रामदेवको रौनक
Saturday, 09.29.2007, 08:45am (GMT+5.5)
काठमाडौं । विश्वविख्यात भारतीय योगगुरु स्वामी रामदेवको राजधानीमा आयोजित योग शिविर जनआकर्षाको केन्द्र बनेको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको योग शिविरमा हजारौं नेपाली सहभागी भएका छन । स्वतन्त्र स्वास्थ्यका लागि योग आन्दोलनलाई विश्वभर फैलाउन स्वामी रामदेवको विशिष्ट योगदान रहेको छ । ५ सयदेखि १५सयसम्म शुल्क राखिएको योग शिविरमा १५ हजारभन्दा बढीको सहभागिता रहेको छ भने घरघरमा पनि टेलिभिजन स्क्रीन अगाडि बसेर योगाभ्यास गर्ने धुन पनि उत्तिकै चलेको छ । असोज ५ गते सुरु हुने भनिएको योग शिविर पहिलो दिन सुरक्षाको कारण देखाइ स्थगित गरिएपछि हतप्रभ भएका योगपे्रमीहरु दोस्रो दिनदेखि कार्यक्रम प्रारम्भ भएकोले उत्साहित भएका छन् । अहिले राजधानीमा स्वामी रामदेवको रौनक छाएको छ ।
|