प्रहरीमा महानिरीक्षकमा गुरुङ
Monday, 09.15.2008, 05:14pm (GMT+5.5)
काठमाडौं । राजनीतिक खिंताचानीको शिकार हुँदैआएको नेपाल प्रहरीमा नियमसंगत बढुवा र कार्यजिम्मेवार तोकिन्छ कि तोकिंदैन भन्ने शंसयको अन्त्य भएको छ । मन्त्री र दलका नेताहरुको चाकडी गरेकै भरमा पद हत्याउने विगतको परम्परा तोड्दै यसपटक मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षकमा हेमबहादुर गुरुङलाई बढुवा गरेको छ । नवनियुक्त महानिरीक्षक गुरुङ प्रहरी अतिरिक्त महानिरीक्षकहरुमा सवभन्दा वरिष्ठ हुनुहुन्थ्यो । सरकारको यो कदमलाई पर्ूव तथा बहालवाला प्रहरी अधिकृतहरुले सकारात्मक सुरुवात भन्दै खुसी समेत व्यक्त गरेका छन् । यसले नेपाल प्रहरीमा विगतमा रहेको राजनीतिक हस्तक्षेप कम हुने र प्रहरीको मनोबल बढ्ने विश्वास व्यक्त गरिएको छ ।
माले सरकारमा जाने
काठमाडौं । नेकपा मालेको केन्द्रीय समितिको बैठकले माओवादीले नेतृत्व गरेको सरकारमा सहभागी हुने निर्ण्र्ाागरेको छ । यसअघि चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै सरकारमा सहभागी नहुने निर्ण्र्ाागरेको मालेले आफ्नो निर्ण्र्ााबदलेको छ । नेकपा मालेका तर्फाट सरकारमा सहभागी हुने नेताहरुमा डम्बर श्रेष्ठलाई मन्त्री र मानबहादुर शाहीलाई राज्यमन्त्रीमा प्रस्ताव गरिएको छ । यस विषयको टुंगो भने प्रधानमन्त्री भारत भ्रमणबाट फिर्ता भएपछि मात्र हुनेछ । मालेले आफूले कुन कुन मन्त्रालय लिने भन्ने विषयमा कुनै निर्ण्र्ाागरेको छैन ।
|