Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:54am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 

धार्मिक सद्भावमा क्रुर प्रहार


Tuesday, 05.26.2009, 09:17am (GMT+5.5)

काठमाडौं । मुलुकमा विद्यमान रहेको धार्मिक सहिष्णुतामा खलल् पार्दै धार्मिक हिंसा भड्काउने सुनियोजित षड्यन्त्र हुन थालेको छ । गत शनिवार ललितपुरको धोवीघाटस्थित एजम्सन गिर्जाघरमा भएको बम बिस्फोटनको घटनाले यसै कुरालाई पुष्टि गरेको छ । एजम्सन गिर्जाघरमा बिहान पर््रार्थनाका लागि भक्तजनहरु उपस्थित भएको बेलामा प्रेसर कुकर बम बिस्फोट भएको थियो । बिस्फोटबाट २ जनाको ज्यान गयो भने १२ जना घाइते भएका छन् ।

घटना विवरण अनुसार पर््रार्थनासभा सुरु भएको १५ मिनेटपछि बम बिस्फोट भएको थियो । देशभरकै शान्ति सुरक्षा प्रभावकारी नभैरहेको समयमा एकाविहानै धार्मिकस्थलमा भएको बिस्फोटको घटनाले राजधानीबासीमा थय त्रास उत्पन्न भएको छ । घटनास्थल वरपर 'नेपाल डिफेन्स आर्मी' नामक संगठनको पर्चा भेटिएकाले बम बिस्फोटन सोही समूहले गराएको अनुमान प्रहरीले गरेको छ । बिस्फोटमा एक महिला संलग्न रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पर््रार्थनासभामा सहभागी एक महिलाले हाते झोला छाडेर शौचालय जान्छु भन्दै बाहिरिएपछि बम बिस्फोट भएको थियो ।

गैंडा मार्ने क्रम रोकिएन ः संरक्षणका लागि विद्यार्थीहरुको अभियान

काठमाडौं । विश्वमै दर्ुलभ मानिएको एकसिंगे गैंडाको प्रमुख वासस्थान मानिएको चिनवत राष्ट्रिय निकुञ्जमा चोरी शिकारीका कारण गैंडा मार्ने क्रम अझै रोकिएको छैन । हालै मात्र निकुञ्जको तमोरताल क्षेत्रमा एउटा गर्भिणी गैंडा मारिएको समाचार छ । विगत एक वर्षा चिवनमा चोरी किशारीहरुले १४ वटा गैंडा मारिसकेका छन् । गैंडाको चोरी शिकारी बढ्न थालेपछि यसको यकिन संख्या पत्ता लगाउने र संरक्षण गर्ने अभियान पनि चलिरहेको छ । हालै गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चा सय ८ वटा गैंडा रहेका छन् ।

यसैबीच मुलुकको प्रतिष्ठा र जैविक विविधताको महत्वपर्ूण्ा पक्ष मानिएको दर्ुलभ वन्यजन्तु एक सिङ्गे गैँडा जोगाउन चितवनका विर्द्यार्थर्ीहरू सक्रिय भएका छन् । चोरी शिकार बढ्दै गएपछि विद्यार्थीहरुले अभियान नै चलाउने निर्ण्र्ाागरेका हुन् ।

एक सिङ्गे गैँडा, पाटे बाघ लगायत संरक्षित वन्यजन्तु जोगाउन चितवन जिल्लाका ५५ वटा सरकारी विद्यालयका विद्यार्थीहरू ग्रीन क्लब नै गठन गरेर लागिपरेका छन् । उनीहरूले हालै मात्र चितवनका विभिन्न पाँच ठाउँमा साङ्ले जुलुस नै पर््रदर्शन गरेर जनतालाई सचेत समेत गराएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जभित्र चोरी शिकारीहरू छिर्न बन्देज गरिएको सन्देश स्वरूप साङ्ले जुलुस निकालिएको संरक्षणकर्मी पुष्प मरहठ्ठा बताउनुहुन्छ । फरक फरक ठाउँमा निकालिएको जुलुसमा झण्डै दर्ुइ हजार विद्यार्थीको सहभागिता रहेको थियो । उनीहरूले निकुञ्जलाई घेरेर जुलुस निकालेका थिए । उनीहरूले चितवनको भण्डारा, वछौली, उरमपुर, गीतानगर, भरतपुरलगायतका क्षेत्रका पर््रदर्शन गरेका थिए ।

