काठमाडौं । राष्ट्रिय धर्मसभा नेपालले विगत केही समयदेखि भारत लगायतका देशहरूबाट नेपालका विभिन्न तारे होटलमा बसी आफूलाई तान्त्रिक, भविष्यवक्ता, राजज्योतिष, विभिन्न देवी देवताका उपासक भनी प्रचार गरी सोझासिधा नेपाली जनतालाई ठग्ने गरेकोमा यस्तो प्रचारप्रति विश्वास नगर्न आम नेपाली समुदायमा आव्हान गरेको छ । यसका अतिरिक्त सभाले नेपाली संचार माध्यमहरूले यस्ता विषयका अस्वाभाविक प्रचारप्रसार नगर्न पनि अनुरोध गरेको छ ।
यसै विषयमा हालै राष्ट्रिय धर्मसभा नेपालले विभिन्न संघसंस्थाका प्रतिनिधिसहिको बैठक आयोजना गरी यस विषयमा र्सार्वजनिक विज्ञप्तिमार्फ सचेत हुन आव्हान गरेको छ । संस्थाद्वारा जारी विज्ञप्तिमा- 'सबै र जस्तोसुकै समस्याको पनि समाधान तुरुन्त गरिदिनसक्ने अद्भूत दैवीशक्तिसम्पन्न चामत्कारिक व्यक्तित्वका रुपमा विभिन्न संचार माध्यमबाट आफ्नो विज्ञापन गराएर सोझासिधा नागरिकलाई झुक्यानउने, ठग्ने खालका विज्ञापन प्रकाशित नगर्न र नगराउन' अपिल गरेको छ ।
एकातिर विदेशी ठग प्रवृत्तिका व्यक्तिहरूको गुणगानले भरिएका विज्ञापन प्रकाशन गर्ने काम भैरहेको छ भने अर्कोतिर ज्योतिष, पण्डितहरूलाई विभिन्न टेलिचलचित्र तथा नाटकहरूमा उपहासको पात्र बनाउने गरेकोप्रति पनि ध्यानाकर्षा गाउँदै त्यस्तो कार्य नगर्न अनुरोध गरेको छ । जारी विज्ञप्तिमा- विभिन्न मन्दिर र धार्मिक आस्थाका स्थलहरूमा सरकार, कुनै संस्था वा गैरसम्बन्धित समूहले हस्तक्षेप नगर्न, नगराउन समेत आग्रह गरिएको छ । त्यसै गरी ११ महिने पञ्चाङ्ग निर्माण गर्न सिफारिश गर्ने पर्वसुधार राष्ट्रय कार्यदलको तत्काल विघटन गर्न सरकारसंग माग गरेको छ ।
राष्ट्रिय धर्मसभा, नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टर्राईको अध्यक्षतामा बसेको बैठकले आम नागरिकमा कुनै पनि विज्ञापनको पछाडि नलाग्न अपील गर्दै समयमै यस्ता विकृति तथा ठग प्रवृत्तिलाई रोक्नेतर्फसरकारले तत्कfm गर्नुपर्ने माग समेत गरेको छ ।
भारतबाट आएका कथित ज्योतिष, भविष्यवक्ता तथा दैवीशक्ति सम्पन्न भन्दै नेपाली संचार माध्यममा आकर्ष विज्ञापन गरी करोडौं रुपैयाँको ठगी हुने गरेको समाचार बारम्बार प्रकाशित भैरहे पनि सम्बन्धित पक्षले पटक्कै ख्याल गरेका छैनन् । अर्कोतिर नेपालको राजनीतिका शर्ीष्ा नेताहरू नै भारतीय साधु वा बाबाको शरणमा पर्ने गरेको घटनाले सोझासिधा नेपाली आकषिर्त हुनुलाई कुनै नौलो पनि मान्न सकिन्न ।