Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:11pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 

सीमाMonday, 12.28.2009, 03:47pm (GMT+5.5)

काठमाडौं दक्षिणी सीमा क्षेत्रमा सीमावर्ती अपराध नियन्त्रणमा सक्रिय सशस्त्र प्रहरी बललाई देशको उत्तरी सीमा क्षेत्रमा समेत परिचालित गर्नुपर्ने, सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरीको संख्यामा बृद्धि गर्नुपर्ने, सीमा अपराध, जवरजस्ती चन्दा, फिरौती, अवैध हतियार ओसारपसार, तस्करी जस्ता आपराधिक कार्य नियन्त्रणको लागि आवश्यक प्रशिक्षण कानुनी ज्ञानको साथै 'काउन्टर पार्ट्स'सँग सुमधुर सम्बन्ध कायम राख्नुपर्ने जस्ता विविध विषयमा निष्कर्षनिकाल्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संचालित तीन दिने 'सीमा सुरक्षा कार्यशाला गोष्ठी सम्पन्न भएको

गोष्ठीको सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार वस्नेतले समापन गर्नुभयो वस्नेतले गोष्ठीको समापन कार्यक्रममा सीमा क्षेत्रसँग सम्बन्धित सवै पक्षको सहभागिता रहेको सो गोष्ठीबाट निस्केको निचोडले कार्यक्षेत्रमा देखापर्ने द्विविधालाई चिर्दै सीमा सुरक्षा तथा सीमावर्ती अपराधको नियन्त्रणमा उल्लेख्य सघाउ पुग्ने बताउनु भयो

सीमा सुरक्षाको जिम्मेवारी समेत बोकेको सशस्त्र प्रहरी बलले आफ्नो अन्य कार्यसँगै सीमाको रक्षा सीमावर्ती अपराधको नियन्त्रणको लागि प्रभावकारी कार्य नविन प्रयासहरु गरिरहेको कुरासमेत सशस्त्र प्रहरी महानिरीक्षक वस्नेतले उल्लेख गर्नुभयो उहाँले सीमावर्ती अपराधको नियन्त्रणका लागि सीमा सुरक्षा कार्यलाई समयानुकुल परिमार्जन गर्दै लैजानेतर्फसशस्त्र प्रहरी बलले ध्यान पुर्याइरहेको उल्लेख गर्नुहुँदै उहाँले यसै आर्थिक वर्षाट उत्तरी सीमातर्फसमेत सशस्त्र प्रहरी बलको तैनाथीको सुरुवात गरिने उल्लेख गर्नुभयो 'देशको उत्तरी सीमाना नियन्त्रित रहेको तथा भौगोलिक विकटताले गर्दा चुनौतीहरु रहेका छन् भने अन्य भू-भागहरु खुल्ला सिमाना भएको कारण त्यसतर्फपनि चुनौतीहरु छन्, यी चुनौतीलाई परास्त गर्न गोष्ठीको सुझावले सघाउ पुर्याउने ' महानिरीक्षक बस्नेतको कथन थियो

सशस्त्र प्रहरी बल प्रधान कार्यालय सीमा सुरक्षा विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कोषराज वन्तले धन्यबाद ज्ञापनको क्रममा पहिलो पल्ट आयोजित यो गोष्ठी ज्यादै नै फलदायी रहेको गोष्ठीको निष्कर्षे सीमा क्षेत्रमा दायित्व निर्वाह कार्यमा सरलता ल्याउने विश्वास व्यक्त गर्नुभयो गोष्ठीबाट कार्यक्षेत्रको कमिकमजोरी सुधारका पक्षहरुबारे प्रशस्त जानकारी भएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वन्तले गोष्ठीको सुझावले सीमा सुरक्षा सीमावर्ती अपराध नियन्त्रणमा अझै प्रभावकारी कार्य गर्न सकिने उल्लेख गर्नुभयो

सीमा क्षेत्रसँग सम्बन्धित सम्पर्ूण्ा पक्ष तथा सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी बलको सवै इकाईका प्रमुखहरुको उपस्थितिमा पहिलोपल्ट आयोजना भएको सो गोष्ठीमा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, कानुन मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, नापी विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, सीमाविद लगाएतको विभिन्न निकायका प्रमुख तथा विज्ञबाट सीमा क्षेत्रका विविध विषयमा प्रस्तुतिकरण रहेको थियो

प्रस्तुतीका विषयमा यी निकायका प्रमुख तथा प्रतिनिधि एवं गोष्ठीमा सहभागी विच विस्तृत छलफल समेत भएको थियो   गाृष्ठीले गैरकानुनी गतिविधि नियन्त्रणमा कटिबद्ध रहनुपर्ने तथा सीमा क्षेत्रमा खटिएका एपीएफ टोलीलाई सीमा सुरक्षा कार्यको लागि सशस्त्र प्रहरी ऐन बमोजिम परिचालित गर्नुपर्ने निष्कर्षनिकालेको यसका साथै सीमा क्षेत्रमा परिचालित एपीएफ टोलीको संख्या ज्यादै न्युन रहेको हुँदा सीमा सुरक्षा कार्यालयमा जनशक्ति बृद्धि गर्नुपर्ने तथा सीमा क्षेत्रमा हुने गैरकानुनी कृयाकलाप नियन्त्रणमा सशस्त्र प्रहरी कर्मचारीको संख्या क्रमशः बृद्धि गर्दै लैजानु पर्ने निष्कर्षनिकालेको

