Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:05pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 
लोपन्मुख अवस्थामा माटाको भाँडा व्यवसाय
मेघनाथ दाहाल

Tuesday, 05.05.2009, 10:51am (GMT+5.5)

काठमाडौं । भक्तपुरका प्रजापति जातिको पुर्खौली पेशाको रुपमा रहँदै आएको माटोको भाँडा बनाउने व्यवसाय विस्तारै लोप हुने अवस्थामा पुगेको छ । भाँडा बनाउने उपयुक्त माटोको अभावका साथै वर्तमान पुस्ताको असंलग्नताको कारण यो पेशा हराउँदै जाने देखिएको हो ।

माटोको अभाव, माटो ढुवानी खर्चको वृद्धि जस्ता कारणले गर्दा पनि अहिले माटो बनाउने काम धेरै कम हुन गएको छ । अर्कोतिर बजारमा सस्तो र हल्का किसिमका प्लाष्टिकका भाँडा सजिलै उपलब्ध हुने गर्दा पनि यस व्यावसायमा धेरै असर गरेको छ । प्लाष्टिकका भाँडा नफुट्ने एवं टिकाउ हुने कारणले गर्दा पनि माटोको भाँडा व्यवसायलाई प्रत्यक्ष वा अप्रयक्ष रुपमा नोक्सानी गरेको छ ।

भक्तपुरबाट नुवाकोटमा विक्रीका लागि माटोका भाँडा लिन आउने क्रममा नवाकोटका एक व्यापारीका अनुसा "माटोको भाँडाभन्दा प्लाष्टिकका भाँडा धेरै विक्छन् । पहिला माटोको भाँडा बढी बेच्ने गरेको भए पनि धेरै नोक्सानी हुने कारणले गर्दा अहिले प्लाष्टिकका भाडाँ पनि बेच्न सुरु गरेको उनले बताए । उनले माटाका घैटाभन्दा प्लाष्टिकका गाग्री बढी विक्ने गरेको पनि बताए । अहिले सेरामिक्स प्रविधिको विकासलेे गर्दा माटोका भाँडा व्यापारमा धेरै असर परेको उनको अनुभव छ ।

करिब ४० वर्षेखि माटोको भाँडा बनाउने व्यवसाय गर्दै आएका ६१ बषिर्य सिमबहादुर प्रजापति भन्छन्- "माटो पाइदैन फेरि पहिला जस्तो व्यापार पनि छैन प्लाष्टिकका भाँडाले बजार लियो । उनका अनुसार, सिन्चिटारको माटो राम्रो मानिन्थ्यो तर अहिले त्यहाँ टाउन प्लानिगरिएका कारणले गर्दा माटो ल्याउन पाइदैन ।" माटोको भाँडा बनाउन ४ देखि ५ दिन लाग्ने गर्छ । माटोको भाँडा तयार हुँदासम्म केही मात्रामा भाँडा नोक्सान भइसकेको हुन्छ । यति हुँदाहुँदै पनि उनी आफ्नो जीवनभरि यही व्यासाय गर्ने बताउँछन् ।

कम्युनिकेसन इन्जिनियरिङ्ग पढ्दै गरेका सिमबहादुरका छोरा कृष्णहरि प्रजाप्रति माटोको व्यवसाय पर्खौली पेशा भए पनि आफूले यो पेशा नगर्ने बताउँछन् । उनी अबका दिनमा यो पेशा पर्ूण्ारुपमा हराउँदै जाने बताउँछन् । परम्परागत मात्र नभएर यसमा नयाँ डिजाइन दिए मात्र यो व्यावसाय टिक्ने उनको धारणा छ । उनका अनुसार सेरामिक्स प्रविधिका भाँडाहरु चिल्ला र सप्fmा देखिन्छन् र यो विदेशमा पनि प्रयोगमा छ । यसको प्रतिस्पर्धामा जाने हो भने माटाको भाँडाले धेरै कुरामा प्रगति गर्नर्ुपर्छ । भक्तपुरकै अमृत प्रजापति आफ्ना हजरबुबा, बुबाले त्यही पेशा गर्दै आएको भए पनि आफूलाई भने व्यवसायबारे केही थाहा नभएको बताउँछन् ।

सेरामिक्स व्यवसायीहरुको पनि आफ्नै समस्या छन् । सेरामिक्स प्रविधिको व्यवसायमा सेतो माटो प्रयोग हुने र माटोको भाँडामा कालो माटो प्रयोग हने गरेको छ । कालो माटो विदेशबाट ल्याउन नपर्ने तर सेतो माटो चीनबाट ल्याइने गरिएको छ । सेरामिक्स प्रविधिबाट भाँडा बनाउँदा पर्याप्त मट्टतिेल र विद्युतको आवश्यक्ता पर्छ । हाल नेपालमा यी दुवै कुराको अभाव भएकाले यो व्यवसाय पनि धरासायी हुने अवस्थामा पुगेको देखिन्छ । १४ वर्षेखि यसै पेशामा संलग्न रहँदै आएका भक्तपुरका कृष्णकाजी प्रजापति भन्छन्- "सेरामिक्सका भाँडा बनाउँदा प्रशस्त तापको आवश्यकता पर्छ । त्यसका लागी न मट्टतिेल छ न विजुली । यस्तै हो भने ४-५ वर्षभित्रमा सेरामिक्स व्यवसाय पनि पुरै बन्द हुनेछ ।" व्यवसायीहरुका अनुसार राम्रो सेरामिक्सको सामान उत्पादन गर्न गुणस्तरयुक्त ग्लीजको आवश्यकक्ता पर्छ । ग्लीज भारतबाट ल्याउने गरिएको छ । भारतले अहिले गुणस्तरहीन ग्लीज पठाउने गरेकाले नेपाली सेरामिक्स सामानमा विदेशीको रुची घटेको व्यवसायीहरुको भनाइ छ । भारतबाट आउने गुणस्तरहीन ग्लीजले गर्दा सेरामिक्सका सामानहरु बनाउँदा गुणस्तर नहुने र प्रयोग गर्दा यसमा धेरै डिफेक्ट देखिने जस्तै दाग लाग्ने, चिया पिउँदा अप्ठेरो हुने गरेको कृष्णकाजी प्रजापति बताउँछन् । नेपालमा यसले गर्दा पनि नेपाली सेरामिक्सका सामानहरु नेपाली होटलहरुमा प्रयोग गरिदैनन् । त्यसैले माटाको भाँडाको व्यवसायलाई पर््रवर्द्धन गर्ने हो भने बेलैमा सरकारको यसतर्फध्यान जानुु जरुरी छ व्यवसायीहरु ब्ाताउँछन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
दलित महिलाले दबाब दिने (05.05.2009)
कल्लीकुमारीले अझै न्याय पाइनन् (04.28.2009)
ढुवानीको प्रभावकारी माध्यम रोप-वे सञ्चालनमा ध्यान पुगेन (04.21.2009)
सिवाकोटीको "इष्टमित्र"ले (04.14.2009)
ऐन कार्यान्वयन नहुँदा जनस्वास (04.14.2009)
इतिहास बोक्ने न्ाारायणहिटीमा दर्शकको घुइँचोकामना तुलाधर (04.07.2009)
लोडसेडिङमा पनि गाउँ नै झलमल- मेघनाथ दाहाल (04.07.2009)
आक्रोशको शिकार बनिरहेका स्वास्थ्य संस्था (03.31.2009)
म गायक होइन- गवैया हुँ - ग्ाायक सनुप पौडेल (03.24.2009)
सयौं नेपाली घर फर्किए (03.24.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा

© Neeraz.Com 2007
[Top Page]