काठमाडौं । थारु कल्याणकारिणी सभाले एकीकृत नेकपा -माओवादी)ले स्वायत्त गणराज्यहरू घोषणाका क्रममा थारुवान स्वायत्त गणराज्य समेत घोषणा गेरेकोमा त्यसको विरोध गरेको छ । साथै गणराज्य घोषणाका बारेमा थारु कल्याणकारिणी सभाले आफ्नो धारणा पुनः स्पष्टपारेको छ ।
सभाले हालै जारी गरेको विज्ञप्ति अनुसार "थारु कल्याणकारिणी सभा तर्राईलाई 'मधेश' होइन थरुहट तथा तर्राई घोषणा गरिनर्ुपर्छ" भन्दै तराइलाई मधेश बनाउने पक्षमा संविधानसभाका समितिहरू निरन्तर लागिरहेका र यसमा माओवादीको पनि साथ रहेको आरोप लगाएको छ । औपचारिक निर्ण्र्ाागर्ने ठाउँ संविधानसभामा तर्राईका आदिवासीलाई मधेशीकरण गर्ने, तर्राईलाई मधेश बनाउने जस्ता घृणित खेलमा सहभागी हुने अनि सडकमा आएर 'थारुवान स्वायत्त गणराज्य' घोषणा गर्ने माओवादीको नीतिमा अन्य ठूला राजनीतिक दलहरूले पनि उत्तिकै साथ दिएकोमा थारु कल्याणकारिणी सभा घोर भर्त्सना गर्दछ ।
थारु कल्याणकारिणी सभा तर्राईमा आदिवासी जनजाती समुदायहरूको बाहुल्य हुने गरी मुस्लिम, दलित र अन्य अल्पसंख्यक एवं विभिन्न समुदायको पहिचान र अधिकार स्थापित गर्दै प्रदेश निर्धारण गर्नर्ुपर्ने पक्षमा रहेको छ । आफ्नो अधिकारका नाममा अरुको अधिकार र पहिचान समाप्त पार्ने 'मधेशवादी' नीतिको पक्षपोषण गर्दै बनाइने प्रदेश हामीलाई मान्य हुने छैन । हामी के प्रस्ताव गर्दछौं भने आदिवासी बाहुल्य प्रदेश नै बनाइनर्ुपर्छ । यसरी प्रदेश बनाउँदा धेरै संख्यामा प्रदेश बन्छ र मुलुकको आर्थिक अवस्थ्ााले धान्न सक्दैन भन्ने पहाडी मधेशी ब्राम्हणवादी गुटले चलाएको भ्रममा नफस्न पनि हामी अपिल गर्दछौं । आदिवासीहरूले सस्तो र थोरै खर्चमा प्रदेश चलाउन सक्छन् र त्यस्तो प्रदेशले मात्र सुशासन दिनसक्छ भन्ने विश्वाश पनि दिलाउन चाहन्छौं ।
नेपालका आदिवासी जनजातीहरू कुनै राजनीतिक दल विषेशले स्वायत्त गणराज्य घोषणा गरिदियोस् भनी आन्दोलित भएका होइनन् । संविधानसभाले मात्र आदिवासी जनजातीले मागे अनुरुपको स्वायत्त गणराज्य घोषणा गर्नर्ुपर्छ भन्ने थारु कल्याणकारिणी सभाको विचार रहिआएको जनाएको छ ।