काठमाडौं । राजनीतिक सिद्धान्त बचाउने, कार्यकर्ता जोगाउने र गाउँ-समाजमा शान्ति सुरक्षा कायम गर्दै भ्रष्टाचार, विकृति, विसंगती हटाउने भन्दै अहिले प्रमुख राजनीतिक दलहरु एकापसमा भीडन्त गर्ने समूहको निर्माणमा सक्रिय भएका छन् । पछिल्लो समय सत्ता साझेदार दल नकपा माओवादी र एमालेका युवा समूह वाईसीइल र युथ फोर्सबीच देशका विभिन्न क्षेत्रमा भएको भीडन्तले मुलुकमा पुनः राजनीतिक अस्थिरताको सन्त्रास पैदा गराएको छ । सरकारमा सामेल दलका कार्यकर्ताहरु यसरी एक आपसमा भीडन्तमा उत्रदा मुलुकलाई अस्थिरतातर्फधकेल्न चाहने तत्वहरुलाई मात्र फाइदा पुगिरहेको तथ्य बुझ्न नसक्दा यस्तो स्थिति निम्तिएको हो । वाईसीएल र युथ फोर्सका उद्देश्य जेजस्तो रहेको भनेर प्रचार गरिए वर्तमान गतिविधिले लोकतन्त्रलाई भीडन्ततन्त्रमा परिणत गर्ने र राजनीतिका नाममा समाजमा अराजकता फैलाएर अशान्ति मच्चाउने मात्रै देखिएको छ । यस्ता गतिविधिको तत्काल अन्त्य हुनु आवश्यक छ ।
अहिलेको सरकारको जिम्मेवारी मुलुकलाई लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दिएर आमनिर्वाचन सम्पन्न गर्नु हो । यस अवधिसम्म सत्ता साझेदार दलहरुमात्र होइन प्रतिपक्षमा रहेका दल समेतको सहकार्य आवश्यक छ । जनअपेक्षा पनि त्यही हो । सरकार गिर्ने र बनाउने खेल अब नहोस् भन्ने जनताले चाहेका छन् । यसलाई सत्ता साझेदार दलहरुले नै मनन् गर्न सकेनन् भने मुलुकमा अर्को दर्ुघटना नहोला भन्न सकिन्न । यसै भएर लडाकु दस्तालाई अहिले नै नियन्त्रणमा लिनु आवश्यक छ । आफ्नो राजनीतिक आकांक्षाका लागि मुलुकलाई थप वर्वादीको दिशातिर लैजानु किमार्थ उपयुक्त छैन ।
एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसकेका यी समूहहरुबीच कहिले कता त कहिले कता भीडन्त भएकै हुन्छ । अहिले वाईसीएल र युथ फोर्सको भीडन्तले सत्ता साझेदार दलबीच नै फाटो ल्याउनसक्ने सम्भावना विश्लेषकहरुले औंल्याइरहेका छन् । वाईसीएल र युथ फोर्सबीच धनकुटा हुँदै धादिङ, काठमाडौंको होटल सांग्रिला र रामेछापमा भएको झडपले यी दर्ुइ समूह गठनको उद्देश्य एकले अर्कोलाई समाप्त पार्ने हो कि समाज सुधार गर्न हो पत्तो हुन सकेको छैन ।
राजनीतिक स्वार्थले अन्धो भएका नेताहरुबाट स्थापना गरिएका यस्ता समूहहरुको पछिल्लो उदाहरण तरुण दस्ता बनेको छ । यस्ता समूहहरुको गठनको उद्देश्य जे बताइए पनि सो अनुरुपका कहीं कतै व्यवहार भएको छैन । सामूहिक रुपमा समाज सुधारका अभियान चलाउने प्रतिवद्धता नेताहरुले गरे पनि कार्यकर्ताहरु भने आपसमा भाला र तरबार हानिरहेका हुन्छन् । माउ पार्टर्ीी नेताहरु एउटै थालमा खाइरहेका भए पनि भातृ संगठनका कार्यकर्ताहरु आपसमा सिगौरी खेलिरहेका छन् । अहिले वाईसीएल र युथ फोर्सको उपस्थितिले आफ्नो अस्तित्व संकटमा परेको अनुभूति गरेको नेपाली कांग्रेसले पनि तरुण दस्ता गठन गरेको छ । हुन त प्रजातन्त्र पुनःस्थापनापछि नेपाली कांग्रेस र नेकपा एमालेले तरुण दल र प्रजातान्त्रिक राष्ट्रिय युवा संघ गठन गरेका थिए । यी समूहहरु हुँदाहुँदै यसैको अर्को हाँगाको रुपमा युथ फोर्स र तरुण दस्ता गठन गरिएको छ ।
राजनीतिक परिचालन र पार्टर्ीीे नीति, सिद्धान्त र कार्यक्रम जनस्तरमा पुर्याउने जिम्मेवारी लिएर पार्टर्ीीे साख बढाउने अभियानमा हिंडेका यी समूहहरुले जनतालाई लोकतन्त्रको होइन भीडतन्त्रको अभ्यास गराइरहेका छन् । आपसमा काटमार गर्ने, ठेक्का, सडकमा तगारो हालेर पैसा उठाउने, होटल, रेष्टुरेन्ट, उद्योगी, व्यापारीसंग संगठन संचालनका नाममा सहयोग रकम उठाउने, गुण्डागर्दी उन्मुलनको नाममा राजनीतिक गुण्डागर्दी संचालन गर्ने काम भैरहेको छ ।
यी संगठनहरुले सम्बन्धित पार्टर्ीीे राजनीतिक साखलाई बढाउने होइन घटाउने काम गरिरहेको छ । स्वयं नेकपा माओवादीका नेताले वाईसीएलको अर्धसैनिक संरचना भंग गरिने प्रतिवद्धता जनाइसकेको अवस्थामा समेत वाईसीएल नेताहरु आफूहरुको संगठन अर्धसैनिक नरहेको दावी गर्दछन् । यहाँ नेतृत्व प्रदान गर्ने पार्टर्ीीे नीतिको पालना गर्ने सवालमा यी संगठनहरु चुकेका छन् ।