Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 04:09am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

कांग्रेसमा शर्ीष्ा नेताहरुबीच चर्काचर्की


Monday, 09.08.2008, 05:40pm (GMT+5.5)

काठमाडौं । सत्ताबाट विमुख हुनुपर्दाको पीडा कस्तो हुन्छ - त्यसको अनुभव गर्न नेपाली कांग्रेसको अहिलेको अवस्था हेरे पुग्छ । कांग्रेसमा अहिलेसम्म व्यक्ति स्वार्थका कारण संसदीय दलको नेता समेत चयन हुन सकेको छैन । पार्टर्ीी कार्यवाहक सभापति सुशिल कोइराला र नेता शेरबहादुर देउवाबीच केन्द्रीय समितिको बैठकमै यस विषयमा चर्काचर्की परेको समाचार छ । देउवा तत्काल संसदीय दलको नेता छान्नुपर्ने अडानमा हुनुहुन्छ भने कोइराला यस विषयमा प्रवेशै गर्न चाहनुहुन्न । कांग्रेसले आफू प्रतिपक्षमा बस्ने निर्ण्र्ाागरे पनि अहिलेसम्म संसदीय दलको नेतृत्व गर्ने व्यक्तिको छनोट गर्नुपर्ने आवश्यकता नै ठानेको छैन । एकल, व्यक्तिवादी तथा पारिवारिक घेराबाट बाहिर जान नसकेको कांग्रेसले आगामी दिनमा आफूलाई कसरी रचनात्मक भूमिका प्रस्तुत गर्न त्यो नै आर्श्चर्यको विषय बनेको छ ।

सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने नेपाली कांग्रेस अहिले वर्तमान सरकारलाई कसरी असफल बनाउने भन्ने गृहकार्यमा लागेको छ । स्वयं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पनि 'यो सरकारको आयु छ महिना मात्र हो' भन्ने अभिव्यक्ति दिएर यो कुराको जनाउ दिइसक्नुभएको छ । प्रजातन्त्र पुनःर्स्थापना भएपछि दर्ुइ तिहाईभन्दा बढी समय सत्तामा बसेको कांग्रेस संविधानसभा निर्वाचनपछि धेरै तल झरेको छ । यही पिरलोले कांग्रेसका नेताहरुमा मतभेद समेत उत्पन्न भएको छ । नेपाली कांग्रेसलाई पहिलेकै अवस्थामा पुर्‍याउने र यसबीचमा पार्टर्ीी गरेको गल्ती तथा कमजोरीहरुको समीक्षा गरेर अघि बढ्ने गरी बसेको केन्द्रीय समितिको बैठकमा नेताहरुबीच एकमत हुन सकेको छैन । पार्टर्ीीे महाधिवेशन तत्काल गर्ने र नगर्नेहरुको चर्को मतभेदका बीच आगामी वर्षमहाधिवेशनको मिति तोकिएको छ । महाधिवेशन तत्काल हुनुपर्ने माग राख्ने नेताहरुले केन्द्रीय समितिको अन्तिम बैठकमा 'नोट अफ डिसेन्ट' लेख्ने तयारी गरेपछि नेतृत्वले महाधिवेशनको मिति तोक्न वाध्य भएको हो । कांग्रेसभित्र पार्टर्ीीई सामूहिक नेतृत्वमा अघि बढाउनुपर्ने धारणाले बल पाइरहेको छ । यसो भएमा अहिले नेतृत्वमा रहेका धेरै नेताहरु पाखापर्ने निश्चित छ ।

अहिले नेपाली कांग्रेस गिरिजाप्रसाद कोइरालाको व्यक्तिगत महत्वकांक्षाले गर्दा धरासायी बनेको आरोप समेत नेताहरुले लगाउने गरेका छन् । सत्ताका लागि जे पनि गर्न तयार हुने वर्तमान नेतृत्वकै कारण कांग्रेसले गलत नीति लिएको समेत ती नेताहरुको आरोप छ । अहिले नेपाली कांग्रेसले अहिले आफूलाई प्रमुख प्रतिपक्षी दलको रुपमा स्थापित गरेको छ । पार्टर्ीीत्र यसैको गृहकार्य समेत भैरहेको छ । गत बुधबार पार्टर्ीीेन्द्रीय समितिको बैठकमा एकाएक झुल्किनुभएका पर्ूव प्रधानमन्त्री तथा पार्टर्ीीभापति गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसले दह्रो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने र माओवादीले सहमतिको पालना नगरेर धोका दिएको भन्दै सरकार गिराउने खेलमा देशी विदेशी शक्तिको आशर्ीवाद लिने क्रम सुरु भएको समाचारहरु आएका छन् ।

