प्रधानाध्याधीशमा केदार गिरी
Monday, 10.08.2007, 07:49pm (GMT+5.5)
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा अन्ततः केदारप्रसाद गिरी नै नियुक्त हुनुभएको छ । संसदीय सुनुवाई समितिमा उहाँको न्यायिक व्यक्तित्वबारे गरमागरम वादविवाद भएपछि नियुक्तिमा ढिलाई भएको भए पनि रोलक्रम नमिचिइकन उहाँकै नियुक्ति भएको छ । २०६३ को अन्तरिम संविधान अनुरुप पहिलो प्रधानन्यायाधीश बन्नुभएका प्रधानन्यायाधीश गिरीले पदवहालीपछि राष्ट्रिय सरोकारका मुद्दालाई प्राथमिकता दिनेदेखि लिएर प्रेसप्रति उदार नीति अपनाउने र न्यायमा पारदर्शिता अपनाउने प्रतिवद्धता व्यक्त गर्दै नौ बुँदे अवधारणा र्सार्वजनिक गर्नुभएको छ ।
|