मैले सकृय राजनीतिमा प्रवेश गरेको दिन श्री ५ त्रिभुवनले २३ कार्त्तिक सं. २००७ थियो । दुइ दिन पहिले श्री ५ त्रिभुवनले सपरिवार -श्री ५ ज्ञानेन्द्र बाहेक) काठमाडौंस्थित भारतीय दूतावासमा प्रवेश गरेर २६ कार्त्तिक २००६ मा विमानद्वारा नयाँदिल्ली सवारी भएको थियो । यी घटनाभन्दा पहिले सं. २००६ को चैत्रमा हाइस्कूलको हेडमास्टरी पदबाट राजीनामा -२००६ को वसन्त पञ्चमी) गरेर वाराणसी गई डिल्लीरमण रेग्मीको नेपाल राष्ट्रिय कांग्रेससित सर्म्पर्कमा पुगेको थिए ।
सम्वत् १९९१ को साउन ७ गते नेपाल छोडी वाराणसीमा आफ्नो मामाघर पुगेको दोस्रो दिनदेखि अखबार पढ्ने बानी ममा लागेको थियो । मेरा माहिला मामार् इश्वरीप्रसाद उपाध्यायले कलकत्ताको 'आमृत वजार पत्रिका' र वाराणसीको 'दैनिक आज' पढ्ने गर्नुहुन्थ्यो । पाँच महिनापछि वाराणसीबाट नेपालको बारा जिल्लामा आएर बस्दा वा २ बर्षछि फेरि वाराणसीमा पितामह श्री काशिनाथ दीक्षित काशीवासमा रहनुहुँदा आज पढ्ने गरेकै थिए । त्यसबेला दोस्रो विश्वयुद्धको तयारी चलिरहँदा तत्सम्बन्धी मामाले मलाई अखवारतिर तानेका थिए ।
दोस्रो विश्वयुद्धको विधिवत अन्त्य भयो । भारतीय स्वाधिनता सग्राम आफ्नो अन्तिम चरणमा थियो सं. १९९८ को भारत छोडो आन्दोलनमा सकृय सहभागी हुनुका साथै वाराणसीमा भारतीय कांग्रेसका नेताहरुका यावत् र्सार्वजनिक भाषणमा उपस्थित रहने गरे म । राजनीतिमा रुचि रहे तापनि म राजनैतिक कार्यकर्ता भने भइनँ ।
त्यस्तैमा सं. २००३ को माघ १२, १३ मा कलकत्ताको भवानीपुरमा सम्मेलन भइ नेपाल राष्ट्रिय कांग्रेसको जन्म भयो । जन्मिनासाथै यो पार्टर्ीीान्तरिक विभेद ग्रस्त भयो । ३ बर्षछि अर्थात सं. २००६ को २७ चैत्रमा कलकत्तामा नै नेपाली कांग्रेसको जन्म भयो । बीचमा अन्य पार्टर्ीी पनि जन्मिएका थिए । नेपाल प्रजातान्त्रिक कांग्रेस र -सुवर्ण्र्ाामशेर, महावीर समशेर) को पार्टर्ीीर विश्वेश्वरप्रसाद कोइरालाको ने.रा.कां. बाट फुटेको पार्टर्ीी मिलनबाट २००६ साल चैत्रमा नेपाली कांग्रेसको जन्म भएको थियो । फुट्नेभन्दा पहिले ने.रा.कां. भित्रका सत्य के हो - र सत्य यो हो भन्ने साना पुस्तिकाहरु भ्ारतमा रहेका नेपालीहरुका रुचिका पुस्तिका भएका थिए । मैले पनि पढेको थिएँ वीरगञ्जमा हेडमास्टर छँदा नै । कलकत्ता भवानीपुरमा ने.रा.कां.को जन्म हुँदा र्सवाेदय गान्धीवादी कार्यकर्ता र्सलाहीका युवक रामहरि जोशी त्यो संस्थापक अधिवेशनमा सहभागी थिए । काठमाण्डौभन्दा बाहिरबाट को को सहभागी भए भन्नेबारे हामी शिक्षकहरुबीच चर्चा चल्दा र्सलाहीका रामहरि जोशी पनि आएका रहेछन् भन्ने थाहा भएको थियो । पछि २००६ साल चैतमा नेपाली कांग्रेसको जन्म हुँदा पनि जोशीज्यू त्यसमा उपस्थित रहनुभयो । वीरगञ्जको स्कूलमा हेडमास्टर रहँदा म आफै गान्धीवादी हुन पुगेको थिएँ केही महिना निम्ति ।
