Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 05:20am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
कांग्रेसमा युवा नेताको खोजी
Monday, 09.15.2008, 05:17pm (GMT+5.5)

काठमाडौं । नेपाली कांग्रेसको आगामी वर्षहुने महाधिवेशनले कसलाई पार्टर्ीीे नेतृत्व सुम्पेला भन्ने जिज्ञासा अहिलेदेखि नै उठ्न थालेको छ । जनआन्दोलन २०४६ पछिसम्म सामूहिक नेतृत्वमा चलेको कांग्रेस त्यसपछि एकल नेतृत्वमा अगाडि बढ्दै अहिलेको अवस्थामा आइपुगेको छ । हालका दिनमा नेपाली कांग्रेस एकल नेतृत्वका कारण इतिहासमै र्सवाधिक कठिन मोडमा आइपुगेको बताइन्छ । पार्टर्ीी कतिपय नेताहरु एकल नेतृत्व असफल भएको र अब पार्टर्ीीई पुनः सामूहिक नेतृत्वमा लैजानुपर्ने बताइरहेका छन् ।

नेपाली कांग्रेसको आगामी महाधिवेशनबाट आफूलाई कांग्रेसको शर्ीष्ा नेता बनाउन शेरबहादुर देउवा, सुशील कोइराला र रामचन्द्र पौडेल लागिपरेका छन् । त्रय नेताहरु सम्भावित पार्टर्ीीभापतिको रुपमा चर्चामा रहे पनि यी तीनैजनामा पार्टर्ीीई एकढिक्का बनाएर नेतृत्व गर्नेसक्ने क्षमता नभएको बताइन्छ । पौडेलको छुद्र व्यवहार, कोइरालाको कोठे राजनीति र देउवाको हावादारी तर्क तथा भ्रष्टाचारको आरोपले नेपाली कांग्रेस आगामी दिनमा यी तीन नेताको हातबाट फुत्कनसक्ने सम्भावना पनि विश्लेषकहरुले औंल्याइरहेका छन् ।

संविधानसभाको निर्वाचनपछि राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएका सभापति गिरिजाप्रसाद कोइरालाले आफ्नो अनुपस्थितमा पार्टर्ीीेता शेरबहादुर देउवाले संसदीय दलको अध्यक्षता गर्ने घोषणा गरेपछि देउवालाई आगामी सभापतिको रुपमा हर्ेर्ने गरिए पनि सुशील र रामचन्द्र पनि आ-आफ्नो लविका नेताहरुलाई उचालेर देउवाविरुद्ध मोर्चा कस्न थालिसकेको कांग्रेस सूत्रहरुको भनाई छ । पार्टर्ीीत्र जतिसुकै चर्चामा रहे पनि कोइराला र पौडेलको तुलनामा देउवा नै बलियो छन् । यति हुँदाहुँदै पनि उनले सहजै नेतृत्व पाउने सम्भावना भने देखिंदैन ।

पुख्र्यौली नेतृत्वमा चल्ने नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी अत्यन्त कमजोर भएका कारण कोइराला परिवारकै कुनै सदस्यको हातमा कांग्रेसको नेतृत्व जानसक्ने अनुमान एकथरि विश्लेषकहरुको छ । उता गणेशमान सिंह पुत्र प्रकाश पनि कांग्रेसको नेतृत्वमा तेस्रो पुस्ताका नेताहरु अघि आउन सक्ने सम्भावनालाई इन्कार गर्नुहुन्न ।

नेपाली कांग्रेसको जिम्मेवारी यतिबेला युवा पुस्ताको काँधमा दिनुपर्ने धारणाले त्यसै बल पाएको छैन । पुरानो पुस्ताको दृष्टिकोण, सक्रियता र सैद्धान्तिक अवधारणाले पार्टर्ीीई जीवन्त तुल्याउन नसक्ने ठोकुवा नेपाली कांग्रेसकै विश्लेषकहरुले गर्न थालेका छन् । कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने र विगतको साख पुनः प्राप्त गर्ने हो भने युवा पुस्ताको नेतृत्वमा पार्टर्ीीोड्नुपर्ने वातावरण बनाउन केही युवा नेताहरु सक्रिय भएको विश्वस्त सूत्रबाट थाहा भएको छ । त्यसो त पार्टर्ीी अहिलेको शर्ीष्ा नेताहरु युवा पुस्ताले यत्रो पार्टर्ीीे जिम्मेवारी बहन गर्न नसक्ने बताइरहे पनि कतिपय विश्लेषकहरु भने जननायक वीपी कोइरालाले ३३ वर्षो उमेरमा २००७ सालको क्रान्ति हाँकेको र गृहमन्त्री भएको प्रसंग उठाउन थालेका छन् । वीपी कोइराला ४० वर्षनपुग्दै देशको प्रधानमन्त्री भएको प्रसंगले पनि कांग्रेस युवापुस्ताको हातमा जाने सम्भावनालाई नकार्न सकिन्न । उता वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ४० वर्षो उमेरमा जनयुद्ध हाँकेको तर्क गर्नेहरु नेपाली कांग्रेसका युवा नेताहरुले पनि पार्टर्ीीई जीवन्त बनाउनसक्नेमा विश्वस्त छन् ।

गिरिजाप्रसाद कोइरालाको जीवनकालमा आफ्नो परिवारभित्रैकालाई पार्टर्ीीेतृत्व सुम्पेर जाने चाहनाले अझै मर्ूतरुप पाउन सकेको छैन । वीपी पुत्र सशांक-शेखर र गिरिजापुत्री सुजाताको राजनीति सुरक्षित गर्ने प्रतिवद्धता जसले व्यक्त गर्नसक्छ उसैलाई कोइरालाले साथ दिने र आगामी नेतृत्व प्राप्त गर्ने सम्भावना पनि प्रवल छ । दक्षिण एसियाको प्रजातान्त्रिक पार्टर्ीीमा परिवारवाद हावी भैरहेको सर्न्दर्भमा गिरिजाप्रसाद कोइरालापछि कांग्रेसको बिंडो थाम्ने कोइराला परिवारबाटै निस्कनेछ कि अरु नै कोही हुने हो त्यो भने भविष्यमै थाहा हुनेछ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राजनीतिक भीडन्तलाई प्राथमिकता (09.15.2008)
प्रहरीमा महानिरीक्षकमा गुरुङ (09.15.2008)
भारतसंगको सम्बन्धमा क्रमभंगताको अपेक्षाप्रधानमन्त्री प्रचण्डको अग्निपरीक्ष (09.08.2008)
भारतले असली अनुहार देखायोमूल मुद्दा ओझेलमा पार्ने नियोजित षड्यन्त्र (09.08.2008)
सुपर्ुदगी सन्धि र ऐनको ठाडो उल्लंघन (09.08.2008)
गौतमको दृढता सफल होला - (09.08.2008)
कांग्रेसमा शर्ीष्ा नेताहरुबीच चर्काचर्की (09.08.2008)
तर्राई डुब्दा पहाड दुख्छ (09.08.2008)
मुलुकलाई बाहृय हस्तक्षेपबाट मुक्त गराउने चुनौतिपर्ूण्ा अवसरपर्ूण्ातासंगै सर (09.01.2008)
गण्डक र टनकपुरमा कोशीकै नियति दोहोरिने भय (09.01.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]