काठमाडौं । र्सार्वजनिक निजी साझेदारीको ढाँचा अनुरुप विभिन्न ४५ वटा जिल्लाहरूमा लघु तथा साना जलविद्युत विकास गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र सीइडीवी हाइड्रो फण्ड लि./क्लिन इनर्जी डेभलेपमेण्ट बैंक बीच महासंघ सचिवालयमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा महासंघका अध्यक्ष कुशकुमार जोशी र सीइडीवी हाइड्रो फण्ड लि. अध्यक्ष मनोज गोयलले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार विभिन्न ४५ वटा जिल्लामा १ देखि १० मेगावाटसम्मका लघु तथा साना जलविद्युत आयोजनालाई र्सार्वजनिक-निजी साझेदारी मोडल अनुरुप विकास गरिने छ । स्थानीय निकायहरूको संलग्नतामा विकास गरिने ती आयोजनाहरूमा सीइडीवी हाइड्रो फण्ड लि./क्लिन इनर्जी डेभलेपमेण्ट बैंकले स्थानीय तहबाट लगानी खोजी गरी लगानीको व्यवस्थापन गर्नेछ । चार वर्षो यस कार्यक्रम अन्तरगत पहिलो आयोजनाको रुपमा धादिङको महेशखोला जलविद्युत आयोजना छिट्टै शुरु हुँदैछ भने अन्य चारवटा आयोजना कार्यान्वयनको क्रममा रहेका छन् ।
सम्झौता अनुसार नेपाल उद्योग वाणिज्य महासंघ र सीइडीवी हाइड्रो फण्ड लि./क्लिन इनर्जी डेभलेपमेण्ट बैंकले स्थानीय तहबाट पहिचान भइआएका लघु तथा साना जलविद्युत विकासलाई स्थानीय गाविस, जिविस र स्थानीय निकायहरू, उद्योग वाणिज्य संघ लगायतका संघ/संस्थाहरूको प्रत्यक्ष सहभागिता एवं लगानीमा संयुक्त रुपमा अगाडी बढाउने छन् । लघु तथा साना जलविद्युत विकासबाट मुलुकले भोग्नु परेको चर्को लाडसेडिङको समस्यालाई न्यून गर्न सहयोग पुग्नुको साथै स्थानीय जनताको प्रत्यक्ष सहभागिता रहने यस्ता आयोजनाहरू दीगो समेत हुने धारणा महासंघको छ ।
सम्झौतापत्रमा हस्ताक्षर पछि बोल्नु हुँदै महासंघका अध्यक्ष जोशीले नेपाललाई वर्तमान उर्जा संकटबाट मुक्त पार्न नेपाली पूँजी, प्रविधि र बजारको उच्चतम परिचालन र उपयोग गर्दै आन्तरिक रुपमा उर्जा आपर्ूर्ति गर्ने नीतिलाई प्राथमिकता दिई कार्यान्वयनमा लैजानु पर्ने आजको अवस्थामा दुवै संस्था बीच सम्पन्न सम्झौताले सम्भाब्य लघु तथा साना जलविद्युत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा सीइडीवी हाइड्रो फण्ड लि. का अध्यक्ष मनोज गोयलले मुलुकको लघु तथा साना जलविद्युत विकासमा विकासमा महासंघसंग मिलेर कार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुँदै निर्धारित समयभित्रै लक्षित उपलव्धी हासिल हुने विश्वास प्रकट गर्नुभयो ।
स्व. वीरेन्द्रको सम्झना
काठमाडौं । स्वर्गीय राजा वीरेन्द्रको ६५ औं जन्मजयन्ती तथा राष्ट्रिय समाज सुधार संस्थाका अध्यक्ष तथा शहीद मञ्जुर वर्ल्डको ५५ औं जन्मजयन्तीको अवसर पारेर वृहद् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वसन्तपुर डबलीमा सम्पन्न सो समारोहमा राष्ट्रिय मुद्दाहरूलाई जोडतोडका साथ उठाइएको थियो । कार्यक्रममा सीमा अतिक्रमण, राजसंस्था, धर्म र संस्कृति, महंगी, खानेपानी, लोडसेडिङ लगायतका विषयहरूमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता जुक्तिजंग लामिछानेले देश यतिबेला दलहरूको घोषणापत्र र आदेशमा चलाइराखेको आरोप लगाउँदै जनताको हितका लागि संवैधानिक लर्डाईं जारी राख्नुपर्ने बताए । त्यसै गरी 'देशमरु झया'का सम्पादक प्रदीपमान श्रेष्ठले २०६७ जेठ १४ गते संविधान जारी नभएमा देशमा रक्तपातपर्ूण्ा घटना घट्नसक्ने चेतावनी दिए ।
कार्यक्रममा दर्ीघराज प्रर्साई, नानीमैया दाहाल, अपिलमान खड्गी लगायतका वक्ताहरूले मुलुकको वर्तमान वस्तुस्थितिको चित्रण गर्नुभएको थियो ।