प्रेस स्वतन्त्रता जोखिममा प्रकाशनमा अवरोध
Monday, 10.01.2007, 07:26pm (GMT+5.5)
काठमाडौं । नेकपा माओवादीसंग आवद्ध अखिल नेपाल सञ्चार तथा प्रकाशन मजदुर संघले अवरोध खडा गरेकै कारण हिजो सोमबार पनि कान्तिपुर र दि काठमाडौं पोष्ट दैनिकको प्रकाशन अवरुद्ध भयो । नेपाल समाचारपत्र, अन्नपर्ूण्ा पोष्टहुँदै कान्तिपुर प्रकाशनमा पुगेको अवरोधले लोकतन्त्रमा पनि प्रेसस्वतन्त्रता जोखिममा परेको प्रष्टै देखाएको छ । प्रकाशनमा अवरोध नपुर्याउन पुनरावेदन अदालत पाटनले सम्वद्ध पक्षलाई आदेश दिएको भए पनि त्यसको पालना भएको देखिएन । आन्दोलित पक्षले कान्तिपुर प्रकाशनमा आगजनी गर्न खोजेको, प्रबन्ध निर्देशक कैलाश सिरोहियाको गाडी तोडफोड गरेको र छापाखानाको विद्युतीय संयन्त्र तोडफोड गरेको समेत व्यवस्थापन पक्षले जनाएको छ । प्रहरीले २ कामदार र २ वाइसीएल कार्यकर्तालाई गिरफ्तार गरेको छ । प्रकाशन नै अवरुद्ध हुने गरी परिचालित क्रियाकलाप पर्ूण्ातः प्रेस स्वतन्त्रताको खिलापमा रहेकाले र्सवत्र त्यसको विरोध भैरहेको छ ।
|