आतंककारी गिरफ्तार
Monday, 10.01.2007, 07:24pm (GMT+5.5)
काठमाडौं । राजधानीमा भदौ १६ गते श्रृङ्खलावद्ध विस्फोट गराएर तीनजनाको ज्यान लिने र जनजीवन आतंकित पार्ने तर्राई आर्मीका नाममा संगठित अपराधिक गिरोहका चार व्यक्तिलाई प्रहरीले गिरफ्तार गरी र्सार्वजनिक गरेको छ । नेपाल प्रहरीको उच्चस्तरीय छानविन टोलीले आतंककारीहरुमध्ये १४ जनाको पहिचान भैसकेको भए पनि ४ जना मात्र पक्राउ परेको र बाँकी फरार रहेको प्रहरी सूत्रले बताएको छ । वमको ओसारपसार र विस्फोटन योजनामा रौतहट घर भएका प्रहरी सेवामा कार्यरत उपेन्द्र साह समेत रहेको खुलस्त भएको छ । पक्राउ पर्नेमा उही उपेन्द्र साह, जगतनारायण ठाकुर, सञ्जीव साह र रामलखन ठाकुर रहेका छन् ।
|