Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 02:42am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 
चिनीया राजनीतिक टोलीको भ्रमण
राजनीतिक, कुटनीतिक वृतमा विशेष चासो

Monday, 10.01.2007, 07:29pm (GMT+5.5)

काठमाण्डौ नेपालमा राजनीतिक संकट गहिरिदै गएको र अन्तर्रर्ााट्रय चासो पनि निक्कै बढिरहेको बेला छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चिनको एक उच्चस्तरीय टोली अघिल्लो हप्ता नेपालको तीनदिने भ्रमण पुरा गरी स्वदेश र्फकेको छ । चिनका प्रभावशाली नेतामध्ये एक मानिनुहुने जनराजनीतिक परामर्श सम्मेलनका उपाध्यक्ष वाङझोङ यूको नेतृत्वमा आएको टोलीले प्रेसबाट आफूलाई निकै टाढा राखे पनि चिनीया पक्षकै पहलमा भएको यो भ्रमणप्रति राजनीतिक, कुटनीतिक क्षेत्रमा गम्भीर चासो उत्पन्न भएको पाइएको छ । भ्रमण टोलीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सभामुख सुवास नेवाङबाहेक अरु कुनै नेतालाई भेटेको खबर नआएको भए पनि उहाँहरुसंग नेपालको वर्तमान राजनीतिक स्थितिबारे विस्तृत कुराकानी भएको विशेष सूत्रको भनाइ छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले असोज लाग्नासाथ चिनको भ्रमण गर्नुहुने पर्ूव प्रचार भए पनि उहाँको भ्रमण किन रोकियो र चिनीया टोली आफ्नै पहलमा किन नेपाल आयो - यो नै कौतुहलताको विषय हो ।

नेपाल सानो राष्ट्र भए पनि विश्वका ठूला शक्ति राष्ट्रहरुको नेपालमा ठूलो चलखेल भइरहेको छ । यसका अन्तरनिहित कारणहरु जति रहस्यात्मक छन् त्यति नै कुतुहलता पनि छन् । चिनले भने नेपालमा आफूलाई वाहृय हस्तक्षेप सहृय नहुने कुटनीतिक अभिव्यक्ति दिएर नेपाल आफ्नो समस्या आफै समाधान गर्न सक्षम हुने धारणा व्यक्त गर्दैआएको छ । नेपाल अहिले अन्तर्रर्ााट्रय चासोको केन्द्र बिन्दुमा मात्रै नभइ शक्ति राष्ट्रको खेलमैदान समेत बन्दै गएकोबारे बारम्बार चर्चा परिचर्चा हुने गरेका छन् । वाहृय हस्तक्षेप वृद्धिकै कारण नेपालको र्सार्वभौमिकता, स्वतन्त्रता र अखण्डतामाथि खतरा उत्पन्न भैरहेको स्वीकारोक्ति प्रधानमन्त्रीदेखि राजनीतिक नेताहरुले समेत गर्नथालेका छन् । जनताको र्सार्वभौम अधिकारको रक्षा र प्रत्याभूतिको प्रतिविम्बका रुपमा संविधानसभाको अपरिहार्यताले राजनीतिक स्वीकृती पाइरहेको बेला राष्ट्रकै र्सार्वभौमिकतामा आच ल्याउने काम कुन कुन पक्षबाट भयो, भइरहेको छ - यो प्रश्नले पनि उत्तर खोजिरहेको छ । नेपालमा वाहृय हस्तक्षेपको विरुद्धमा रहेको चिनले नेपालको आत्मनिर्ण्र्ााो अधिकाररक्षाको पक्षमा आफूलाई उभ्याउदै आएको आमअनुभूति नै नेपाली जनमानसमा रहेकोमा कुनै विमती छैन । यसैले पनि उच्चस्तरीय चिनीया राजनीतिक टोलीको नेपाल भ्रमणको प्रसंग राजनीतिक, कुटनीतिक वृत्तमा चासो र चर्चाको बिषय बनिरहेको खबरसूत्रहरु बताउँछन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
भट्टर्राई एकमात्र संस्थापक नेता - मदनमणि दीक्षित (10.01.2007)
नेताहरुलाई निल्नु न ओकल्नु (10.01.2007)
गठबन्धनलाई अदालती प्रहार (10.01.2007)
प्रेस स्वतन्त्रता जोखिममाप्रकाशनमा अवरोध (10.01.2007)
आतंककारी गिरफ्तार (10.01.2007)
कांग्रेसले बासी भात खाँदैन ः सभापति कोइराला (09.29.2007)
त्रिविलाई बौरिने मौका (09.29.2007)
रामदेवको रौनक (09.29.2007)
इज्जत नभए पनि बेइज्जत हुने डर (09.29.2007)
यस्तै बेलामा सीमा मिचिन्छ (09.29.2007)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]