काठमाडौं । नेपाली साहित्यका वरिष्ठ समालोचक एवं कथाकार डा. देवीप्रसाद सुवेदी अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज- वासिङ्टनद्वारा सन् २००७।००८ को 'सर्वोत्कृष्ट ग्रन्थ पुरस्कार'द्वारा पुरस्कृत हुनुभएको छ । त्रि.वि. केन्द्रीय नेपाली विभागमा प्राध्यापन गर्नुहुने डा. सुवेदीको 'समको सुखान्त नाट्यकारिता' शर्ीष्ाक ग्रन्थका लागि सम्मानपत्रसहित १६ सय अमेरिकी डलरको उक्त नगद पुरस्कार प्रदान गरिएको थियो ।
नेपाली भाषा साहित्य सम्बन्धी गैर आवासीय नेपालीहरूको संस्था 'अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज'ले काठमाडौंमा हालै सम्पन्न गैर आवासीय नेपालीहरूको पाँचौं विश्व सम्मेलनको पर्ूवसन्ध्यामा उक्त पुरस्कार प्रदान गरेको हो । केही वरिष्ठ नेपाली साहित्यकारलाई सम्मानित र अन्य केही साहित्यकारहरूलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा बोल्दै डा. सुवेदीले अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजले आफूलाई पुरस्कृत गरेर नेपाली नाट्यसम्राट बालकृष्ण समको महानता र त्यस विषयको आफ्नो कृतिलाई सम्मानित गरेकोमा समाजप्रति आभार र कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
अन्तर्रर्ााट्रय नेपाली साहित्य समाजद्वारा सर्वोत्कृष्ट ग्रन्थ पुरस्कारबाट पुरस्कृत डा. देवीप्रसाद सुवेदीले नेपाली साहित्यमा विगत पाँच दशकदेखि योगदान दिंदै आउनुभएको छ । हालसम्म उहाँका चारवटा समालोचनात्मक कृति, दर्ुइवटा कथासंग्रह, छ वटा भाषा-व्याकरण सम्बन्धी पुस्तकहरू, एउटा यात्रा संस्मरणात्मक कृति प्रकाशित भैसकेका छन् र चार सयभन्दा बढी भाषा साहित्य सम्बन्धी लेखहरू प्रकाशित छन् । उहाँ विगत दर्ुइ दशकभन्दा लामो समयदेखि 'युगसंवाद' साप्ताहिकका स्तम्भलेखकका रुपमा पनि सुपरिचित हुनुहुन्छ । कतिपय ग्रन्थ एवं पत्रिकाहरूको सम्पादन पनि उहाँले गरिसक्नु भएको छ ।
डा. सुवेदी यसअघि वगर प्रकाशनको 'सर्वोत्कृष्ट रचना पुरस्कार' २०५१, अस्वीकृत विचार साहित्य पुरस्कार २०५७, साहित्यिक पत्रकारिता पुरस्कार -प्रेस काउन्सिल नेपाल) २०५९, बालकृष्ण सम सम्मान -त्रिमर्ूर्ति निकेतन) २०६५ द्वारा पुरस्कृत एवं सम्मानित भैसक्नुभएको छ । यस अन्तर्रर्ााट्रय पुरस्कारद्वारा पुरस्कृत हुनुभएकोमा 'युगसंवाद' परिवार उहाँप्रति हार्दिक बधाई ज्ञापन गर्दछ ।
हनुमानढोका दरबार क्षेत्रमा जग्गा अतिक्रमण
काठमाडौ । हनुमानढोका दरवार परिसरस्थित कृष्णमन्दिरमाथि कसको हकदावी हुन्छ - जवाफ स्वाभाविक रुपमा हुनुपर्ने हो- राजा प्रताप मल्लद्वारा वि.सं. १७०५ मा निर्माण गर्न लगाइएको सो मन्दिर अन्यत्र नभई विश्व सम्पदा क्षेत्रभित्र पर्दछ र व्यक्ति विशेषको नाममा त हुनै सक्दैन । तर पूरै मन्दिर नभई मन्दिरको केही भाग स्थानीय व्यक्तिले हडप्न खोजेको छ, र यस कार्यमा स्वयं सरकारी अधिकारीहरू संलग्न रहेका छन् । यसको उदाहरणका रुपमा जग्गा नापीमा मन्दिरको केही भाग व्यक्तिको नाममा पारिदिनुलाई लिन सकिन्छ ।
