|
तर्राई डुब्दा पहाड दुख्छ
Monday, 09.08.2008, 05:39pm (GMT+5.5)
काठमाडौं । कोशी कटानबाट विस्थापित भएका हजारौं तर्राईबासी नेपालीहरु राहत कार्यका लागि पहाडबासीहरुले ओइर्याएको सहयोगबाट भावविभोर भएका छन् । राहत शिविरहरुको स्थलगत निरीक्षण गरी राजधानी फर्केका विभिन्न सूत्रको भनाइ अनुसार तर्राईका कोशी पीडित जनताहरुले यो उदारमाना सहयोगको खुला दिलले प्रशंसा गर्दै बरु तर्राई क्षेत्रबाटै नगण्य सहयोग भएको भन्दै पहाडी र मधेसी भनी नेपाली जनताबीचको सद्भाव र सहयोग टुटाउने साजीस गर्दै तर्राईबाट पहाडीयाहरुलाई खेद्न विगतमा भएका छिटफुट घटनाहरु कति निर्रथक रहेछन् भन्ने यसबाट पुष्टि भएको जानकारी समेत दिएका छन् । 'तर्राई डुब्दा पहाड दुख्छ' यो भनाई चरितार्थ भएको छ ।
|