Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 02:08am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 
नेपालीको शान प्रशान्त तामाङ
Saturday, 09.29.2007, 08:42am (GMT+5.5)

काठमाडौं । लामो समयको प्रतीक्षापछि नेपाली मूलका प्रशान्त तामाङ भारतको र्सवाधिक ठूलो सांगीतिक प्रतिभाको खोजी गर्ने कार्यक्रम 'इन्डियन आइडल' तेस्रोको ताज पहिरिन सफल भएका छन् ।

गत आइतबार मध्यरातमा भएको अन्तिम प्रतिस्पर्धामा उनले निकटतम प्रतिद्वन्द्वी अमित पाललाई उछिन्दै ताज पहिरिन सफल भएका हुन् । भारतीय टेलिभिजन च्यानले 'सोनी' बाट विगत ६ महिनादेखि सुरु गरिएको 'इन्डियन आइडल'को उपाधीसंगै तामाङलाई एक करोड भारतीय रुपैयाँ र एक कार पुरस्कार स्वरुप प्रदान गरिएको छ ।

आइतबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा कुल प्राप्त सात करोड एसएमएस भोटमध्ये प्राशान्तले बढी भोट प्राप्त गरेका थिए । उनलाई बलिउडका प्रसिद्ध अभिनेता जोन अब्राहमले विजेता घोषित गरेपछि उनकी आमाले उनलाई खादा र ढाका टोपी पहिराएर पहिलो ताजसहित आशर्ीवाद दिएकी थिइन् । विजेता घोषित भएपछि प्रशान्तले सबैभन्दा पहिले जन्मदिने आमाको महिमालाई प्रकाश पार्दै आफूलाई विजय गराउन भोट दिने भारत तथा नेपालका सबै जनतालाई धन्यवाद दिएका थिए ।

दार्जलिङका २४ वषर्ीय प्रशान्त तामाङ पश्चिम बंगाल प्रहरीमा सेवारत छन् । नेपाली मूलका उनले ताज पहिरिनुअघि उनकी आमाले लगाइदिएको ढाका टोपीले भारतीय संगीत क्षेत्रको उच्च मूल्यांकनमा नेपाली राष्ट्रियताको उजागर गरेको थियो । नतिजा र्सार्वजनिक हुनुअघिको सांगीतिक शोमा उनले नेपालीत्व झल्कने गीत गाएर सम्पर्ूण्ा नेपालीपनको परिचय दिएका थिए ।

प्रशान्तलाई विजयी गराउन भारतीय जनताको मात्र नभै नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुको उल्लेख्य भूमिका रह्यो । पर्ूर्वी नेपाल तथा राजधानीबाट समेत उनलाई भोट दिन दार्जलिङ जाने नेपालीको संख्या ठूलो थियो । त्यहाँ जान नसक्नेहरुले विभिन्न कार्यक्रम गरी उनलाई भोट दिन रकम संकलन गरेर पठाएका थिए ।

नेपाली मूलका प्रशान्त भारतको करोडौं जनताका बीचबाट संगीत क्षेत्रको उचाईमा पुग्नु नेपाली जातिका लागि ऐतिहासिक क्षण बन्न पुग्यो । प्रतिस्पर्धाको क्षण उनले व्यक्त गर्ने नेपालीपनको भावना र नेपाली भाषामै गरेको कुराकानीले नेपालीलाई उनीप्रति आकषिर्त गरेको थियो । भारतमा अल्पमतमा रहेको नेपाली भाषीलाई प्रशान्तको यो उचाईले आफ्नो स्वाभिमान बढाउन ऊर्जा थपेको छ ।

प्रतिस्पर्धाका क्षणमा कैयौं पटक निर्ण्ाायकहरुबाट चर्को आलोचना खेपेका प्रशान्त नेपाली गायक उदित नारायण झाको प्रेरणा र र्समर्थनले यहाँसम्म आइपुगेका हुन् । उनको गायकीको प्रतिक्रिया व्यक्त गर्ने क्रममा झाले नेपाली भाषामा दिएको निर्देशनले प्रशान्तलाई उचाइ चुम्न मद्दत गरेको थियो । प्रतियोगिताको निर्ण्ाायकहरुमा झासहित जावेद अख्तर, अनु मल्लिक र आलीशा चिनाया रहेका थिए ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
मेनन्को कौतुहलमय भ्रमण (09.29.2007)
सुनुवाई कि यातनागृह ? (09.29.2007)
नेपाली धनी भएकै हुन् त ? (09.29.2007)
चीन तेल दिन तयार (09.29.2007)
गोलमेच फेरि स्थगित (09.29.2007)
बाबु-छोरीको अलग बाटो (09.29.2007)
सरकार गैरजिम्मेदार (09.29.2007)
तात्दैछन् तर्राईका टाउकेहरु (09.29.2007)
सत्य निरुपण तथा मेलमिलाप आयोगनाम जस्तै काम गर्न सक्षम होला ? (09.29.2007)
भदौं ३० देखि चीन महोत्सव (09.29.2007)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]