दरवार क्षेत्रको मन्दिरको करिब आधा भागमा हकदावी गर्दै पर्खाल लगाएपछि मन्दिरको प्रदक्षिणामा लामो समय अघिदेखि अवरोध उत्पन्न भएको थियो भने हालै स्थानीय युवाहरूले र्सार्वजनिक सम्पदाको सुरक्षार्थ सो पर्खाल भत्काइदिंदा मन्दिरको मौलिक स्वरुप पुनः प्रकट भएको छ ।
यस कृष्ण मन्दिरको वास्तुकला अन्य मन्दिरहरूभन्दा फरक छन् । सामान्यतः प्यागोडा शैलीका नेपाली मन्दिरहरू चार कुनाका हुने गर्दछन् भने यो आठ कुनाका रहेको छ र त्यसै भएर पनि स्थानिय बोलीमा च्यासिङ देवल पनि भन्ने गरिन्छ । पाँच तह पेटीमाथि मन्दिर तीन तल्लाको मन्दिर उठाइएको छ । तहतह परेको पेटीलाई काटेर मन्दिरको द्वारसम्म जाने सिंढी बनाइएको छ । द्वार पर्ूर्ूव फर्किएको छ र प्रदक्षिणा पथको अभावमा भक्तजनहरू सोही द्वारबाट र्फकदै आएकोमा अब प्रदक्षिणा गर्न पाएका छन् ।
लामो समयदेखि मन्दिर अतिक्रमणको विरोध गर्दै आएको काठमाडौं दरवार स्क्वायर क्लिनिङ क्लबले मन्दिरको छाना मर्मत भइरहेका बेला गत असार २१ गते त्यहाँ एउटा कालो तुल टाँगेर मन्दिरलाई मौलिक स्वरुपमा फर्काउनुपर्ने माग गरेको थियो । जसले गर्दा पुरातत्व विभागलाई ठूलो दबाब सिर्जना भयो । अन्ततः क्लबकै पहलमा असार ३० गते पुरातत्व विभाग, प्रहरी, महानगरपालिका, दरवार हेरचाह अड्डा र स्थानीय जनताको रोहवरमा पर्खाल भत्काइएको थियो तर पूरै जग्गा अतिक्रमणबाट छुटाउन अझै सकिएको छैन ।
क्लबका अध्यक्ष राजेश प्रसाद श्रेष्ठ मन्दिर अतिक्रमणका विरुद्ध लामो समयदेखि संर्घष्ा गरेर अन्ततः पर्खाल भत्काउन सफल भएकोमा सन्तोष व्यक्त गर्दछन् । यसैलाई निहुँ बनाएर हाल आफू र आफ्नो क्लबका सदस्यहरूमाथि विभिन्न खालका धम्कीहरू आइरहेको उनी बताउँछन् ।
व्यक्तिले उठाएको पर्खाल भत्काइएपछि मन्दिरको प्रदक्षिणा पथ खुले पनि सो भागमा पेटीहरू पुरिएर रहेका छन् । ती पेटीलाई पर्ूण्ा रुपमा प्रकाशमा ल्याउँदा व्यक्तिगत घरको गारो नै भत्काउनुपर्ने अवस्था रहेको छ । क्लबका सचिव राज्यलक्ष्मी श्रेष्ठका अनुसार मन्दिर र उक्त घरको साँधमा यराः हिति -धारा) र उत्तरमा येँयाः पाटी रहेको छ । सो पाटीमा कुमारीको पूजा गर्नुपर्दथ्यो तर हाल यो पूजा बन्द भइसकेको छ । धारा र पाटी देख्नेहरू जीवितै रहेको तर हाल त्यहाँ पुरिएको वा हटाइएको हुनु पर्ने श्रेष्ठको ठहर छ ।
महिलाहरूको सक्रियतामा विद्यालय
दाङ । दाङको घोराहीका महिलाहरूले आफ्नै पहलमा कामकाजी र गृहिणी महिलाहरूका लागि छुट्टै विद्यालय सञ्चालनमा ल्याएका छन् । घोराहीका सुमित्रा पन्थी, सुधा गौतम, रजिना गौतम, बिमला गौतम, उषा न्यौपाने र सुमित्रा गौतमले आफ्नै लगानीमा सो विद्यालय सञ्चालनमा ल्याएका हुन् ।
चेतना महिला विद्यालय नामक सो विद्यालयमा विभिन्न कारणले शिक्षाबाट वञ्चित भएका १४ देखि ५५ वर्षा महिलाहरूले अध्ययन गर्न सक्ने बताइएको छ । विद्यालयमा सरकारी विद्यालयका पाठ्यक्रमबाट पठनपाठन गराउने र सरकारी स्कुलसरहको मान्यता प्रदान गराउन जिल्ला शिक्षा कार्यालयमा विद्यालय दर्ताका लागि प्रक्रिया सुरु गरिसकिएको विद्यालयका अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।
सो विद्यालयमा हाल कक्षा ५ सम्मका कक्षा सञ्चालनमा ल्याइने र भविश्यमा विद्यार्थीको मागअनुसार कक्षा १० सम्म विस्तार गरिने छ ।
