Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 02:27am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

सेना समायोजनको प्रक्रिया अझै सुरु भएन


Monday, 10.20.2008, 04:32pm (GMT+5.5)

काठमाडौं । नयाँ सरकारको गठनसंगै प्रारम्भ गर्ने भनिएको सेना समायोजनको प्रक्रिया अहिलेसम्म सुरु हुन सकेको छैन । सरकार गठन भएको ६ महिनाभित्रै सेना समायोजन गरिने सहमति भए पनि समायोजन प्रक्रियाका लागि अहिलेसम्म संयन्त्र बन्न नसक्दा शिविरमा रहेका जनसेनाको भविष्य अन्योलमा परेको छ ।

नेपालको राजनीतिलाई अभूतपर्ूव परिवर्तनको दिशामा डोर्‍याउने मूल शक्ति मानिएको नेकपा माओवादीको जनसेनाको भविष्य उसकै पार्टर्ीीे नेतृत्वमा सरकार रहँदा पनि अन्योलमा पर्नुले थप आशंका पैदा गराएको छ । सेना समायोजनकै विषयमा विगतमा दलहरुबीच जेजस्तो सहमति भए पनि अहिले सो विषयमा निकै विवाद उत्पन्न भैरहेको छ । माओवादीका नेताहरु जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गर्ने बताइरहेका छन् भने कतिपय दलहरु जनसेनालाई राष्ट्रिय सेनामा समावेश गरे त्यहाँ व्रि्रोह हुने र मुलुक गृहयुद्धतर्फधकेलिने आशंका व्यक्त गरिरहेका छन् । उता नेपाली सेनाका प्रधानसेनापति रुकमाङ्गद कटवाल राजनीतिक सहमति अनुसार सैनिक मापदण्ड पूरा गर्नेलाई नेपाली सेनामा सामेल गर्न सकिने बताउनुभएको छ । माओवादी सेनाका डेपुटी कमाण्डरहरु भने जनसेनालाई राष्ट्रिय सेनामै समायोजन गर्ने अडान लिइरहेका छन् ।

सेना समायोजनका विषयमा बढ्दो विवादसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनसेनालाई नेपाली सेनामा मात्र नभएर सशस्त्र, जनपद प्रहरी र अन्य सुरक्षा बल गठन गरेर पनि समायोजन गर्न सकिने बताउनुभएको छ । यद्यपि यसको गृहकार्य भने भएको छैन । सीमा सुरक्षा, औद्योगिक सुरक्षा, वन सुरक्षा, भन्सार गस्ती लगायत अन्य सुरक्षा अंग गठन गरेर पनि माओवादी सेनाको भविष्य सुनिश्चित गर्न सकिने र सेना वा अन्य सुरक्षामा संलग्न नभएर स्वतन्त्र हुन चाहनेलाई सोही बमोजिमको व्यवस्था गरिने प्रधानमन्त्रीको भनाइले भने जनसेनाको भविष्यमाथि उठिरहेको शंकाको केही हदसम्म निवारण भएको मान्न सकिन्छ । यद्यपि सेना समायोजनका लागि ठोस गृहकार्य अझै हुन सकेको छैन ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीले जनसेनालाई राष्ट्रिय सेनामै समायोजन गर्ने भन्दै आइरहेको भए पनि सेना समायोजन सम्बन्धी कुनै गृहकार्य भएको छैन । हुलका हुल जनसेनालाई राष्ट्रिय सेनामा भित्र्याउने कि सैनिक मापदण्ड पूरा गर्न सक्नेलाई मात्र लाने भन्ने विवादकै विषय छ । सेना समायोजनका विषयमा राजनीतिक दलहरुबीच भएको सहमति पनि लंगडो नै छ । संविधानमा सेना समायोजनका लागि संयन्त्र बनाउने मात्र भनियो तर सेना समायोजनका प्रक्रिया र प्रावधानहरुका बारेमा केही उल्लेख गरिएन । यसै भएर यस विषयमा आपसमा मतभेदहरु आइरहेका छन् ।

