Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 04:16am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
भारतले असली अनुहार देखायो
मूल मुद्दा ओझेलमा पार्ने नियोजित षड्यन्त्र

Monday, 09.08.2008, 05:43pm (GMT+5.5)

काठमाडौं । कोशी सम्झौताको पालना नगरेर भारतसिर्जित विनाशलिलाको घाउ पुरिन नपाउँदै नेपालले अर्को समस्या झेल्नुपरेको छ । नेपालभित्र उठ्ने गरेको राष्ट्रवादी धारणाले बल पाइरहेको र त्यसले भारतको अभीष्ट पूरा गर्न अवरोध हुने बुझेका भारतीय शासकहरुले नेपालमाथि वाणिज्य तथा पारवहन सन्धि विपरीत नेपालबाट निर्यात हुने तयारी पोशाकमा अतिरिक्त शुल्क लगाएर निर्यातमा अवरोध सिर्जना गरेेका छन् । भारतसिर्जित अनगिन्ती समस्याहरुको पोको बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल यही २९ गते भारत भ्रमणमा निस्कने तयारी भैरहेका बेला नेपालको ध्यान अन्तै मोडन भारतले नयाँ समस्या सिर्जना गरिदिएको छ ।

कोशी सम्झौताको इमान्दारीपर्ूवक पालना नगरेर नेपाल लगायत भारतमै ठूलो विनाश निम्तिएको अवस्थामा नेपालको उच्चस्तरीय भ्रमणपर्ूव नयाँ समस्या खडा गरिदिएर भारतले आफ्नो चरित्र उदांगो बनाएको छ । 'समृद्ध र शान्त नेपाल हाम्रो चाहना हो' भनेर वक्तव्यवाजी गर्ने भारतीय नेताहरुले पछिल्लो समयमा नेपालमा तीब्र वेगका साथ उठेको राष्ट्रवादी आन्दोलनलाई निस्तेज पार्न अपनाएको अनगिन्ती प्रयास भुत्ते सावित भएपछि नयाँ नयाँ समस्या सिर्जना गरेर नेपालीको मनस्थिति अन्तै मोड्न चाहेको छ । जानकारसूत्रहरुका अनुसार नेपालबाट उच्चस्तरीय भ्रमण हुने क्रममा भारतले प्रायःजसो यस्तै नयाँ वखेडा झिक्ने गरेको छ । भारतका कारण सिर्जित अनेक समस्याहरु समाधान गर्नुको साटो नयाँ समस्या देखाएर पुराना मुद्दाहरुमा प्रवेशै गर्न नचाहने भारतीय स्वाभाव हो ।

नेपाल भारतबीच ६४ स्थानमा सीमा मिचिएको छ । कोशी सम्झौताको परिणाम नेपाल र भारत दुवैले भोगिसकेका छन् । यसमा पनि भारतीय अधिकारीहरुले नेपाललाई नै दोषी देखाउने प्रयास समेत गरिरहेका छन् । भारतीय संचारमाध्यमहरुले त नेपालले कोशीमा पानी पठाएर बिहार डुबाएको भनेर अनर्गल प्रचार समेत गरे । भारतकै कतिपय नेताहरु नेपालले कोशी सम्झौता पालना नगरेको भन्दै आफू पन्छिने उपाय समेत अपनाए । तर वास्तविकता त के भने कोशी सम्झौता बमोजिम भारतले महाभूल गरेको छ ।

उता नेपालका शासकहरुलाई हात लिने भारतीय दाउ असफल भएको छ । विश्वस्त सूत्रकाअनुसार परराष्ट्रमन्त्री उपेन्द्र यादवको विमिस्टेक बैठकका क्रममा भारतीय नेताहरुसंग भएको छलफलमा नेपाली राष्ट्रियताका पक्षमा देखाएको प्रतिवद्धताले भारतीय शासकहरु झस्किएका छन् । यादवलाई भारतीय मूलका नेपाली भनेर प्रचार गर्दै आफ्नो स्वार्थ पूरा गराउने भारतको चाहनालाई यादवले नयाँ दिल्लीमा प्रधानमन्त्री पुष्पकमल दाहालको अडानलाई नै दोहोर्‍याएर भारतीय नेताहरुलाई निराश बनाएका छन् । यादवले 'कोशीमा गल्ती भएकै हो' भनेर प्रधानमन्त्री प्रचण्डको 'कोशी सम्झौता महाभूल' भन्ने कथनलाई बचाउ गर्नुभएको छ । भारतीय शासकहरु नेपाली नेताहरुलाई आफ्नो प्रभावमा पार्ने अनेक हथकण्डा अपनाउने गरे पनि यसपटक त्यो सफल नहुने यथेष्ट संकेत देखिएको छ । परराष्ट्रमन्त्री यादवले नै भारतको चाहनालाई लत्याएर आफूलाई नेपालको राष्ट्रिय नेताका रुपमा उभ्याउन सफल हुनुभएको चर्चा समेत गरिएको छ ।