हालै एक कार्यक्रमबीच उद्घाटन गरिएको सो विद्यालयमा हिजै २१ महिला भर्ना भएका छन् ।
विद्यालयले भर्ना शुल्कवापत प्रतिव्यक्ति ४०० तथा १०० मासिक शुल्क लाग्ने जनाएको छ । विद्यालय सञ्चालनका लागि घोराहीको भरतपुरमा रहेको राप्ती शिक्षा क्याम्पसको भवन भाडामा ल्याइएको छ ।
विद्यालयमा पढाउने शिक्षिकाहरूले कुनै प्रकारको सेवा सुविधा नलिने बताए । समाज सेवाका लागि आफूहरूले निःशुल्क रूपमा पढाउने शिक्षिका विमला गौतमले बताउनुभयो ।
प्रत्येक तीन महिनामा परीक्षा गराइने र सिकाई उपलब्धिका आधारमा तीन महिनाभित्रमै माथिल्लो कक्षामा लगिनेे शिक्षिका गौतमले बताउनुभयो ।
कामकाजी र गृहिणी महिलाका लागि सञ्चालित सो विद्यालयले शिक्षाबाट वञ्चित महिलाहरूका लागि मात्र होइन समाजका लागि पनि दियोको काम गर्नसक्ने जानकारहरू बताउँछन् ।
माधर्ुयलाई 'अस्वीकृत' पुरस्कार
काठमाडौं । अस्वीकृत विचार-साहित्य गुठीबाट कार्तिक ४ गते आयोजित एक समारोहबीच ०६६ सालको तेह्रांै अस्वीकृत विचार साहित्य पुरस्कार रुसबासी कवि प्रा.डा. मधुकृष्ण माधर्ुयलाई नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्ष, कमलादीमा गैरआवासीय नेपाली संघ, अन्तर्रर्ााट्रय समन्वय परिषद्को नवनिर्वाचित अध्यक्ष देवमान हिराचनको प्रमुख आतिथ्यमा प्रदान गरियो । यो पुरस्कारको स्थापना डा. कविताराम श्रेष्ठले आफ्नो लेखकीय पारिश्रमिक तथा पुरस्कारका रकमहरूबाट २०५४ सालमा गर्नुभएको थियो । अस्वीकृत विचार साहित्य पुरस्कारको रकम १३ हजार रहेको छ र्।र्
इ.सं. १९६३ सालमा जन्मनुभएका कवि माधर्ुयका एउटा कविता संग्रह र एउटा गीति संग्रह प्रकाशित भएको छ । उहाँ नेपाली साहित्य, कला, संस्कृति र दैनिक समाचार समेतका बहुआयामिक प्रथम अनलाइन पत्रिका प्रिmनेपाल डटकमको प्रधान सम्पादक तथा संस्थापक हुनुहुन्छ । साथै अन्तर्रर्ााट्रय नेपाली साहित्य संघ रुसको अध्यक्ष समेत हुनुहुन्छ । उहाँ रुसमै विश्व लेखक संघको समन्वय समितिको संयोजक पनि हुनुहुन्छ । पेशाले इञ्जिनियर रहनुभएका स्रष्टा माधर्ुयका साहित्यिक कृतिहरू क्रमिक रुपमा प्रकाशित हुँदैआएका छन् ।
पुरस्कार वितरण समारोह गुठीका अध्यक्ष वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानको सभापतित्वमा भएको थियो । सभा संचालन साहित्यकार राधेश्याम लेखकालीले गर्नुभएको थियो भने स्वागत भाषणका साथै पुरस्कार स्थापना र स्रष्टाको व्यक्तित्व र कृतित्वका बारेमा गुठीका संस्थापक एवं संरक्षक डा. कविताराम श्रेष्ठले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा पुरस्कृत स्रष्टा कवि माधर्ुयले मन्तव्यका साथै कविता वाचन गर्नुभएको थियो भने उहाँको हालै विमोचित गीति संग्रहको एउटा गीत पनि त्यहाँ सुनाइको थियो । उहाँको गीति संग्रहमा शक्ति वल्ल्भले संगीत दिनुभएको छ । कार्यक्रममा गुठीका महासचिव नगेन्द्रराज शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सभापतिको आशनबाट वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानले स्रष्टा माधर्ुयका रचनामा मानवीय सम्वेदना रहेको र युगचेतना प्रवाहित भएको धारणा व्यक्त गर्नुभएको थियो ।