असत्यमाथि सत्यको विजय भएको मानिने नेपालीहरुको महान पर्व विजया दशमीको संघारमा हामी आइपुगेका छौं । धार्मिक तथा पौराणिक ग्रन्थहरुका अनुसार यो चाडलाई असत्यमाथि सत्यको विजय, अधर्ममाथि धर्मको विजय र हत्या, हिंसा, अराजकतामाथि शान्ति, भाइचारा र स्थिरताको विजयको रुपमा पनि दशैंलाई लिइन्छ । विजया दशमीको आ-आफ्नै परम्परागत मान्यता रहे पनि यसको साश्वत सत्य भनेको सत्यको पक्षमा लाग्न प्रेरित गर्नु नै हो । रावणमाथि श्रीरामको विजयको कुरा होस् वा महिसासुरमाथि दर्ुगा भवानीको विजयका कुरा हुन् यी सबले मानव कल्याण र हितकै पक्षमा वकालत गरेका छन् । सृष्टिका यावत संरचनाहरु आ-आफ्नै उद्देश्य, संस्कार अनुसार आ-आफ्नै परिवेश र मूल्य मान्यताअनुसार चल्नर्ुपर्छ भन्ने सन्देश विजया दशमीले दिएको पाइन्छ । अर्काको तेजोवध गर्ने, अरुको अस्तित्व अस्वीकार गर्ने तथा बल र धनको घमण्डले मात्तिने प्रवृत्तिको अन्त्यका लागि पनि विजया दशमीको महत्वपर्ूण्ा स्थानमा रहेको छ ।
विजया दशमीले असत्य, अन्याय, अत्याचार र अशान्तिमाथि विजय प्राप्त गर्नेछ भन्ने आशा गरौं । मुलुक शान्ति प्रक्रियाको मार्गमै रहेको भए पनि यसको एउटा निकास विन्दुको रुपमा रहेको संविधानसभाको निर्वाचन अनिश्चित बन्न पुगेको छ । आफूले गर्भाधान गरेको गर्भे शिशुलाई गर्भमै हत्या गर्ने प्रयास भैरहेको अनुभूति नेपाली जनताले गर्न थालेका छन् । विजया दशमीको उपलक्ष्यमा सबैमा मानवताको विकास होस्, मानवधर्म निर्वाह गर्न प्रेरणा मिलोस् र आसुरी प्रवृत्ति त्याग्न प्रेरित गरोस् भन्ने कामना हामीले गर्नुपर्छ । वडा दशैं शहरबजारमा त राम्रैसंग मनाइएला तर ती भोकले तड्पिरहेका कर्ण्ाालीबासीहरुको अगाडि एकमुठ्ठी चामल कसले लगिदिने - कसले सोचेको छ ती अवोध कर्ण्र्ाारहरु, जो अहिले नूनपानी पनि राम्रोसंग पिउन पाइरहेका छैनन्, उसको भविष्यको बारेमा - कसले चिन्ता गरेको छ यो देशको सुदूर भविष्य अनि कसले अठोट गरेको अध्यारोतिर उन्मुख देशको भविष्यलाई उषाको मिर्मिरेसंगै स्वणिर्म विहानी ल्याइदिने भनेर - नयाँ नेपाल बनाउने नाराले एकपछि अर्को गर्दै आफूलाई विस्मृतिको गर्तमा पुर्याइरहेको छ । यी विषय र सर्न्दर्भहरुलाई कसरी मूल्यांकन गर्ने - यसको समुचित जवाफ कोहीसंग छैन । तर पनि आगामी दिनमा यस्ता विचारहरु, यस्ता व्यवहारहरु र यस्ता नीतिहरुमा परिवर्तन आउनर्ुपर्छ । समग्रतामा नेपालीमात्रको कल्याणका व्यवहारहरु संचालित हुन् । यसपालिको दशैंको शुभकामना यही हुनर्ुपर्छ ।
हामी वीर जाति, गौरवशाली इतिहास भएको जाति, कहिल्यै कसैको पराधिन हुन नपरेको जाति । यस्तो जाति अहिले आफ्नो अस्तित्वको खोजीमा भौतारिइरहेको छ । हामी नेपाली हुनुको परिचय खोजिरहेका छौं - नेपाली भएर नेपालको लागि गर्नुपर्ने कामहरुको खोजी गरिरहेका छौं । लोकतन्त्रको नाममा विदेशीको बर्ुइ चढेर राष्ट्रलाई नै पराधिन बनाउन तम्सनेहरुले विजया दशमीको शुभकामना कसरी देलान् - उनीहरु जनतालाई राष्ट्रिय एकता कायम राख्न कुन नैतिक बलले आग्रह गर्लान् - मुलुकको राजनीतिमा विकसित भएको असहिष्णुता र द्वेषलाई पखाल्न विजया दशमीले प्रेरणा देओस् । उजाडिएका गाउँ-बस्तीहरुमा अझै हरियाली छाउन सकेको छैन । यस्तो अवस्थामा असत्य र अधर्ममाथि सत्य र धर्मको विजयको प्रतीकको रुपमा मनाइने विजया दशमीमा नयाँ नेपाल बनाउने नारा लगाइरहेका हाम्रा नेताहरुमा पनि छलछामको राजनीति छाडेर निष्ठा र नैतिकताको धरातलमा उभिन प्रेरणा मिलोस् भन्नर्ैपर्छ ।
विजया दशमी देशको लागि शुभसंकेतको रुपमा प्रष्फुटन होओस्- यो सम्पर्ूण्ा नेपालीको चाहना हो । देशको व्रि्रँदो राजनीतिक अवस्था र अन्य सामाजिक समस्याहरुको निराकरणका लागि दर्ुगा भवानीले सम्बन्धित सबै पक्षलाई आशर्ीवाद र सद्बुद्धि प्रदान गरुन् । नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा चिनिएको वडा दशैं आगमनको यो संघारमा सबैले सुख, शान्तिसंग दशैं मनाउन पाउन् र देशको जिम्मेवारी लिएका सबैमा राष्ट्रिय स्वार्थ र विद्यमान समस्या समाधान गर्न अग्रसर हुन प्रेरणा मिलोस् । वडा दशैंको उपलक्ष्यमा यो भन्दा ठूलो शुभकामना अरु केही हुँदैन ।
शान्ति प्रक्रियामा सबै जुटेका छन् । नेपाली जनतालाई शक्तिशाली बनाउने क्रम पनि जारी छ भनिन्छ । लोकतन्त्रको स्थापना भएर नेकपा माओवादी समेत शान्तिपर्ूण्ा राजनीतिक बाटोमा समाहित भैसके पनि अझै त्यसले पर्ूण्ाता पाएको छैन । यस दिशामा केही अवरोध र अविश्वासहरु नरहेका होइनन् तर ती सब समयसंगै हराउँदै जानेछन् भन्ने अपेक्षा नेपाली जनताको छ । जनताको आशा र भरोसा अहिले राजनीतिक शक्ति समूहहरुप्रति रहेको छ । यो अपेक्षाले साकार रुप लिनु पर्दछ । विजया दशमीले सबै जिम्मेवार शक्तिहरुमा मुलुकप्रति उत्तरदायी भएर अघि बढ्ने प्रेरणा प्रदान गरोस् । असत्यमाथि सत्यको विजय प्राप्त गरी शान्ति, स्थिरता र सद्भाव कायम राख्न सफल भएकी दर्ुगा भवानीले हामी सबैलाई शान्तिपर्ूण्ा जीवनयापन गर्न पाउने आशर्ीवाद र शक्ति प्रदान गरुन् ।