|
सहमतिको भकुण्डो सत्तापक्षको <
Tuesday, 05.18.2010, 08:08am
संविधान जारी गर्न १० दिन मात्र बाँकी छ । दलहरूमा सहमति र सहकार्यको अनिवार्यता घनीभूत भैरहँदा पनि आ-आफ्ना शर्त तेर्स्याउने हरकत रोकिएको छैन । प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादी एकपछि अर्को गर्दै लचकता अपनाउन तयार भएको घटनाक्रमहरूले देखाइरहेको छ । माओवादीले आहृवान गरेको अनिश्चितकालीन आम हड्तालबाट उत्पन्न भएको परिस्थिति र यसको नतिजाका विषयमा जेजस्ता बहस भए पनि आम जनमानसमा माओवादी सहमतिको बाधक नरहेको सन्देश पुगेको छ ।
|