भारत सिर्जित अनगिन्ती समस्याहरुको दुष्परिणाम नेपालले भोगिरहेको समयमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा गण्डकमा स्थानीयबासीसंग भएको सम्झौताको पालना, सुस्तामा अतिक्रमित भएको भूमि फिर्ता, कालापानीबाट भारतीय सेना फिर्ता लगायत भारतीय सुरक्षाकर्मीको ज्यादती रोक्नुपर्ने, महाकाली सन्धिको पर्ूण्ा पालना तथा १९५० को सन्धिका विषयमा यसपटक कुरा उठ्ने निश्चित छ । यसैबाट अत्तलिएको भारतले नेपालीको ध्यान अर्कैतिर मोडन चाहेको छ । यो समाचार तयार पारुन्जेलसम्म तयारी पोशाक निर्यात सहज हुन सकेको छैन ।

नेपालको राजनीतिलाई आफ्नो अनुकूल उपयोग गर्ने र त्यसका लागि यहाँका राजनीतिक नेतृत्वलाई पकडमा राख्ने पूरा प्रयास भारतले गरिरहेको भए पनि यसपटक नेकपा माओवादी आफ्नो पकडबाट फुत्किसकेको अनुभूति भारतले गरेको छ । भारतीय स्वार्थ विपरीत प्रधानमन्त्रीको चीन भ्रमण र त्यस भ्रमणलाई चिनीया नेताहरुले दिएको महत्वले पनि भारतलाई झस्का पसेको छ । यसै भएर नयाँ नयाँ समस्या खडा गरेर नेपाली नेताहरुलाई झुकाउने खेलमा भारत लागेको परराष्ट्रविद्हरु बताउँछन् । भलै प्रधानमन्त्री प्रचण्डले चीनबाट र्फकनासाथ 'आफ्नो पहिलो राजनीतिक भ्रमण भारतबाटै हुनेछ' भनेर भारतलाई आश्वस्त पार्न खोज्नुभयो, त्यसले भारत सन्तुष्ट हुन सकेको छैन । परराष्ट्रमन्त्री उपेन्द्र यादवसंगको भेटमा पनि भारतीय अधिकारीहरुले यस विषयमा कुरा उठाएको समाचार छ ।

पछिल्लो परिस्थितिले नेपालमा भारतप्रति बढी नै आक्रोश पैदा भएको छ । भारतकै कारण एक लाखभन्दा बढी नेपाली विस्थापित भएका छन् । सम्झौताको इमान्दारीपर्ूवक पालना गरेको भए नेपालले यतिसारो क्षति भोग्नुपर्ने थिएन । तर यसले नेपाललाई भन्दा बढी क्षति भारतलाई नै पुर्‍यायो । अहिले बिहार राज्यसरकारको चौतर्फी आलोचना भैरहेको छ । नेपालले यस्तै विषयहरु बैठकको एजेण्डा बनाउला भन्ने डरले भारतले तयारी पोशाक निर्यातमा व्यवधान खडा गरेको हो । अब केही दिनभित्रै अर्को कुनै समस्या पनि नआउला भन्ने छैन । किनभने भारत नेपाललाई आफ्नो पकडबाट उम्केको हर्ेन सक्दैन र यसका लागि सहयोगी भएर होइन, समस्या सिर्जना गरेर गलाउने उसको रणनीति रहेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सुपर्ुदगी सन्धि र ऐनको ठाडो उल्लंघन (09.08.2008)
कांग्रेसमा शर्ीष्ा नेताहरुबीच चर्काचर्की (09.08.2008)
गौतमको दृढता सफल होला - (09.08.2008)
तर्राई डुब्दा पहाड दुख्छ (09.08.2008)
मुलुकलाई बाहृय हस्तक्षेपबाट मुक्त गराउने चुनौतिपर्ूण्ा अवसरपर्ूण्ातासंगै सर (09.01.2008)
गण्डक र टनकपुरमा कोशीकै नियति दोहोरिने भय (09.01.2008)
कांग्रेसमा किचलो ः कोइराला गुमनाम (09.01.2008)
उपेन्द्र यादवकोे अग्निपरीक्षा (09.01.2008)
सुस्तापीडितको राष्ट्रपतिलाई ज्ञापन (09.01.2008)
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ (08.25.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]