नेताहरुलाई निल्नु न ओकल्नु
Monday, 10.01.2007, 07:27pm (GMT+5.5)
काठमाडौं । सात दलको गठबन्धन सरकारबाट माओवादी बाहिरिएपछि छ दललाई विगतका घोषित प्रतिबद्धता र लिखित दस्तावेजहरु निल्नु न ओकल्नु भएको छ । त्यो घाँटीमा अड्केको वस्तु भने मंसिर ६ गतेको संविधानसभाको निर्वाचन हो । निर्वाचनको परिणाम आफूहरुले भनेजस्तो नआउने संकेत पाएपछि माओवादीले सरकारबाट बाहिरिएर संविधानसभाको निर्वाचन विथोल्ने र्सार्वजनिक घोषणा गरिसकेपछि अहिले सातदल नयाँ सहमतिको खोजीमा जुटेको छ । संविधानमा किटान गरिएको चुनाव गराउने तिथिमा पुनः सहमति खोज्दै निरीहता पर््रदर्शन गरिरहेको माओवादी वाहेकका छ दलले अब कस्तो सहमति कायम गर्ने हुुन् भन्ने उत्कण्ठा जनमानसमा व्याप्त छ ।
जनताको दैनिकी दिन प्रतिदिन कष्टकर बन्दै छ, गठबन्धन दलहरु आ-आफ्नै राजनीतिक स्वार्थमा केन्द्रित छन् । सात दल तथा सरकारका प्रमुख गिरिजाप्रसाद कोइरालालाई अर्को राजा बन्ने भूत सवार भैसकेको छ । उहाँ आफूले राजाले गर्ने सबै काम गरेका हुनाले अब राजतन्त्र समाप्त भैसकेको घोषणा गर्दै माओवादीलाई फकाउन उद्यत पनि हुनुहुन्छ । मुलुक अस्तव्यस्त भैरहँदा पनि राजनीति र सत्ताकै सेरोफेरोमा रुमल्लिइरहेको सरकारको औचित्य र उपादेयता केका लागि हो भन्ने आमजनताको गुनासो सुन्ने फुर्सद समेत सरकारलाई छैन ।
माओवादीलाई कसरी रिझाउन सकिन्छ भन्ने ध्याउन्नमा रहेको छ दललाई संविधानसभाको निर्वाचन घाँटीमा अड्केको हाड सावित भएको छ । उता माओवादीलाई भने संविधानसभा निर्वाचन 'खाउँ भने दिनभरिको शिकार नखाउँ भने कान्छा बाबुको अनुहार' सावित हुँदैगैरहेको छ । आफूले १० वर्षो सशस्त्र संर्घष्ाका क्रममा उठाउँदै आएको संविधानसभाको निर्वाचनको मागलाई निर्वाचनको तिथि नजिकिंदै गएपछि यसले आफ्नो उद्देश्यपर्ूर्ति नगर्ने देखेर संसद्बाटै गणतन्त्रको घोषणा गर्नुपर्ने अड्को थापिएको छ । सात दलका नेताहरु अहिले यसै विषयमा छलफलमा केन्द्रित रहेका छन् । तर यो विषयले सजिलै निकास पाउने लक्षण भने छैन । अन्तरिम संविधानले राजतन्त्रको भविष्यको फैसला संविधानसभाको पहिलो बैठकले गर्ने सहमति कायम भैसकेपछि त्यसको मसी नसुक्दै त्यसको विरुद्धमा जानु पनि छ दलका लागि निल्नु न ओकल्नु भएको छ । सबै दलले गणतन्त्रमा जाने निर्ण्र्ाागरिसकेका भए पनि नेपाली कांग्रेस बाहेक अन्य दलले कस्तो प्रकारको गणतन्त्रमा जाने भन्ने स्पष्ट दृष्टिकोण र्सार्वजनिक गरेका छैनन् । गणतन्त्रको सबैभन्दा बढी रट लगाउने माओवादीले संसद्बाट गणतन्त्रको घोषणा हुनुपर्ने भने पनि कस्तो प्रकारको गणतन्त्र हो त्यो खुलाएको छैन भने संविधानसभाको निर्वाचनपछि गणतन्त्र स्थापना भए कुन गणतन्त्र हो त्यो त कसैले थाहा पाएकै छैनन् । त्यस्तै एमालेको गणतन्त्र पनि अन्योलमै छ ।
अहिले गणतन्त्रको घोषणा र संविधानसभाको निर्वाचनले सबै निर्ण्र्ाागर्छ भन्नेबीच ध्रुवीकरण सुरु भएको छ । एकपछि अर्को सहमति गर्दै संविधानसभाको निर्वाचनको तिथि सार्दै मंसिर ६ गतेको टुंगो लागे पनि अब यही तिथि र विषय छ दलका लागि निल्नु न ओकल्नु भएको छ ।
|