त्यसो त सेना समायोजनका विषयमा संविधानमै स्पष्ट किटान गरिएको छ । 'सेना समायोजन भनेको दर्ुइ सेनाको मिश्रण नभएर माओवादी जनसेनालाई पुनःस्थापित गर्ने भन्ने अर्थ पनि कतिपय दलका नेताहरुले लगाइरहेका छन् । नेपाली सेनामा राजनीतिक दलको कार्यकर्ताका रुपमा प्रशिक्षित सेनालाई मिसाउँदा त्यहाँ उत्पन्न हुनसक्ने समस्याका बारेमा चर्को बहस र विश्लेषण पनि भैरहेका छन् । यसै भएर यस विषयमा दलहरुबीच नै मतभेद कायम छन्' एकजना सुरक्षाविज्ञ बताउँछन् ।

अहिलेसम्म जेजस्ता विवाद र अड्चनहरु आइरहेका छन्, यसलाई हटाउन समयानुकूलको राष्ट्रिय सुरक्षा नीति आवश्यक हुन्छ । 'जवसम्म सुरक्षा नीति स्पष्ट हुँदैन तवसम्म समस्या यथावत रहन्छ र १९ हजार जनसेनाको भविष्य पनि अन्योलमै रहन्छ । सुरक्षा नीतिवेगर सेना घटाए पनि र बढाए पनि त्यसको केही अर्थ रहँदैन ।' एकजना सुरक्षाविद्को धारणा छ ।

यसैबीच सेना समायोजनका विषयमा भैरहेका बाहिरी टिप्पणीहरुलाई आधिकारिक रुपमा नलिन आग्रह गर्दै रक्षामन्त्री रामबहादुर थापा 'बादल'ले छिटै नै सुरक्षा नीति बनाई सेना समायोजन गर्ने स्पष्ट पार्नुभएको छ । उहाँले सेना समायोजनका लागि संयन्त्र निर्माणको प्रक्रिया छिटै सुरु हुने जानकारी दिनुभएको छ ।

त्यसो त सेना समायोजन र सुरक्षा नीतिबारे सरकारको धारणा र संविधानको प्रावधानबीच मेल खाँदैन । विश्वस्त सूत्रका अनुसार सरकारले सुरक्षा परिषद्संग सेना घटाउने सुझाव मागेको छ । एकातिर सेना घटाउने सुझाव र अर्कोतिर माओवादी जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गर्ने कुराले पनि सुरक्षा नीति बन्न नसकेको सुरक्षाविद्हरु बताउँछन् । सेना समायोजनका विषयमा विशेष समिति बनाउने व्यवस्था संविधानमै गरिएको छ । समितिको मुख्य काम माओवादी सेना समायोजन गर्ने हो । सेनाका बारेमा कुनै पनि सल्लाह दिने अधिकार सुरक्षा परिषद्लाई छ ।

संवैधानिक प्रावधान र राजनीतिक सहमति यस्तो भए पनि बेलाबेलामा सुरक्षा परिषद्संग सेनाको संख्या कटौती गर्न सुझाव माग्ने र अर्कोतिर जनसेनालाई राष्ट्रिय सेनामा समावेश गर्ने कुरा उठाइरहँदा यस विषयमा सरकार नै स्पष्ट नरहेको देखिन्छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
के हो नेपालको सुरक्षा नीति ? (10.20.2008)
एक मधेस नमान्न चेतावनी (10.20.2008)
राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ (09.29.2008)
सरकारलाई फकाउने भारतीय योजना सफल (09.29.2008)
माओवादीको दोहोरो चुनौती (09.29.2008)
जलस्रोत वार्ताको अपेक्षा (09.29.2008)
रामकुमारीको नाममा नयाँ इतिहास (09.29.2008)
प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त घरेलु मुद्दाहरु चर्किन थाले (09.23.2008)
जलस्रोतमा राष्ट्रघात गर्न अझ सजिलोसंसद्को दर्ुइ तिहाईको प्रावधान निकम्मा (09.23.2008)
पत्रकार अग्निशिखा रहनुभएन (09.23.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]