Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 02:17am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडा
मुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
Tuesday, 11.11.2008, 12:47pm (GMT+5.5)

काठमाडौं । संविधानसभामा घोषित विपक्षी दल बनेको नेपाली कांग्रेस र सत्तारुढ नेकपा माआवादीबीच बढ्दै गएको दूरीले संविधान निर्माण कार्य नै अवरुद्ध हुनसक्ने आशंका बढेको छ । व्यवस्थापिका संसद्का रुपमा बजेटमाथि छलफल चलिरहेको संविधानसभाभित्र नेपाली कांग्रेसले सरकार समक्ष नौ बुँदे मागपत्र प्रस्तुत गरेर ती माग पूरा नभए बजेट समेत पारित हुन नदिने र सदन अवरुद्ध पार्ने हुँकार गरेको छ । कांग्रेसले सरकार समक्ष प्रस्तुत गरेका मागहरु राजनीतिक असहमति विस्तार, परस्परमा बढ्दो दूरी र अविश्वासका द्योतक मात्र हुन् । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी सहितको र्सवाधिकार सम्पन्न सरकारका पालामा समेत कार्यान्वयन हुन नसकेका सहमति र सम्झौताहरुलाई अहिले कांग्रेसले माओवादीको अग्रगामी छलाङ्को बाटो छेक्ने औजारका रुपमा उपयोग गर्न चाहेको छ । नेपाली कांग्रेसले सत्ता बाहिर रहनुपर्दाको पीडा सहन नसकेर मात्र आक्रामक शैलीमा प्रस्तुत हुन खोजेको हो अथवा यसभित्र पनि अरु कसैको रणनीतिक खेल पनि प्रवेश गरेको छ भन्नेबारे पनि गम्भीर चासो उत्पन्न भइरहेको छ ।

नयाँ संविधान निर्माण नभएसम्म र राज्यको पुनःसंरचना कसरी गर्ने भन्ने टुंगोमा नपुग्दासम्म उच्च राजनीतिक समझदारी र सहमतिको बाटो अनुसरण गर्नु अनिवार्य नै रहे पनि देशको राजनीतिक परिस्थिति विल्कुल भिन्न बाटोतिर उन्मुख हुनथालेको छ । सरकारको प्रभावकारीता समेत कतै महसुस हुन नसकेको स्थितिमा विपक्षी दल नेपाली कांग्रेसले तगारो मात्रै हाल्ने रणनीति अख्तियार गर्न थालेकाले त्यसको परिणाम सकारात्मक र सुखद् नहुने बरु विषम राष्ट्रिय परिस्थिति अरु जटिल बन्दै जाने देखिएको छ । कांग्रेसलाई चित्त बुझाउन नसकेसम्म सेना समायोजनको मुद्दा पनि टुङ्गोमा नपुग्ने र संविधान निर्माण प्रक्रिया पनि अगाडि नबढ्ने निश्चित प्रायः भएकाले मुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त प्रतीत हुन थालेको छ । माओवादी र कांग्रेसको बीचमा हिउँको पहाड खडा भएको छ । कांग्रेसलाई ठेगानमा ल्याउन प्रधानमन्त्री प्रचण्डले हिउँको ठूलो पहाड पगाल्नै पर्ने भएको छ । तर त्यो कसरी - त्ये नै अहं प्रश्न बन्न पुगेको छ ।