सीमासँग सम्बन्धित कार्यमा समयानुकुल आवश्यक प्रशिक्षण दिनुपर्ने, चोरीपैठारी निकासी कार्य नियन्त्रण गरी राजस्व उठन्ती कार्य बृद्धि गर्न सहयोग पुर्याउने, मौजुदा वीओपी -वोर्डर अब्जरभेशन पोष्ट) को स्तर बृद्धि गर्दै क्रमशः विस्तार गर्दै लैजानु पर्ने जस्ता विभिन्न निष्कर्षरु समेत गोष्ठीले निकालेको

सीमा क्षेत्रको विविध पक्षका समस्याहरुको पहिचान गरी ती समस्या निराकरणको बाटो पहिल्याउने, स्ाीमावर्ती अपराध नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन आवश्यक विषय पहिचान गर्ने, सीमा क्षेत्रसँग सम्वद्ध निकायविचको समन्वय समझदारीमा अभिबृद्धि गर्ने लगायतका विविध विषयमा छलफल गरी निष्कर्षनिकाल्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको थियो गोष्ठीबाट निस्केको सुझावले सीमा सुरक्षा सीमावर्ती अपराध नियन्त्रणमा सघाउ पुग्ने विश्वास लिएको

 

चीनबाट नेपाली सेनालाई सहयोग

काठमाडौं मित्रराष्ट्र जनवादी गणतन्त्र चीनले नेपाली सेनाका लागि करिब ३० करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको चिनीया सेनाका मेजर जनरल जिया जियोनिङको नेतृत्वमा नेपाल भ्रमणमा रहेका सात सदस्यीय भ्रमण दलले सो घोषणा गरेको हो भ्रमण दलले निमित्त प्रधानसेनापति उपरथी श्री तोरण जंग बहादुर सिंहसँग जंगी अड्डामा शिष्टाचार भेटघाट गरेको थियो

सो भ्रमण दलले जंगी अड्डामा आयोजित अर्को कार्यक्रममा नेपाली सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशक, उपरथी श्री गौरबशम्शेर ..रा. संयोजक रहेको नेपाली प्रतिनिधी मण्डलसँग समेत भेटघाट गरेको थियो उक्त भेटघाटको क्रममा दर्ुइ पक्षबीच विगतमा नेपाली सेनालाई चिनीया सेनाबाट भएका बिभिन्न सहयोग, दर्ुइ देशका सेनाबीच सम्बन्ध विस्तारका उपायहरू, द्विपक्षीय क्षमता अभिवृद्धि तथा सहयोग आदान प्रदान लगायतका विविध बिषयहरूमा छलफल भएको थियो सो अवसरमा दर्ुइ करोड ८० लाख चिनिया युआन बराबरको सैनिक सहयोग आगामी पाँच वर्षभत्र नेपाली सेनालाई उपलब्ध गराउने सम्झौता भएको उक्त सम्झौता पत्रमा चिनिया पक्षबाट मेजर जनरल जिया जियोनिङ नेपालको तर्फबाट उपरथी श्री गौरबम्शेर ..रा.ले हस्ताक्षर गर्नु भएको थियो चिनिया पक्षले सम्झौता पत्रमा उल्लेख भएको रकम  बराबरको  इञ्जिनियरिङ्गका सामानहरू उपलब्ध गराउने छन्

नेपाल सरकार, मन्त्रिपरिषद्को निर्ण्र्ााबमोजिम चिनिया प्रतिनिधि मण्डलसँग वार्ता गर्न उपरथी श्री गौरबशम्शेर ..रा.को संयोजकत्वमा सात सदस्यीय प्रतिनिधी मण्डल तोकिएको थियो


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राष्ट्रिय धर्मसभाको आपत्ति (12.15.2009)
स्वायत्त गणराज्यहरू घोषणाप्रति आपत्ति (12.15.2009)
सुगौली सन्धि खारेजीको मागसहित& (12.07.2009)
पञ्चेश्वर आयोजना अघि नबढाउ (11.30.2009)
महासंघ र एफएमएम बी (11.23.2009)
पाटन अस्पतालमा मृगौला केन्द्र& (11.16.2009)
बाढी पीडितलाई राहत वितरण ः विस्थापितहरूले सँगै भात खाए (11.09.2009)
नवौं सशस्त्र प्रहरी दिवसमा विविध संस्कृतिक कार्यक्रम (11.02.2009)
डा. सुवेदी पुरस्कृत (10.26.2009)
बम डिस्पोजल एडभान्स तालिम (10.12.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा

© Neeraz.Com 2007
[Top Page]