Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:48am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
माओवादीको दोहोरो चुनौती
Monday, 09.29.2008, 04:05pm (GMT+5.5)

काठमाडौं । नेकपा माओवादीका अगाडि यतिबेला ठूलो चुनौती खडा छ । नयाँ नेपाल निर्माणका लागि राज्यको पुनःसंरचनादेखि लिएर आर्थिक-सामाजिक रुपान्तरण माओवादीको प्रमुख चुनौती हो । ठूलो लक्ष्य र गहन जिम्मेवारी बोकेर सरकारको नेतृत्व गरेको माओवादीका सामु अर्को चुनौती भनेको आफ्नो सेनाको समायोजन पनि हो । जनवादी गणतन्त्र स्थापना गर्ने भन्दै सशस्त्र युद्ध गरेको र त्यसैमा प्रशिक्षित कार्यकर्ताको ठूलो पंक्तिले प्रशिक्षणप्राप्त आफ्नो राजनीतिक धारलाई बिर्सन सकेका छैनन् । सेना समायोजन र प्रजातान्त्रिक मूल्य मान्यतालाई कसरी र कुन रुपमा आत्मसात गर्ने भन्ने माओवादी नेतृत्वका सामु तर्ेर्सिएको र्सवाधिक ठूलो चुनौती हो । अहिले माओवादी दर्ुइटा डुंगामा खुट्टा हालेर बसिरहेको छ । एकातिर संसदीय प्रजातन्त्रको अभ्यास गरिरहेछ भने अर्कोतिर जनवाद नै एकमात्र लक्ष्य रहेको दावी पनि छाडिएको छैन । माओवादीको लक्ष्य बहुदलीय संसदीय प्रजातन्त्र कि जनवादी गणतन्त्र हो भन्ने स्पष्ट छैन । यस विषयमा स्वयं प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको उत्तर दिंदै भन्नुभएको थियो- "हामीले वाध्यताले मात्र संसदीय व्यवस्था मानेका हौं । हामी न त तत्कालै साम्यवादमा पुग्न सक्छौं न त संसदीय प्रणालीमा नै बस्न सक्छौं" भन्नुभएको छ । नेकपा माओवादी बहुदलीय प्रणालीलाई स्वीकार्ने तर संसदीय व्यवस्था नमान्ने बताइएको छ । उनीहरुको बहुदलीय व्यवस्था कस्तो हो - चीन, बेलायत, अमेरिका वा अन्य मुलुकको जस्तो - यसको भने टुंगो लागिसकेको छैन । माओवादीका सामु आफ्नो राजनीतिक दृष्टिकोण स्पष्ट पार्नुपर्ने चुनौती पनि थपिएको छ ।

कतिपय विश्लेषकहरु जनवादी गणतन्त्रका लागि हतियार उठाएको र त्यसैमा समर्पित १९ हजार सेनाको समायोजन नहुँदासम्म स्पष्ट राजनीतिक दृष्टिकोण बनाउनु माओवादीका सामु ठूलो समस्याको विषय हो ।

विश्वले नै देखेको वास्तविकता के हो भने नेकपा माओवादी संसदीय बहुदलीय व्यवस्थाको सिद्धान्त अनुसार अहिले सरकारको नेतृत्व गर्न पुगेको हो । बहुदलीय प्रतिस्पर्धाकै आधारमा संविधानसभाको निर्वाचनमा सवभन्दा ठूलो दल बनेर सोही प्रक्रियाबाट प्रचण्ड प्रधानमन्त्री बन्नुभएको हो । त्यसो त कतिपय राजनीतिक विश्लेषकहरु संसदीय व्यवस्थाका विकृतिहरुलाई पोको पारेर बोक्दै हिंड्नु जरुरी नभएको र यसमा सुधार हुनुपर्ने बताइरहेका छन् । अहिले प्रजातन्त्रको विकल्प प्रजातन्त्र मात्रै भएको बताइन्छ । विश्व परिवेश, जनताको राजनीतिक चेतना र स्वतन्त्रतालाई कुनै पनि वहानामा कुण्ठित गर्ने प्रयास गर्नु स्वयंका लागि घातक सिद्ध हुनसक्छ । यो पनि विचारणीय पक्ष बनेको छ ।

नेकपा माओवादीले यतिखेर मुलुक रुपान्तरण गर्ने आशा अधिकांश नेपालीले गरेका छन् । मुलुकमा राजनीतिक स्थिरता, शान्ति, प्रजातन्त्र र जनजीविकाको सहज वातावरण नेपाली जनताको आकांक्षा हो । नेपाली जनताले हिंसालाई त्याग्नकै लागि माओवादीलाई सरकारको नेतृत्व गर्ने हैसियतमा पुर्‍याएका हुन् । माओवादी नेताहरुले यस विषयमा गम्भीर भएर सोच्नु र सोही बमोजिम कदम चाल्नर्ुपर्दछ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
जलस्रोत वार्ताको अपेक्षा (09.29.2008)
रामकुमारीको नाममा नयाँ इतिहास (09.29.2008)
प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त घरेलु मुद्दाहरु चर्किन थाले (09.23.2008)
जलस्रोतमा राष्ट्रघात गर्न अझ सजिलोसंसद्को दर्ुइ तिहाईको प्रावधान निकम्मा (09.23.2008)
पत्रकार अग्निशिखा रहनुभएन (09.23.2008)
मातृका प्रवृत्तिको अन्त्य (09.23.2008)
प्रधानमन्त्रीको भारत भ्रमण ः समानताका नयाँ आधार खडा गर्नुपर्ने (09.15.2008)
राष्ट्रघात सच्याउने विषयले प्राथमिकता पाएनगैरनेपालीको नागरिकता खो (09.15.2008)
कांग्रेसमा युवा नेताको खोजी (09.15.2008)
राजनीतिक भीडन्तलाई प्राथमिकता (09.15.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]