कृष्णप्रसाद भट्टर्राईसित मेरो परिचय सं. १९९९ को फूलपातीको दिन मेरा पिताले आफ्नी माताको पहिलो बाषिर्क श्राद्ध मेरो मामाघरकै प्राङ्गणमा गर्दा भएको थियो । मेरा मामाहरुका पुरेत रहनुभएका बटुकप्रसाद भट्टर्राई, नारायणप्रसाद भट्टर्राई, गोपालप्रसाद भट्टर्राई र कृष्णप्रसाद भट्टर्राईले मेरी मातामहीको पहिलो बाषिर्क श्राद्ध गराउनु भएको थियो । मामाघरको त्यो विशाल भवनको दोस्रो चोकमा मेरी मातामहीको श्राद्ध सम्पन्न भएको यावत् विवरण मेरो सम्झनामा अझै ताजा छ ।
सं. २००३ माघ १२, १३ मा नेपाल राष्ट्रिय कांग्रेस गठन हुँदा त्यो सालको विराटनगर मजदुर आन्दोलनका नेता श्री गिरिजाप्रसाद कोइराला पनि सहभागी हुनुहुन्थ्यो । जसमा रामहरि जोशी तथापि अचेल केही बर्षेखि विशेष गरी श्री गणेशमान सिंहको अवसानपछि कृष्णप्रसाद भट्टर्राईलाई नेपाली कांग्रेसको एकमात्र संस्थापक र जीवित सदस्य भनी गणानुवाद गरेको म देखिरहेको छु । सत्य हो भट्टर्राई ने.रा.का. र ने.का. दुवै पार्टर्ीीठन हुँदामा सत्तामा उपस्थित हुनुहुन्थ्यो तर गिरिजाप्रसाद कोइराला त्यसवेला कलकत्तामा नै पढिरहेको र गान्धी आश्रममा बसिरहेका रामहरि जोशी पनि त ती औसरमा सहभागी हुनुहुन्थ्यो । दुवैजना पनि आज जीवित हुनुहुन्छ । नेपाली कांग्रेसको कुरामात्र नभई नेपाली राजनीतिको इतिहासको कुरा भएको हुँदा आज मैले आफुले थाहा पाएको र देखेको विषयसित ध्यानाकर्षा गरेको हुँ । संस्थापक कलकत्ता सम्मेलनमा उपस्थित रहे तापनि कार्यसमितिमा निर्वाचित नहुदैमा उहाँहरु दुवैलाई छुटाउन उचित होइन । हामी इतिहासप्रति जिम्मेवार रहांै भने मेरो भनाइ हो ।
सं. २०४७ मा गणेशमान सिंहले म होइन कृष्णप्रसाद भट्टर्राईलाई प्र.म.मा राख्नर्ुपर्छ भनी श्री ५ वीरेन्द्रमा जाहेर गरेका हुँदा श्री भट्टर्राई देशमा पञ्चायत व्यवस्थापछि प्र.म. नियुक्त हुनुभएको थियो । सं.२ ०४८ को महानिर्वाचनमा र २०५० सालमा उहाँ निर्वाचनमा पराजित हुनुभएको थियो । २०५० को निर्वाचनमा श्री गिरिजाप्रसाद कोइरालाको नकारात्मक भूमिकाले गर्दा उहाँ पराजित हुनुभयो । भन्नेहरुले श्री भट्टर्राईबारे एशियाकै महान एक नेता भने तापनि उहाँले निर्वाचनलाई आफ्नो पक्षमा कहिल्यै ल्याउन सक्नुभएन । सं. २०१५ सालमा श्री भट्टर्राई तल्लो सदनको सदस्य हुनुभयो तर निर्वाचनमा जितेर भने होइन । निर्वाचन क्षेत्र नं. १०४ मा भट्टर्राईले दोस्रो स्थान मात्र प्राप्त गरी ने.रा.म.प.का विश्वनाथ सुवेदीबाट पराजित हुनुभएको थियो ।