काठमाडौं । नेपाल र मलेशियाबीच आर्थिक व्यापारिक सम्बन्धलाई थप मजवुद बनाउने उद्देश्यले दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ र फेडरेशन अफ मलेशियन म्यानुफयाक्चर्रसबीच मलेशियामा एक समारोह बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा महासंघका अध्यक्ष कुशकुमार जोशी र एफएमएमका अध्यक्ष टान श्री दातुक मुस्तफा मन्सुरले हस्ताक्षर गर्नुभयो ।
सहमतिपत्रमा दुवै देशबीच आर्थिक तथा व्यवसायिक सूचनाको आदान प्रदान, नियमित रुपमा व्यवसायिक प्रतिनिधिमण्डलको भ्रमण आदान प्रदानको व्यवस्था, व्यापार, संयुक्त लगानी तथा औद्योगिक सहकार्यमा सम्भावित अवसरहरूको पहिचान लगायतका क्षेत्रमा सहकार्य गरी अगाडि बढ्ने उल्लेख छ । व्यापार मेला महोत्सवको आयोजना लगायत अन्य व्यापारिक गतिविधि विस्तारमा आपसी सहयोग एवं सहकार्य गर्ने, व्यवसाय पर््रवर्द्धनका शीलशिलामा आपसी सर्म्पर्क विस्तार, व्यापार व्यवसाय सम्बन्धी अध्ययन अनुसन्धानहरू, नीति कानूनहरू सम्बन्धी प्रकाशनहरूको आदान प्रदान गर्ने, डव्लूटीओ, द्विपक्षिय, क्षेत्रीय अन्तरक्षेत्रिय व्यापार तथा लगानी सम्बन्धी सभा सम्मेलन, गोष्ठीको आयोजना तथा त्यस्ता कार्यक्रमहरूमा आवश्यक श्रोत व्यक्तिहरूको व्यवस्थापन जस्ता विषयमा सहकार्य गरि अगाडी बढ्ने प्रतिवद्धता पनि सहमतिपत्रमा गरिएको छ ।
त्यसैगरी व्यापारिक उत्पादनहरू तथा औद्योगिक प्रक्रियाहरू, औद्योगिक तालीम, वित्तिय श्रोत व्यवस्थापन, औद्योगिक पर््रवर्द्धन तथा प्राविधिक सहयोगका क्षेत्रमा सम्भावित साझेदारहरूका विषयमा दुवै देशका महासंघ बीच सहकार्य गरि अगाढी बढ्नुका साथै द्विपक्षिय हितका सवालमा थप सहकार्य गर्न आवश्यक देखिएका अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने सहमतीपत्रमा उल्लेख छ ।
सहमतिपत्रमा हस्ताक्षर पछि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासंघका अध्यक्ष जोशीले नेपालको निजी क्षेत्र नेपालको आर्थिक विकासमा मलेशियन लगानी, प्रविधि आकर्षाका लागि तीब्र इच्छुक रहेको अवस्थामा भएको यो सहमतिले त्यसलाई थप सहयोग गर्ने विश्वास आफूले लिएको बताउनु भयो । मलेशियाका लागि नेपाली राजदुत डा. ऋषिराज अधिकारीे तथा भ्रमण दलका सदस्यहरूको समेत सहभागिता रहेको सो अवसरमा महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले दर्ुइ देश बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि नेपाली निजी क्षेत्रबाट भएको यो भ्रमण ऐतिहासिक हुने धारणा राख्नुभयो ।
एफएमएमका अध्यक्ष मन्सुरले दुवै महासंघ बीचको यो सहमतिले दुवै देशका निजी क्षेत्रलाई थप नजिक ल्याएको र निजी क्षेत्र बीच सहकार्यका लागि यो सहमति कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो । साथै उहाँले सहमतिमा उल्लेख भएका लक्ष्यहरूलाई पुरा गर्ने तर्फप्रतिवद्धता समेत जनाउनु भयो ।
सशस्त्र प्रहरीको सपिङ कम्प्लेक्स
काठमाडौं । सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा हल्चोक स्वयम्भुमा नवनिर्मित एपीएफ वेलफेयर प्लाजा परिसरमा निर्माण गरिएको हल्चोक फ्युल स्टेशन कम सपिङ कम्प्लेक्सको सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले हालै उद्घाटन् गर्नुभयो ।
कल्याणकारी सेवा केन्द्रको संरक्षक समेत रहनुभएका महारीक्षक बस्नेतले त्यस अवसरमा सो केन्द्रद्वारा निर्माण भएको एपीएफ प्लाजा र फ्युल स्टेशनले सेवाको क्षेत्रलाई फराकिलो बनाउँदै सेवाग्राहीलाई प्रत्यक्ष रुपमा र उच्चस्तरको सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
र्'र्सवसाधारणको सेवा, सुविधा र शुद्ध पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले आगामी दिनमा अन्य क्षेत्रहरूमा समेत पेट्रोल पम्प संचालन गर्ने योजना सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रको रहेको छ' सशस्त्र प्रहरी महानिरीक्षक बस्नेतले जानकारी गराउनु भयो ।
