काठमाडौं । महिलाहरु दिनभरि खेतबारीमा जोतिनुपर्ने तर पुरुषहरु भने दिनभरि नै जाँ८रक्सी तथा जुवातासमा भुल्ने गरेपछि डडेल्धुराका महिलाहरुले अब त्यस्तो गर्ने पुरुषलाई दण्ड तिर्नुपर्ने नियमम बनाएका छन् । अब पहिला जस्तै जाँडरक्सी सेवन गरेर जथाभावी गर्नेले यहाँ महिलाहरूलाई डण्ड तिर्नुपर्ने भएको छ । गाँउमा जाँडरक्सी सेवन र बिक्री वितरण गर्नेर्ले मात्र होइन जुवातास खेल्ने र खेलाउनेहरूले पनि अब अजयमेरु गाउँका महिलाहरूको डण्डको शिकार हुनुपर्नेछ ।
अजयमेरु गाविस हाटमा गठन गरिएका विभिन्न महिला समूहहरूले गाँउमा जाँडरक्सी र जुवातास नियन्त्रणका लागि अभियान सुरु गरेपछि गाउँमा सो कार्य गर्नेलाई उनीहरूले जरिबाना तोकेका छन् ।
महिलाहरूले तोकेको जरिबानाअनुसार मदिरा बेच्नेलाई एक हजार र मदिरा सेवन गर्ने तथा जुवातास खेल्नेलाई रु. ५०० जरिवाना गरिन्छ । "पहिला सम्झाउने बुझाउने गर्दछौं, यदि कसैले मान्दैन भने उसले जरिबानासँगै सामाजिक रूपमा माफी माग्नु पर्दछ"- अभियानकर्मी महिला नमुना सार्कीले बताइन् ।
महिलाहरूले हालैदेखि सुरु गरेको सो अभियानबाट गाउँमा जाँडरक्सी र जुवातासबाट हुने विकृतिमा निकै कमी आएको स्थानीय बासिन्दाले जनाएका छन् । जरिबानाबाट उठेको रकम समूहमा जम्मा गरी गाउँकै विकासमा खर्च गर्ने उनीहरूले जनाएका छन् ।
त्यसवाहेक महिलाले स्थानीयस्तरमा हुने झै-झगडा, घरेलु हिंसा र सामाजिक कलह पनि स्थानीयस्तरबाटै सामाधान गर्दै आएका छन् ।
कविताराम बालसाहित्य पर््रवर्द्धन सम्मान
काठमाडौं । बालसाहित्यकार तथा अनुसन्धानकर्ता प्रमोद प्रधानलाई कविताराम बालसाहित्य पर््रवर्द्धन अनुष्ठान, बालमञ्च नेपालले यस वर्षोे 'कविताराम बालसाहित्य पर््रवर्द्धन सम्मान' प्रदान गर्ने निर्ण्र्ाागरेको छ । 'नेपाली बालवाङ्मय परिचयकोश' जस्तो महत्वपर्ूण्ा अनुसन्धानात्मक कृति प्रकाशित गरे वापत उहाँलाई सो सम्मान दिने निर्ण्र्ाागरिएको बालमञ्च नेपालले जनाएको छ ।
मार्टिन चौतारीद्वारा २०६५ मा प्रकाशित ६०० पृष्ठको यस कोशमा एक हजार २८० कृतिहरूको परिचय समावेश छ । श्री प्रधानका तीन कवितासंग्रह, तीन बालकवितासंग्रह, सम्पादित पुस्तक आठ, समालोचनाका दर्ुइ र पत्रकारिताको एकसहित १९ पुस्तक प्रकाशित छन् ।
यस्तै सो संस्थाले यस वर्षो 'कविताराम बालसाहित्य पर््रवर्द्धन कदरपत्र' केटाकेटी न्यूज डट कम' अनलाइन बालखबरपत्रिका र 'कविताराम बालप्रतिभा पुरस्कार लण्डनका बाल कवयित्री प्रेरणा थापा र काठमाडौँ बुढानिलकण्ठका छात्र ओस्करकुमार सापकोटालाई प्रदान गर्ने निर्ण्र्ाापनि गरेको छ ।
'केटाकेटी न्यूज डट कम' नेपालको पहिलो बालखबरपत्रिका हो । यस खबरपत्रिकालाई ६२ देशका पाठकले डेढ करोड पल्ट खोलेर हेरिसकेका बालमञ्च नेपालले जानकारी दिएको छ ।
'कविताराम बालसाहित्य पर््रवर्द्धन सम्मान' यसअघि शान्तदास, डा. चूडामणि बन्धु, रमेश विकल, श्यामप्रसाद शर्मा, जनकप्रसाद हुमागाई, कृष्णप्रसाद पराजुली, देवकुमारी थापा, दर्ुगालाल श्रेष्ठ, भिक्टर प्रधान, विश्वम्भर चञ्चल र शारदा अधिकारी -ढकाल)ले प्राप्त गरिसक्नुभएको छ ।
सिडको प्रतिवेदन पठाउने अन्तिम तयारी
काठमाडौं । महिलामाथि हुने सबै प्रकारका भेद्भावविरुद्धको अन्तर्रर्ााट्रय महासन्धि -सिड)को चौैथो र पाचौँ प्रतिवेदन संयुक्त राष्ट्रसंघमा पठाउने अन्तिम तयारी भैरहेको समाचार छ ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले तयार पारेको सो प्रतिवेदनलाई अन्तिमरुप दिन मन्त्रिपरिषद्मा पठाइएको मन्त्रालयका उपसचिव ऋतुराज भण्डारीले बताउनुभयो । कानुन मन्त्रालयबाट स्वीकृत भई आइसकेका ती प्रतिवेदन मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संसदमा पुर्याइने र मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि संयुक्त राष्ट्रसंघमा पठाइने बताइएको छ ।
सन् १९९१ मा अनुमोदन गरेको सो महासन्धिलाई आधार बनाएर तयार गरिने प्रतिवेदन हरेक चार/चार वर्षा संयुक्त राष्ट्रसंघमा पुर्याउनर्ुपर्ने प्रावधान रहेको छ । तीनवटा प्रतिवेदन बुझाइसकेको नेपालले चौथो र पाँचौ प्रतिवेदन एकैसाथ पठाउन लागेको छ ।
यसरी पठाउन लागिएका प्रतिवेदनमा नेपालको संविधानका धारामा उल्लेख गरिएका महिलासन्धि विषयको जवाफ, नेपालले पठाएको अघिल्लो प्रतिवेदनमा संयुक्त राष्ट्रसंघबाट आएको आलोचना र बेइजिङ्ग कमिटीलाई आधार बनाएर नेपालमा गरिएका महिलाका कामको तर्फाट जवाफ दिनर्ुपर्ने भएकाले यिनै विषयलाई समेटेर प्रतिवेदन तयार पारिएको उपसचिव भण्डारीले बताउनुभयो ।
सन् २००८ को अन्तिम सम्ममा यी प्रतिवेदन पठाउनर्ुपर्ने हो तर मन्त्रालय, मन्त्रिपरिषद् र संसदमा समेत पुर्याउनर्ुपर्ने र यी निकायबाट समयमा छलफल र स्वीकृत नगरिदा समयमा बुझाउन नसकिएको बताइएको छ ।