राजनीतिक विश्लेषकहरु भन्दछन्- देशमा अहिले जस्तो राजनीतिक वातावरण सिर्जना भएको छ त्यसले कसैलाई पनि आत्मसन्तुष्टि दिएको छैन । स्थायी शान्ति प्रक्रियाले पर्ूण्ाता पाउन सक्ने कुरामा अनेक शंका खडा भएका छन् । राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रको सर्वोच्च पद प्राप्त गरे पनि त्यो मर्यादित नभएको धारणा परोक्ष रुपमा प्रवाहित गर्नुभएको छ भने सेरोमोनियल नभै संवैधानिक राष्ट्रपतिको भूमिका खोजेर कार्यक्षेत्रको सीमा विस्तार चाहेको खुलस्त नै भएको छ । उपराष्ट्रपति परमानन्द झाले आर्श्चर्यजनक रुपमा मुख खोलेर संविधान उल्लंघनको नयाँ विवाद खडा गर्नुभएको छ । राजनीतिक वातावरण सङ्लिने र समालिनेतिरभन्दा धमिलिने र द्वन्द्वको भूमरीतिर धकेलिने क्रम बढेको छ । सत्ताभित्र र सत्ता बाहिरका दलहरु राष्ट्रका अहं मुद्दा केलाएर निकासको बाटोतिर अगाडि बढ्नुभन्दा झिनामसिना कुरामा अल्झेर बखेडा झिक्ने र खोचे थाप्ने बाटो रोज्न नै अग्रसर देखिएका छन् । सामान्य समझदारीको अभावमा लामो समय अल्भिmएको संविधानसभा नियमावली अनावश्यक कालक्षेपण गरी टुङ्गोमा पुगे पनि सेना समायोजनको मूल मुद्दाको छिनोफानो नभएसम्म राजनीतिक क्षितिजमा मडारिएको अविश्वासको कालो बादल कुनै हालतमा हट्ने छैन । कांग्रेसले सदनमा सरकारसमक्ष राखेको नौ बुँदे मागहरु राजनीतिक नेतृत्वको समझदारीमा टुङ्ग्याउने सहमति कायम भयो भने पनि त्यसको कार्यान्वयन सहज छैन । विगतमा राजनीतिक नेतृत्वले गरेका सहमतिहरु कार्यान्वयन नभएकाले नै अहिले समस्या खडा भएको हो । विगतमा पनि कब्जा घरजग्गा, सम्पत्ति फिर्ता र विस्थापितको वापसीबारे सम्झौता र सहमति भएकै हो । कांग्रेस सरकारको नेतृत्वमा रहँदा पनि त्यसलाई कार्यान्वयन गराउन सकेन । वाईसीएलको अर्धसैनिक कार्यशैली समाप्तीबारे ५ महिना अगाडि भएको सहमति अहिलेसम्म जसरी कागजमै सीमित रहृयो भविष्यको गति पनि त्यही नै हो । सरकारको नेतृत्व गर्न पुग्दा पनि पार्टर्ीी खडा गरेको सुरक्षा संयन्त्र हटाउन माओवादी नेतृत्वले रुची नदेखाउँदा कांग्रेस उत्तेजित भैरहे पनि त्यसले कुनै नतिजा ल्याउने देखिंदैन । कांग्रेसले सदनमा अवरोध खडा गर्न सक्छ तर उसंग पनि राजनीतिक निकास दिनसक्ने विचार र क्षमता छैन । निकासको बाटो रोकेर राजनीतिक अन्योल सिर्जना गर्नु बाहेक कांग्रेससंग रचनात्मक विकल्प रहेको देखिंदैन । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन विपक्षमा बसेर रचनात्मक सहयोग गर्ने कांग्रेसबाट प्रवाहित धारणा सुगन्धरहित कागजको फूल जत्ति पनि शोभायमान छैन । सरकारमा बस्न असहमत भएर विपक्षी दल बन्ने अनि सात दलीय सहमतिको पुरानो राग अलापेर विशेष भाग पनि खोज्ने कांग्रेसको दोहोरो मापदण्ड अन्ततः कांग्रेसकै लागि प्रत्युत्पादक बन्ने सम्भावना छ । माओवादीलाई आजको हैसियतमा ल्याइपुर्‍याउन कांग्रेसले हिजो खेलेको भूमिकाले आज उसलाई जसरी मूलधारबाट अलग्याएर किनारामा पुर्‍याएको छ आजका अवरोधपर्ूण्ा क्रियाकलापले उसलाई प्रत्युत्पादक दिशातिर धकेल्दै लानेछ । कांग्रेसले संविधान निर्माणपर्ूवको समयलाई आन्तरिक संगठन सुदृढ गर्न, आन्तरिक समायोजना र व्यवस्थापनलाई सुव्यवस्थित गर्न खर्च गरेको भए त्यसको परिणाम बेग्लै आउने थियो । नेता गिरिजाप्रसाद कोइरालाले निर्वाचन भएको चार-चार महिनासम्म नयाँ सरकार बन्न नदिनु, पार्टर्ीीे संसदीय दलको नेता चयन नगर्नु, पार्टर्ीीार्यकर्ताहरुको मागअनुरुप अधिवेशन गर्नेतिर चासो नदेखाउनु र अझै पनि सत्ताका निम्ति र्‍याल काढिरहनुलाई कसैले पनि संगतिका रुपमा लिएका छैनन् । गिरिजा नेतृत्वले नै संसदीय राजनीतिककाललाई विफल तुल्याएको निष्कर्षा तर्कशील युवा कांग्रेसीमा विगतका विफताहरुको ढाकछोप हुन सक्तैन । सदन अवरुद्ध पार्ने कांग्रेसको धम्कीले राजनीतिक अन्यौल खडा गर्नु बाहेक कुनै निकास नदिने ठोकुवा नै गर्न सकिन्छ ।