गत महिनाको सम्पर्ूण्ा सशस्त्र प्रहरी कर्मचारीको निर्जीवन दर्ुघटना विमा वापतको प्रिमियम शुल्क कल्याणकारी सेवा केन्द्रले नै भुक्तानी गर्ने र सशस्त्र प्रहरी कर्मचारीको तलबबाट प्रिमियम शुल्क वापतको रकम नकाटिने व्यवस्था मिलाइएको स्पष्ट पार्नुहुँदै उहाँले यस केन्द्रले सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार सन्ततीलाई छात्रवृत्ती कार्यक्रम, एपीएफ स्कूल र अस्पताल संचालनमा आर्थिक सहयोग, विपत्ती पीडित नागरिकलाई राहत सहयोग उपलब्ध गराउँदै आएको चर्चा समेत गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक किशोरकुमार लामाले स्वागत मन्तव्य तथा निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कल्याणकारी सेवा केन्द्रले छोटो समयमा नै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको हितका साथै सामाजिक सेवाको क्षेत्रमा यथासक्य सहयोग पुर्याउँदै आएको बताउनु भयो ।
उक्त हल्चोक फ्युल स्टेशन कम सपिङ कम्प्लेक्सको निर्माण कार्य गत २०६४ साल फागुन ३० गतेबाट सुरु भएको थियो । तीन तलामा नवनिर्मित एपीएफ वेलफेयर प्लाजामा सो फ्युल स्टेशन संचालनमा रहेको छ ।
डबल नोजल र बिलिङ सिष्टम सहितको आधुनिक डिजिटल डिस्पेन्सर समेत रहेको फ्युल स्टेशनमा ४० हजार लिटर डिजलको क्षमता र २० हजार लिटर पेट्रोल क्षमताको ट्यांकी रहेको कुरा समारोहमा जानकारी गराइयो ।
तीन तलामा गरी कुल १२ हजार ६ सय स्क्वायर फिट रहेको सो प्लाजा तथा फ्युल स्टेशनको सम्पर्ूण्ा निर्माण समेत गरी कूल ५ करोड ३४ लाख ३६ हजार ६ सय ५४ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
समारोहमा अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सहवीर थापा लगायत अवकास प्राप्त तथा वहालवाला सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू एवं बरिष्ठ अधिकृतहरू, नेपाल आयल निगम र सडक विभागका उच्चअधिकृतहरू, यातायात व्यवसायी संघका प्रतिनिधि लगाएत आमान्त्रित अतिथि वर्गको समेत उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोकका प्रतिभाहरू सम्मानित
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पर्ूव प्रधानमन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा जन्मी देशका विभिन्न भागमा रहेर साहित्य, कला, संस्कृति, उद्योग, पर्यटन तथा खेलकुद तथा अन्य सिर्जनात्मक काम गरेर राष्ट्र र समाजमा उल्लेखनीय योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गर्नुभएको छ । यसरी सम्मानित हुनेहरूमा साहित्यकार रामेश्वर राउत मातृदास, उद्योगपति जीतबहादुर श्रेष्ठ, कलाकार श्रीकृष्ण श्रेष्ठ, पौडी खेलाडी करिश्मा कार्की, पर्यटन व्यवसायी दीपक भण्डारी तथा मिस नेपाल प्रतियोगितामा दोस्रो हुने कुनसान मोक्तान रहनुभएको छ
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पर्ूवप्रधानमन्त्री देउवाले प्रतिभाहरू राष्ट्रका अमूल्य सम्पत्ति भएकाले उनीहरूको सम्मान र हौसला बढाउनु राष्ट्र र समाजको दायित्व भएको बताउनुभयो । उहाँले लेखक, साहित्यकारहरुको कलमले समाजलाई शान्ति र समृद्धिको मार्गमा अग्रसर गराउन महत्वपर्ूण्ा भूमिका खेल्नसक्ने हुँदा त्यसतर्फगम्भीर हुन सबैलाई आग्रह गर्नुभयो ।
यसअघि पर्ूव प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस सिन्धुपाल्चोक-काठमाडौं सर्म्पर्क समितिको उद्घाटन गर्दै देशको चुनौतिको सामना गर्दै प्रजातन्त्रको संस्थागत विकास, शान्ति प्रक्रियाको तार्किक निष्कर्षर संविधान लेखनका लागि सम्पर्ूण्ा कांग्रेसजनलाई एकजुट भएर अघि बढ्न आव्हान गर्नुभयो । सोही अवसरमा देउवाले एकीकृत नेकपा माओवादी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुलाई टीका लगाई पार्टर्ीी्रवेश गराउनुभएको थियो ।
पञ्चराम तामाङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका सभापति एवं पर्ूवमन्त्री मोहनबहादुर बस्नेत, महासमिति सदस्य भुपेन्द्रबहादुर थापा, मित्रबहादुर कार्की, शिव लामिछाने, विकास लामा आदि वक्ताहरूले बोल्नुभएको थियो ।