Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 04:24am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

एक मधेस नमान्न चेतावनी


Monday, 10.20.2008, 04:29pm (GMT+5.5)

काठमाडौं । तत्कालीन सरकार र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाबीच भएको सहमति अनुसार सिंगो तर्राईलाई 'एक मधेस एक प्रदेश' घोषणा गर्ने सहमति भएपछि त्यसको विरोधमा उत्रिएको तर्राईका आदिवासी भूमिपुत्र थारु समुदायले त्यसलाई स्वीकार गरिए निर्ण्ाायक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

थारु कल्याणकारिणी सभाको प्रथम अन्तर्रर्ााट्रय सम्मेलन तथा बौद्ध विचार गोष्ठीका क्रममा थारु वक्ताहरुले समग्र मधेस एक प्रदेशको मागले थारुहट प्रदेशमाथि आँच आउने उल्लेख गर्दै यदि यसो गरिए ठूलो व्रि्रोह हुने र रगतको खोलो बग्ने चेतावनी दिएका हुन् । थारु समुदायका अगुवाहरुले आफूहरु नेपालको तर्राईका सवभन्दा पुरानो आदिवासी र धर्तिपुत्र भएको दावी गर्दै अब अधिकारका लागि जस्तोसुकै मूल्य चुकाउन पछिनपर्ने बताए ।

मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक अवस्थालाई ख्यालै नगरी तत्कालको गाँठो फुकाउने प्रपञ्चले गर्दा विगतमा भएका कतिपय सहमतिहरुले आगामी दिनमा कस्तो समस्या उत्पन्न गर्ने हो भन्ने चिन्ता अहिले जताततै कायम छ । एक मधेस एक प्रदेश, जातीय, क्षेत्रीय, धार्मिक आधारमा संघहरुको निर्माण गर्ने लगायत जसले जति धेरै दवाव दिन्छ उसैको पछि कुद्ने प्रवृत्ति विगतको सरकारले देखाएका कारण मुलुकको संघीय ढाँचा निर्माण गर्नु फलामो च्यूरा चपाए सरह हुने देखिन्छ ।

नेपालको तर्राई क्षेत्रको आदिवासी र भूमिपुत्र थारुहरु भएको ऐतिहासिक तथ्य भए पनि तर्राईलाई मधेस नामाकरण गर्दै आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न चाहने केही कुभावना राख्ने व्यक्तिहरुको चंगुलमा तर्राईको राजनीति परिरहेको छ । समग्र तर्राईलाई एक प्रदेश बनाएर आफूहरु त्यसको आजीवन शासक बन्ने सपना देखेकाहरु थारुहरुको चेतावनीले भने केही झस्केका छन् ।

नेपालमा हुँदै नभएको भूभाग स्थापना गर्न खोज्ने कतिपय नेताहरु अहिले नाम जे राखे पनि हुने तर सिंगो तर्राई एउटै प्रदेश हुनुपर्ने भनाइ राख्न थालेका छन् । सरकारसंग सहमति कायम गर्नेमध्येको एक दल नेपाल सद्भावना पार्टर्ीीराजेन्द्र महतो)का अध्यक्ष तथा आपर्ूर्ति मन्त्री राजेन्द्र महतोले सरकारले विगतमा भएको सहमति पालना नगर्ने आफूहरु सरकारबाट हट्ने धम्की दिएका थिए । त्यसो त तर्राईको सवभन्दा ठूलो दलको रुपमा स्थापित भएको मधेसी जनअधिकार फोरमले यस विषयमा अहिले केही बोलेको छैन ।

तर्राईमा विखण्डनको खेल

काठमाडौं । 'हिमालको पानी बगेर जहाँसम्म पुग्छ त्यहाँसम्मको भूभाग नेपाल हो । यसबाट मधेसलाई अलग गर्ने सोच विखण्डनवादी हो । तर्राईका सशस्त्र व्रि्रोही समूहहरुमध्ये केही विखण्डनवादी रहेका र उनीहरुको उद्देश्य कहिल्यै पूरा हुने छैन ।' जनवादी मोर्चाका केन्द्रीय अध्यक्ष तथा बहुचर्चित गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको भनाइ यस्तै रहेको छ । हालै भारतको पटनामा तर्राईका केही सशस्त्र समूहको बैठक बसेको र सो बैठकमा आफूलाई पनि निम्त्याइएको खुलाशा गर्दै सो बैठकमा केही सशस्त्र समूहले नेपालबाट तर्राईलाई अलग बनाउने प्रस्ताव समेत गरेको तथ्य उहाँले उद्घाटन गर्नुभएको छ । तर्राईका सशस्त्र समूहहरु कुन उद्देश्यले परिचालित छन् भन्ने संकेत उहाँको कथनबाट भएको छ । तर्राईका सशस्त्र समूहहरुलाई वार्तामा आउन आव्हान गरेको सरकारले यस्तो गम्भीर विषयलाई कुन रुपमा लिएको छ भन्नेबारे उत्तिकै चासो उत्पन्न भएको छ ।

कोशी उच्च बाँध रोक

विराटनगर । भारतले चतरामाथि दर्ुइ सय ६९ मिटर अग्लो कोशी उच्च बाँध बनाएमा खम्बुवान र लिम्बुवानको भौगोलिक र पर्यावरणमा प्रतिकूल प्रभाव पर्ने, ऐतिहासिक, पुरातात्विक क्षेत्र पनि डुवानमा पर्ने र हजारौं मानिस विस्थापित हुने भएकाले कोशी उच्च बाँध निर्माण गर्न दिनै नहुने जिकिर गर्दै खम्बुवान राष्ट्रिय मोर्चाको हालै धरानमा सम्पन्न भएको प्रथम राष्ट्रिय महाधिवेशनले कोशी उच्च बाँध परियोजनाको डीपीआरको काम तत्काल रोक्न माग गरेको छ । नेपालका जलस्रोतविद्देखि लिएर स्थानीय जनता एवं भारतका पर्यावरणवादीहरुले समेत भविष्यमा विकराल संकट निम्त्याउनसक्ने कोशी उच्च बाँध कुनै पनि हालतमा बनाउन नहुने धारणा र्सार्वजनिक गर्दै आए पनि सरकारले डीपीआर गर्ने सम्झौता गरेर विस्तृत अध्ययनको काम जारी गराएकोमा पनि र्सवत्र विरोध भैरहेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ (09.29.2008)
सरकारलाई फकाउने भारतीय योजना सफल (09.29.2008)
माओवादीको दोहोरो चुनौती (09.29.2008)
रामकुमारीको नाममा नयाँ इतिहास (09.29.2008)
जलस्रोत वार्ताको अपेक्षा (09.29.2008)
प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त घरेलु मुद्दाहरु चर्किन थाले (09.23.2008)
जलस्रोतमा राष्ट्रघात गर्न अझ सजिलोसंसद्को दर्ुइ तिहाईको प्रावधान निकम्मा (09.23.2008)
पत्रकार अग्निशिखा रहनुभएन (09.23.2008)
मातृका प्रवृत्तिको अन्त्य (09.23.2008)
प्रधानमन्त्रीको भारत भ्रमण ः समानताका नयाँ आधार खडा गर्नुपर्ने (09.15.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]