Yugasambad.Com.Np
National Weekly
 
Thursday, 03.11.2010, 09:30am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
समय सीमाभित्र संविधान नबने के होला ? ; संवैधानिक संकट खडा गर्ने ; राप्रपा नेपालको उपत्यका बन्द ; राष्ट्रपतिको भारत भ्रमणबारे व्यापक ; सञ्चारकर्मी जमीम शाहको हत्याल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 

विश्व शरणार्थी
Tuesday, 06.23.2009, 09:54am (GMT+5.5)

काठमाडौं अनेक बहानामा आफ्नो मुलुकबाट निकालिएका वा पलायन हुन वाध्य भएर अर्को मुलुकमा शरण लिइरहेका मानिसलाई शरणार्थी भनिन्छ यस्ता शरणार्थीहरु बहुसंख्यक राजनीतिक पीडित हुने गरेका छन् नेपाल पनि विगत १८ वर्षेखि भुटानी शरणार्थीको बोझले थिचिएको भुटान सरकारले झण्डै एक लाख नेपाली भाषी भुटानीलाई देश निकाला गरेपछि उनीहरु अहिले नेपालको झापा मोरङका शिविरहरुमा शरणार्थी जीवन बिताइरहेका छन् भने झण्डै १६ हजार शरणार्थी तेस्रो मुलुक प्रस्थान गरेका छन्

यसैबीच आफ्नो मुलुकबाट लखेटिएका वा आफ्नै देशमा विस्थापित भएका व्यक्तिहरूका लागि विगत वर्षmैँ यसपटक पनि विश्वभर शरणार्थी दिवस मनाइयो यो दिवसका क्रममा भुटानी शरणार्थीहरुले झापा मोरङका सातवटा शिविरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको थिए

भुटानमा प्रजातन्त्रको माग गर्दै भुटानी नागरिकहरूले विरोधका कार्यक्रमहरू थालेपछि त्यहाँको सरकारले सन् १९९० मा नेपालीमूलका एक लाखभन्दा बढी आफ्ना नागरिकलाई मुलुकबाट भारतको बाटो भई नेपालको पर्ूर्वी नाका काँकडभिट्टामा ल्याएर छाडेको थियो

संयुक्त राष्ट्रसंघ अन्तरगत युएनसिएचआरको तत्वधानमा युनिसेफ, कारिटास, डब्ल्युएफओ, डब्ल्युुएसओलगायतका दातृ निकायहरूले शरणार्थीहरूको रेखदेख लगायतका काममा जुटेका छन्

मुलुकबाट लखेटिएका उनीहरूलाई सामान्य सहयोगबाट पारिवारिक जीवन धान्न धौ-धौ पर्न थालेपछि उनीहरू झापा मोरङ इलाममा कतिपयले विभिन्न दैनिक मजदुरी गरी जीवनयापन गरिरहेका छन् सानो छाप्रोमा बसेका शरणार्थीहरूको परिवार बढ्न थालेपछि झन् समस्या थपिंदै गइरहेको

नेपालको पर्ूर्वी जिल्ला मोरङ झापाका सातवटा शिविरमा भुटानबाट लखेटिएका नेपालीमूलका भुटानी नागरिकको पीडा कहालिलाग्दो

बालबालिकाहरूमा कुपोषणको समस्या, उचित शिक्षादीक्षा, शैक्षिक वातावरणको अभाव, शरणार्थीहरूका युवाहरूमा बढ्दै गइरहेको कुलत, आपराधिक मनोवृत्तिलगायतका समस्याले शरणार्थीहरूमा नैराश्यता बढ्दै गइरहेको

विश्वमा शरणार्थी समस्या विकरालरुपमा बढ्दै गइरहेको यो समस्यालाई समाधान गर्न सकिएन भने दिन प्रतिदिन भयावहस्थिति सिर्जना हुन सक्छ

विश्वमा अहिले चार करोड २० लाख शरणार्थी रहेका छन् युएनसिएचआरको वाषिर्क 'ग्लोबल टे्रन्ड्स' प्रतिवेदनअनुसार एक करोड ६० लाख शरणार्थी त्यसको हैसियत खोज्ने मानिस छन् भने दर्ुइ करोड ६० लाख आफ्नै देश छोड्नु परेका आन्तरिक विस्थापित छन्

नेपालमा शरणार्थीहरुको आगमन भने सन् १९६० मा बर्माबाट नेपालीमूलका बर्मेलीहरूलाई तत्कालीन बर्मेली सरकारले लखेटेपछि सुरु भएको देखिन्छ त्यसपछि तिब्बतबाट लखेटिएकाहरूलाई नेपालले शरण दियो

यसैबीच विश्व शरणार्थी दिवसका अवसरमा राष्ट्रसंघीय शरणार्थी उच्च आयोगले झापा मोरङका सातवटा भुटानी शरणार्थी शिविरका ९० वर्षमाथिका ६९ जना वृद्धवृद्धालाई शुक्रबार आयोजित कार्यक्रममा सम्मान गरेको

दमकको बेलडाँगी- शिविरमा आयोजित सम्मान कार्यक्रममा वक्ताहरूले शरणार्थीको नाममा दिवस मात्रै नमनाई उनीहरुको उचित व्यवस्थापनका लागि सम्बन्धित सबैको ध्यान जानुृपर्नेमा जोड दिनुभयो

कार्यक्रममा शिविर सचिव टिपि गुरुङ, आइओएमका प्रमुख डेभिड थ्रेडिक, युएनएचसीआर दमकी प्रमुख रैनावतीलगायतले सो दिवसका महत्वबारे बोल्नुभएको थियो


Comments (0)        Print        Tell friend        Top


Other Articles:
रुसमा साताव्यापी साहित्यिक कार्यक्रम (06.16.2009)
बाढीपीडित अझै जङ्गलमा (06.09.2009)
के शनिवार विद्यार्थी विद्यार्थी हुँदैन र ? (06.09.2009)
आन्दोलनको विकल्प छैन ः गण्डक पीडित (06.02.2009)
धार्मिक सद्भावमा क्रुर प्रहार (05.26.2009)
गेसोको केन्द्रीय नेतृत्वविरुद्ध उजुरी (05.19.2009)
चार वर्षछिको दी (05.12.2009)
विद्यार्थी कुटिए (05.12.2009)
लोपन्मुख अवस्थामा माटाको भाँडा व्यवसायमेघनाथ दाहाल (05.05.2009)
दलित महिलाले दबाब दिने (05.05.2009)



 
  ::| Events
March 2010  
Su Mo Tu We Th Fr Sa
  1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31      
 
::| Hot News
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा

© Neeraz.Com 2007
[Top Page]