कांग्रेस प्रतिपक्षमा बस्ने भए पनि सरकारलाई दबाब दिनसक्ने दह्रो र तर्कशील संसदीय दलको नेताको खोजी भएको छैन । कांग्रेस यतिबेला संसदीय दलको नेताविहीन अवस्थामा छ । प्रधानामन्त्रीको निर्वाचनमा पर्ूव प्रधानमन्त्री शेरबहादुर देउवालाई खडा गरिएको भए पनि उहाँलाई नै संसदीय दलको नेता बनाउने विषयमा नेताहरुबीच एकमत छैन । संसदीय दलको नेतामा देउवासंगै के.बी. गुरुङ र रामचन्द्र पौडेलले समेत आफूलाई तयार राखेको समाचार आइरहेका छन् । यसो भयो भने नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि त्रिपक्षीय भीडन्त हुनेे छ । नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालापछि शेरबहादुर देउवाकै स्थान भए पनि के.बी. र रामचन्द्रले देउवालाई फुटेको आँखाले पनि देख्न नचाहने हुँदा देउवालाई संसदीय दलको नेता बन्न त्यति सजिलो छैन । यदि निर्वाचनकै अवस्था आएमा देउवाले जित्ने प्रवल सम्भावना रहेको कांग्रेसी सभासद्हरु बताउँछन् ।

उता के.बी. गुरुङ र रामचन्द्र पौडेल गिरिजाप्रसाद कोइरालाको नजिकका मानिए पनि त्रिपक्षीय भिडन्तको अवस्था आयो भने कोइरालाले गरुङलाई साथ दिनुहुने पक्का छ । पार्टर्ीीई आफ्नो पारिवारिक घेराबाट बाहिर जान दिन नचाहने कोइरालाले गुरुङलाई संसदीय दलको नेतामा र्समर्थन गरेमा देउवा र गुरुङबीच चर्को भिडन्त हुने स्पष्ट छ । तर अहिलेसम्म कसलाई संसदीय दलको नेता बनाउने भन्ने विषयमा कांग्रेसभित्र सामान्य छलफल समेत भएको छैन । यसको एउटै मात्र कारण भनेको गिरिजाप्रसाद कोइरालाको संसदीय दलको नेता बन्ने चाहना रहेको पनि बुझ्न सकिन्छ । किनभने संविधानसभाको निर्वाचनपछि राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएका कोइरालाले पछिल्लोपटक कांग्रेस केन्द्रीय समितिको बैठकमा उपस्थित भएर पार्टर्ीी नेताहरुलाई दिनुभएको निर्देशनले पनि यसलाई पुष्टि गर्दछ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
तर्राई डुब्दा पहाड दुख्छ (09.08.2008)
मुलुकलाई बाहृय हस्तक्षेपबाट मुक्त गराउने चुनौतिपर्ूण्ा अवसरपर्ूण्ातासंगै सर (09.01.2008)
गण्डक र टनकपुरमा कोशीकै नियति दोहोरिने भय (09.01.2008)
कांग्रेसमा किचलो ः कोइराला गुमनाम (09.01.2008)
उपेन्द्र यादवकोे अग्निपरीक्षा (09.01.2008)
सुस्तापीडितको राष्ट्रपतिलाई ज्ञापन (09.01.2008)
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ (08.25.2008)
सरकारलाई अस्थिर बनाउने चालवाजी जारी (08.25.2008)
भागवण्डाकै निम्ति मन्त्रालय थपिए (08.25.2008)
भदौ २० गते बजेट अधिवेशन (08.25.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]