सो क्रममा विद्यार्थीहरूले संरक्षण सम्बन्धी लेखिएका विभिन्न प्लेकार्डसमेत पर््रदर्शन गरेका थिए । 'बाघ गैँडा संरक्षण गरौँ, चोरी शिकार नियन्त्रण गरौँ,' 'नयाँ मान्छेलाई सोधपुछ गरौँ' भन्ने नारा सो क्रममा लगाइएको थियो । कार्यक्रम वातावरण संरक्षण शिक्षक मञ्चको अगुवाईमा भएको थियो ।

महिला संघमा सिलाई कर्टाई तालिम

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघ हल्चोक स्वयम्भुमा संचालित छैटौं समूहको सिलाई कर्टाई तालिम सम्पन्न भएको छ । तालिम समापन अवसरमा संघकी अध्यक्ष श्रीमती रत्ना बस्नेतले तालिमका सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो भने तालिमका प्रशिक्षकहरुलाई समेत प्रसंसापत्र प्रदान गर्नुभयो ।

त्यस अवसरमा संघकी अध्यक्ष श्रीमती रत्ना बस्नेतले स्थापना कालदेखि नै संघले सशस्त्र प्रहरी कर्मचारीका परिवारको लागि आयमुलक, सीपमुलक, रोजगारमुलक एवं सीप विकास कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्दै आइरहेको उल्लेख गर्नुहँुदै संघले आगामी दिनहरुमा समेत यस्ता प्रशिक्षण संचालन गरिरहने बताउनुभयो ।

उहाँले संघको विकासमा पर्ूव अध्यक्षहरु श्रीमती शान्ति वली, श्रीमती कल्पना थापा र स्व. नुडुप श्रेष्ठको योगदानको स्मरण गर्नुहुँदै उहाँहरुको अध्यक्षतामा सामूहिक भावनाका साथ समाज सेवाको क्षेत्रमा योगदान पुर्‍याएको संघले आगामी दिनमा पर्ूवजको प्रयासलाई निरन्तरता दिदै नविन कार्यक्रम संचालन गर्दै समाजसेवाको क्षेत्रमा क्रियाशिल रहने बताउनुभयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका नायव कार्यकारी निर्देशक भरतबहादुर बस्नेतले संघसँग मिलेर संचालन गरिएको यस्ता प्रशिक्षणलाई निरन्तरता दिइने बताउनुभयो ।

संघकी सल्लाकार सदस्य श्रीमती निना विष्टले धन्यवाद ज्ञापनको क्रममा प्रशिक्षार्थीहरुले तालिममा सिकेको सीपलाई व्यवहारमा उपयोग गरेर संघको प्रयासलाई र्सार्थक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रारम्भमा संघकी सदस्य सचिव श्रीमती कल्पना के.सी.ले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहँुदै प्रशिक्षार्थीहरु विभिन्न खालका लुगा सिलाउन दक्ष रहेको उल्लेख गर्नुभयो ।

६ महिना अवधिको उक्त तालिम सशस्त्र प्रहरी परिवार महिला संघ र घरेलु तथा साना उद्योग विकास समिति त्रिपुरेश्वर काठमाडौंको संयुक्त तत्ववधानमा संचालन गरिएको थियो ।

गत मंसिर २ गतेबाट संचालन भएको उक्त तालिममा वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीका धर्मपत्नी तथा जुनियर अधिकृत, विल्लादार, जवान र परिचरका श्रीमती गरी कुल २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

 


Comments (0)        Print        Tell friend        Top


Other Articles:
गेसोको केन्द्रीय नेतृत्वविरुद्ध उजुरी (05.19.2009)
चार वर्षछिको दी (05.12.2009)
विद्यार्थी कुटिए (05.12.2009)
लोपन्मुख अवस्थामा माटाको भाँडा व्यवसायमेघनाथ दाहाल (05.05.2009)
दलित महिलाले दबाब दिने (05.05.2009)
कल्लीकुमारीले अझै न्याय पाइनन् (04.28.2009)
ढुवानीको प्रभावकारी माध्यम रोप-वे सञ्चालनमा ध्यान पुगेन (04.21.2009)
सिवाकोटीको "इष्टमित्र"ले (04.14.2009)
ऐन कार्यान्वयन नहुँदा जनस्वास (04.14.2009)
इतिहास बोक्ने न्ाारायणहिटीमा दर्शकको घुइँचोकामना तुलाधर (04.07.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा

© Neeraz.Com 2007
[Top Page]