त्रिविलाई बौरिने मौका
Saturday, 09.29.2007, 08:45am (GMT+5.5)
काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. र्सर्ूयलाल अमात्य र रजिष्टार डा. भीमराज अधिकारीलाई काम गर्न पाउने आदेश दिएको छ । उहाँहरु दुबैको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा केही प्राध्यापकहरुले राजनीतिक पर्ूवाग्रह राखी नियुक्ति बदरको माग राख्दै मुद्दा हालेका थिए । मुद्दाको अन्तिम किनारा लाग्न बाँकी नै भए पनि शिक्षाध्यक्ष र रजिष्टारले काम गर्न पाउने आदेश अदालतले दिएको छ । अदालतको यो आदेशपछि पदाधिकारीहरुको अभावमा महत्वपर्ूण्ा एवं नीतिगत निर्ण्र्ााहुननसक्दा पक्षघातको स्थितिमा पुगेको त्रिभुवन विश्वविद्यालय अब भने बौरिने भएको छ ।
|