Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 02:23am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
पत्रकार अग्निशिखा रहनुभएन
Tuesday, 09.23.2008, 02:33pm (GMT+5.5)

काठमाडौं । सिद्धहस्त पत्रकार अग्निशिखा -शुकदेव नेपाल)को हिजो असोज ६ गते विहान असामयिक निधन भएको दुखद् समाचार छ । लामो समयदेखि पत्रकारिता, राजनीतिक लेखन एवं साहित्य सिर्जनामा सक्रिय रहँदै आउनुभएका ५४ वषर्ीय अग्निशिखाको यो असामयिक अवशानले सिंगो नेपाली पत्रकारिता एवं साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको अनुभूत गराएको छ ।

२०१२ साल असार १८ गते काठमाडौंमा जन्मनुभएका दिवंगत अग्निशिखाले २०३४।०३५ सालमा नाटक र कविता लेखनबाट सामाजिक न्यायका पक्षमा आवाज उठाउँदै आउनुभएको थियो । अन्तर्रर्ााट्रय मामिलामा विशेष दख्खल राख्ने थोरै पत्रकारहरुमध्ये उहाँ एक हुनुहुन्थ्यो । २०५९ देखि २०६४ सालसम्म उहाँ नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिव समेत हुनुहुन्थ्यो । थोरै बोल्ने तर सटिक बोल्ने उहाँको स्वभाव थियो । उहाँका- रक्तवीज -कविता संग्रह), इज्जत -नाटक), ऊ फेरि आउने छ -नाटक), शहीदकी आमा -गीतिनाटक), देश तपाईंहरुको जिम्मा -गीतिसंग्रह) लगायत अलअमेरियाको चिहान, सलाम मुक्ति योद्धा, वधशाला विरुद्ध, भोल्गाले विर्सने छैन जोया, आस्थापुञ्ज र रोजाहरुले रोजेको जीवन जस्ता अन्तर्रर्ााट्रय राजनीतिसित सम्बन्धित विश्लेषणात्मक कृतिहरु प्रकाशित छन् ।

सुप्रसिद्ध पत्रकार अग्निशिखा दक्षिण एसियाली स्वतन्त्र पत्रकार संगठन -साफ्मा)का उपाध्यक्ष हुनुहुन्थ्यो भने प्रेस चौतारी नेपालका संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँ हृदयचन्द्रसिंह पत्रकारिता पुरस्कार र छलफल सिर्जनशील पत्रकारिता पुरस्कारबाट पनि सम्मानित हुनुभएको थियो । उहाँ रेडियो नेपाल र गोरखापत्र संस्थाको संचालक समितिमा समेत रहनुभएको थियो । पछिल्लो समय उहाँ नयाँ पत्रिका दैनिकमा आवद्ध हुनुहुन्थ्यो । आइतबार पनि उहाँ आफ्नो कार्यकक्षमा व्यस्त हुनुहुन्थ्यो । आइतबार राति अचानक हृदयाघात भएपछि उहाँलाई गंगालाल हृदयकेन्द्र पुर्‍याइएको थियो । उहाँको त्यही निधन भयो । दिवंगत अग्निशिखाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

 


Comments (0)        Print        Tell friend        Top


Other Articles:
मातृका प्रवृत्तिको अन्त्य (09.23.2008)
प्रधानमन्त्रीको भारत भ्रमण ः समानताका नयाँ आधार खडा गर्नुपर्ने (09.15.2008)
राष्ट्रघात सच्याउने विषयले प्राथमिकता पाएनगैरनेपालीको नागरिकता खो (09.15.2008)
कांग्रेसमा युवा नेताको खोजी (09.15.2008)
राजनीतिक भीडन्तलाई प्राथमिकता (09.15.2008)
प्रहरीमा महानिरीक्षकमा गुरुङ (09.15.2008)
भारतसंगको सम्बन्धमा क्रमभंगताको अपेक्षाप्रधानमन्त्री प्रचण्डको अग्निपरीक्ष (09.08.2008)
भारतले असली अनुहार देखायोमूल मुद्दा ओझेलमा पार्ने नियोजित षड्यन्त्र (09.08.2008)
सुपर्ुदगी सन्धि र ऐनको ठाडो उल्लंघन (09.08.2008)
कांग्रेसमा शर्ीष्ा नेताहरुबीच चर्काचर्की (09.08.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]