काठमाडौं । नेपालको आन्तरिक राजनीति जवजव संकटमा पर्छ तवतव सीमा मिचिने क्रमले गति लिने गर्दछ । नेपाल र भारतबीचको झण्डै १८ सय किलोमिटर लामो सीमामा कति ठाउँमा मिचिए त्यसको आधिकारिक तथ्यांक वारे सरकार नै वेखवर छ । तर यी सवैमा सुस्ता अत्यधिक चर्चामा रहेको छ । भारतले केही समयअघि सुस्ता र कालापानीको मुद्दा छिनोफानो लगाउने भनेर सहमति कायम गरेको भए पनि त्यसमा कुनै सुनुवाई भएको छैन । अझ नेपालको राजनीतिमा अस्थिरताको जन्म हुनासाथ सुस्तामा सीमा मिचिने क्रमले गति पाइहाल्छ ।
सुस्ताको सीमामा भारतीय सीमा सुरक्षाबलको सहयोगमा बिहारीहरुले नेपालीको खेतबारी खनजोत गर्न थालेको समाचारले हाम्रो राजनीतिक अस्थिरता र भारतीयहरुको चाहनाको तालमेललाई स्पष्ट पारेको छ ।
भदौ २८ गतेदेखि भारतीय बिहारीहरुले सुस्ता गाउँको करिब पाँच सय बिघाभन्दा बढी जमिन पुनः अतिक्रमण गरेपछि सुस्तावासी समस्यामा परेका छन् ।
सुस्ता बचाउ समितिका अध्यक्ष गोपाल गुरुङका अनुसार तीन दिनमा उनीहरु भारतीय सुरक्षा निकाय -एसएसबी फोर्स) को आडमा नेपाली जमिन अतिक्रमण गरी सुस्तामा रहेको नेपाली प्रहरी बिटसम्म आइसकेका छन् ।
२०६३ मङ्सिर १४ गते नेपाल भारतबीच भएको सम्झौताअनुसार सुस्तामा दुवै देशबीच विवाद बढेको सुस्ताको नेपाली जग्गामा नेपाल भारत दुवै पक्षले हस्तक्षेप नगर्ने सहमति भए पनि भारतीय पक्षले अतिक्रमण गर्दा पनि नेपाल सरकार मौन रहेकोले सुस्तावासी थप चपेटामा परेको अध्यक्ष गुरुङको भनाइ छ ।
यसैबीच गत शनिबार त्रिवेणीमा भएको दर्ुइ देशका सुरक्षा अधिकारीहरुको बैठकमा अतिक्रमण बन्द गर्ने सहमति भएको बताइएको छ । २०६२ को सहमति अनुसार भारतीय पक्ष सुरुको यथास्थानमा रहने र सीमा सुरक्षाका लागि गस्ती गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सहमति जति नै भए पनि त्यसको पालना गर्न उत्सुक नहुने भारतीय पक्षको हेपाहा नीतिले नेपाली भूमि अतिक्रमण हुने क्रम रोकिएको छैन ।
भारतीय विदेशसचिवको नेपाल आगमनसंगै माओवादीले सरकार छोडेर आन्दोलनको घोषणा गर्नु, रुपन्देही र कपिलवस्तुमा नरसंहार मच्चिनु र सुस्तामा सीमा अतिक्रमण हुनु संयोग मात्रै हो कि यसभित्र अरु पनि रहस्य छ - यी घटनाहरु नियोजित रुपमा भैरहेका त छैनन् - अनेक प्रश्न उठिरहेका छन् । भारतकै आशर्ीवाद र आड भरोसामा सत्तामा टिकेका नेताहरु राष्ट्रियताको सवालमा यति कमजोर हुनु नेपाल र नेपाली जनताका लागि विडम्वना नै हो । तुलनात्मक रुपमा यसअघिका कुनै पनि सरकारभन्दा अहिलेको सरकार स्वरुपमा शक्तिशाली देखिए पनि यो जस्तो निरीह र अकर्मण्य सरकार इतिहासमै कुनै थिएन भन्ने टिप्पणी आठ दलकै गठबन्धनबाट आइरहेको छ । राष्ट्रिय अखण्डता, राष्ट्रिय र्सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्न नसक्ने सरकारले कसरी नेपाली जनतालाई र्सवशक्तिमान बनाउने हो - यस्ता प्रश्न गठबन्धनबाटै उठिरहेका छन् ।
मुलुकको राष्ट्रिय राजनीतिमा सडकमा उठ्ने अत्यधिक प्राथमिकताको विषय राष्ट्रियतासंग सम्बन्धित हुन्छ । तर, त्यही राष्ट्रियता खतरामा पर्दा मूलधारका ठूला राजनीतिक दलका ठूला नेतादेखि सरकारसम्म चुँइक्क गर्न पनि सक्दैनन् । यसको वास्तविकता आमनेपालीले बुझेका छन् । नेपालको राजनीतिलाई सधैं अस्थिर बनाउने र सवै पक्षलाई खेलाइराख्ने बानी परेको भारतले कहिले कसलाई त कहिले कसलाई खेलाएर यहाँका प्राकृतिक स्रोतसाधनमाथि एकाधिकार जमाउने प्रयत्न जारी राखेको छ । अझ लोकतन्त्रको नारा लागेपछि त भारतको सक्रियताले सिक्किम विलयको घटनालालाई समेत नेपालीहरु सम्भि