा भोकमरी फैलने खतरा (08.19.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]