नेपाली जनता फेरि पनि प्रमुख राजनीतिक दलहरुबीचको अहंकार पर््रदर्शन र संकर्ीण्ातामुखी क्रियाकलापलाई रमिते बनेर हर्ेन विवश छन् । सेना समायोजनको मुद्दा अहिले राजनीतिक दोहोरीको विषय बनेको छ । सेना समायोजन समितिमा समान हैसियत खोजेर कांग्रेसले टाङ्ग अड्याएको छ । कांग्रेसलाई विशेष समितिमा ल्याउने माओवादी र एमालेको प्रयास पनि अर्थहीन सावित भएको छ । कांग्रेसले व्यवधान खडा गरे पनि विशेष समितिले काम अगाडि बढाउने जिकिरका साथसाथै सो समितिको विघटन र पर्ुनर्गठनको प्रस्ताव पनि प्रक्षेपित भैसकेको छ । माओवादी लडाकुहरुको समायोजनविना शान्ति प्रक्रिया निष्कर्षा नपुग्ने निश्चित भए पनि समायोजन के, कसरी र कहाँ भन्ने टुंगो लाग्न धेरै कठिन हुँदैछ । माओवादी राष्ट्रिय सेनामा नै आफ्ना लडाकुलाई समाहित गर्न चाहन्छ । यो कुरा विपक्षी कांग्रेसलाई मात्रै होइन सत्ता साझेदार एमाले र फोरमलाई पनि मान्य छैन । यो मुद्दाले माओवादीभित्रै पनि ठूलै हलचल पैदा गर्न सक्छ । दुवै सेना मिलाएर राष्ट्रिय सेना बनाउनुपर्ने माओवादीको पर्ूव धारणाप्रति सत्ता बाहिरका नेता-कार्यकर्ताहरु दृढ देखिन्छन् । सरकारमा पुगेका नेताहरु गोलमटोलको भाषा बोलिरहेका छन् । यो मुद्दा चर्किंदै जाँदा माओवादीभित्रै भर्ुइंचालो आउन सक्छ । राजनीतिक निकासविना सेना समायोजनको टुङ्गो लाग्नसक्ने देखिंदैन ।

माओवादी अहिलेको प्रमुख राजनीतिक शक्ति भएकाले माओवादीको राजनीतिक धारणा प्रष्ट रुपमा नआएसम्म राजनीतिक निकास नै सम्भव छैन । लोतान्त्रिक गणतन्त्र कि जनगणतन्त्र भन्नेबारे माओवादीभित्रै चर्को बहस छ । माओवादीका १६ राज्य समितिमध्ये ताम्सालिङ बाहेकका १५ राज्यसमितिहरु औपनिवेशिक प्रकृतिको लोकतान्त्रिक गणतन्त्र होइन विस्तारवाद-साम्राज्यवादको प्रभावबाट मुक्त जनगणतन्त्रको पक्षमा रहेको सम्वद्ध सूत्रहरु बताउँछन् । निकट भविष्यमा नै हुन गैरहेको राष्ट्रिय कार्यकर्ता भेलाले कस्तो राजनीतिक कार्यदिशा निर्धारण गर्दछ, त्यसले नै मुलुकको भावी राजनीतिक दिशा प्रभावित हुने देखिएको छ । सत्ताधारी माओवादीभित्रै कस्तो गणतन्त्र भन्ने चर्को बहसले ध्रवीकरणको स्थिति सिर्जना गर्ने सम्भावना इङ्िगत हुन थालेको छ । सेना समायोजन, संविधान निर्माण र राष्ट्रको पुनरसंरचना जस्ता मुद्दाहरु प्रष्ट राजनीतिक कार्यदिशा निर्धारण भएपछि मात्र सम्बोधित हुनसक्छन् । नेपाली कांग्रेसले चियाको कपभित्र ल्याउन खोजेको तुफानलेभन्दा पनि माओवादीको राष्ट्रिय कार्यकर्ता भेलाले निर्धारण गर्ने कार्यदिशाले मुलुकको भावी राजनीति बढी प्रभावित हुने निष्कर्षा राजनीतिक विश्लेषकहरु पुगेका छन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राजदूत हुनेहरुको दौडधूप (11.11.2008)
सेना समायोजनको किचलोले अनिष्ट निम्तिने (11.11.2008)
सरकार सरुवा-बढुवामै व्यस्त (11.11.2008)
चितवन र पर्वत चक्काजाम मुक्त (11.10.2008)
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार (11.03.2008)
विखण्डनकारीहरु एकजुट हुँदै ः वार्ताका लागि अनेक शर्त (11.03.2008)
संविधान निर्माणमा 'हृवीप'को अड्को (11.03.2008)
उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा (10.20.2008)
१९५० को सन्धिको प्रत्यक्ष असरनेपाल कंगाल ः भारत मालामाल (10.20.2008)
सेना समायोजनको प्रक्रिया अझै सुरु भएन (10.20.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]