Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 04:22am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 
मेनन्को कौतुहलमय भ्रमण
Saturday, 09.29.2007, 08:39am (GMT+5.5)

काठमाडौं । भारतका विदेशसचिव शिवशंकर मेनन् नेपालको दर्ुइ दिने भ्रमण पूरा गरी गत आइतबार नै दिल्ली फर्किसक्नुभएको छ । नेपालका लागि भारतीय राजदूत शिवशंकर मुखर्जीकै शैलीमा मंसिर ६ गते जसरी पनि संविधानसभा निर्वाचन गराउनैपर्ने परामर्श दिएर स्वदेश र्फकनुभएका विदेश सचिव मेनन्को भ्रमण राजदूत मुखर्जीको रिपोर्टिङमा मात्र भर नपरी आफैंले नेपालको स्थिति बुझ्न लक्षित रहेको बताइन्छ । उहाँले दर्ुइ दिनको भ्रमण अवधिमा राजनीतिक नेताहरुसँगको परामर्श र छलफललाई निरन्तरता दिएको बताउनुभएको छ भने सबै दलका नेताहरु संविधानसभाको निर्वाचनका लागि प्रतिवद्ध रहेको इच्छित सन्देश लिएर उहाँ र्फकनु भएको छ । उहाँको कौतुहलमय भ्रमणको सबै पाटो भने खुल्न बाँकी नै छ ।

विदेश सचिव मेनन्ले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सभामुख सुवास नेम्वाङ, शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेल, गृहमन्त्री कृष्ण प्रसाद सिटौला, एमाले महासचिव माधव कुमार नेपाल, कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टर्राई, राप्रपा अध्यक्ष पशुपति शमशेर राणा, जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ूयबहादुर थापादेखि लिएर प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेल र केही मधेशी नेताहरुसँग पनि भेटवार्ता गर्नुभएको समाचार प्रकाशमा आएको छ ।

सत्ता गठबन्धनमा सामेल राजनीतिक दलकै नेताहरुले 'भारतले चाहे मात्र संविधानसभा चुनाव हुनसक्ने' प्रतिक्रिया दिइरहेको बेला विदेश सचिव मेनन्को भ्रमण अर्थपर्ूण्ा रहेको मानिन्छ । वर्तमान सरकारको नीति निर्देशनमा मात्र होइन दलहरुकै आन्तरिक निर्ण्र्ााा समेत प्रभाव पार्न सक्ने हैसियत पर््रदर्शन गर्दै आएको भारतले यो अवस्थामा सक्रिय रहेका भारतीय राजदूत शिवशंकर मुखर्जीले आफ्नो सारा प्रयास र नेपालस्थित भारतीय मित्रहरु, बुद्धिजीवीमा दरिएका विश्लेषकहरु लगायत अन्य मित्रराष्ट्रका गुमास्ता एवं कुटनीतिज्ञहरु प्रयोग गर्दा पनि नेपालको राजनीतिक अवस्थालाई भारतीय नीति अनुरुप सफल पार्न नसकेकै कारणबाट राजनीतिक सम्वादकै निम्ति राजदूतभन्दा विशेष कुटनीतिक गतिविधि संचालन गर्न विदेश सचिव मेनन् काठमाडौं आइ राजनीतिक नेताहरुसंग परामर्श र छलफलमा जुट्नु भएको कुटनीतिक सूत्रहरुको भनाइ छ । उहाँको भ्रमणले भारत र नेपालका नेताहरुबीच पुनर्विश्वासको स्थिति कति परिमाणमा सिर्जना गर्‍यो, यसको परिणाम तत्काल के देखापर्ने हो र राजनीतिले नयाँ मोड कसरी लिने हो भन्ने बारे तीव्र जिज्ञाशा जागृत भैरहेको छ । आफ्नो प्रस्ताव र राजनीतिक दृष्टिकोण अनुसार राजनीतिक नेताहरुलाई विश्वासमा लिएर भारतले कस्तो राजनीतिक दिशानिर्देश गर्न खोजेको हो भन्ने प्रश्न सामाजिक बहसकै विषय बने पनि यी सबै प्रकरणमा नेपाली जनता अथवा नेपाल राष्ट्रको चीरकालीन हितका निम्ति यो प्रयास भएको हो त भन्ने प्रश्नले पनि उत्तर खोजिरहेछ ।

भारत नेपालको सदियौंदेखिको मित्र हो र सधैंको हितचिन्तक हो भनिए पनि अहिले राजनीतिक क्षेत्रमा जति समस्या पैदा भएका छन्, ती सबै समस्याको जटिलताको निम्ति भारत नै जिम्मेवार छ भन्ने तर्क र विचार पनि विश्लेषकहरुले वर्षौंदेखि राख्दै आएका छन् । अहिले पनि भारतको सक्रियता जति बढ्दै गएको छ- जटिलता र आन्तरिक संकट उत्तिकै घनीभूत भएर नेपालको अस्तित्वमाथि नै गंभीर संकट पैदा भएको महसुस हुनथालेको छ । विडम्बनापर्ूण्ा यो स्थितिको अन्य कसरी - यो ज्वलन्त प्रश्न उठिरहेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
नेपाली धनी भएकै हुन् त ? (09.29.2007)
चीन तेल दिन तयार (09.29.2007)
गोलमेच फेरि स्थगित (09.29.2007)
बाबु-छोरीको अलग बाटो (09.29.2007)
सत्य निरुपण तथा मेलमिलाप आयोगनाम जस्तै काम गर्न सक्षम होला ? (09.29.2007)
तात्दैछन् तर्राईका टाउकेहरु (09.29.2007)
सरकार गैरजिम्मेदार (09.29.2007)
कांग्रेस एकतामा मुखर्जीको जोड (09.29.2007)
भदौं ३० देखि चीन महोत्सव (09.29.2007)
शिक्षा दिवस ः गडवडी दिवसमा परिणत (09.29.2007)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]