Yugasambad.Com.Np

राज्यको पुनःसंरचना <
Tuesday, 06.23.2009, 09:55am (GMT5.5)

कञ्चनपुर राज्यको पुनःसंरचनाका विषयमा अनेक बहस माग भैरहेका बेला थारुहरुको ऐतिहासिक पृष्ठभूमिका आधारमा राज्यको पुनःसंरचना गरिनुपर्ने माग गरिएको सहभागितामूलक संविधान निर्माण कार्यक्रम अर्न्तर्गत जिल्लास्तरीय घोषणापत्र र्सार्वजनिक गर्न हालै महेन्द्रनगरमा आयोजित कार्यक्रममा थारु अगुवाहरुले राज्यको हरेक क्षेत्रमा थारुका मुद्दा समावेश गर्न माग गर्नुभयो

थारु वुद्धिजीवी बलबहादुर डगौराले परम्परागत सीप, उपचारपद्धतिलाई आधारमानी योग्यता निर्धारण गर्न नयाँ बन्ने संविधानमा व्यवस्था गर्नु पर्नेमा जोड दिनुभयो

थारु वुद्धिजीवी रोसन चौधरीले थारु समुदायको सम्पत्ति जमिन मात्र भएकाले जमिन खरिद विक्री गर्दा थारुसँग आवद्ध सङ्घसंस्थाको सिफारिसमा हुनुपर्ने बताउनुभयो

नेपाल कमासू समाज केन्द्रको आयोजनामा भएको कार्यक्रममा घोषणापत्र र्सार्वजनिक गर्दै हवलदार चौधरीले संविधानसभामा संविधान तर्जुमा अनुमोदन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, मौलिक हक स्वतन्त्रता, स्वतन्त्र तथा सक्षम न्यायपालिका, जनउत्तरदायी सरकार, व्यवस्थापिका, राज्यको पुनःसंरचना, राजनीतिक शासन पद्धतिको छनोट, संवैधानिक निकाय, सीमान्तकृत समुदायको अधिकार राष्ट्रियहित संरक्षणका विविध पक्षबारे जानकारी गराउनुभयो

थारु मुद्दालाई नयाँ बन्ने संविधानमा सामेल गर्न राजनीतिक दलका कार्यकर्ताले प्रतिबद्धता जाहेर गरेका थिए थारुहरुको बाहुल्यता रहेका १६ वटा गाविसका स्थानीय बासिन्दाबाट संविधानमा समावेश गर्न थारु मुद्दा सङ्कलन गरी घोषणापत्रमार्फ र्सार्वजनिक गरिएको हो