Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:15am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 
'असोजतन्त्र'को नयाँ अध्याय थालनी
Monday, 10.08.2007, 07:50pm (GMT+5.5)

काठमाडौं । सत्ता र राजनीतिक गठबन्धनमा सामेल सात राजनीतिक दलले असोज १८ गते मंसिर ६ गते गर्ने भनिएको संविधानसभाको निर्वाचन स्थगित गर्ने निर्ण्र्ाागरी आफ्नो अक्षमता पर््रदर्शन गरेर 'असोजतन्त्र'को नयाँ अध्याय थालनी गरेका छन् । नेकपा माआवादीले 'टेलर'का रुपमा असोज १ गते सत्ता परित्याग गरी 'असोजतन्त्र'को नयाँ अध्यायको वीजारोपण गरेपछि असोज १८ गते त्यसले पर्ूण्ाता पाएको छ । २०५९ साल असोज १८ गते निर्वाचन गर्न असक्षम घोषित भएर शेरबहादुर देउवाको सत्ता विस्थापित भएको थियो । घुमिफिरी रुम्जाटार भनेझैं देशको राजनीति पुनः निर्वाचनको बाटो समाप्त नसकेर अठार असोजमै पुगेको छ । असोज १८ मा प्रतिगमन गरेको देशको राजनीतिले अब कुन मोड लिने हो - शंका, उपशंकाका अनेक लहरहरु उठेका छन् ।

जनताको अभिमतको कदर र निर्ण्र्ााअधिकारको सुरक्षा नभएकाले प्रजातन्त्रले संस्थागत गति लिन सकेन । तत्कालीन सत्ताले आवधिक निर्वाचन गर्न नसक्ने निर्ण्र्ाागरेपछि नै 'असोजतन्त्र'को पहिलो अध्याय सुरु भएको थियो । पाँच वर्षो अन्तरालमा मेची-महाकाली, कोशी-कर्ण्ााली र बाग्मती-विष्णुमतिमा धेरै पानी मात्र बगेन नेपालभूमिमा रगतको खोलो पनि बग्यो । राजनीतिमा अनेकथरि प्रयोगहरु भए । पहिलो असोजतन्त्रबाट त्रसित हुनेहरु प्रकारान्तरले दिल्लीको शरणमा पुगे । परिणतिले मुलुकलाई बाहृयशक्तिहरुको क्रिडाभूमि बनायो । गठबन्धनमा सामेल दलहरुले जति नै क्रान्तिकारी र आमूल परिवर्तनकारी छवि दिन खोजे पनि जनताको निर्ण्र्ााअधिकारको रक्षा गर्दै संविधानसभाको निर्वाचनमा होमिने आत्मबल पर््रदर्शन गर्न सकेनन् । तीन तीन पटक निर्वाचनको म्याद सारेर पनि निर्वाचन गर्न नसकेर आफ्नो अकर्मण्यता र अक्षमता पर््रदर्शन गर्दै 'असोजतन्त्र' नै वरण गर्न दलका नेताहरु पुगे । राजनीतिक प्रतिगमनको यो प्रकरणले मुलुकलाई अकल्पनीय दर्ुघटनाको बाटोतिर धकेलिरहेको छ । बाहृयशक्तिले कसलाई काखमा राखेर भाग्य चम्काइदिन खोज्ने हो र कसलाई पाखा राखेर सडकमा कोलाहल मच्चाउन पुर्‍याउने हो - भोलिका दिनले नै बताउने छन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
एउटा दल हरायो (10.08.2007)
प्रधानाध्याधीशमा केदार गिरी (10.08.2007)
पत्रकार अपहरणको र्सवत्र विरोध (10.08.2007)
के हो समानुपातिक प्रणाली (10.08.2007)
बडा दशैंको शुभकामना- कविराज सिपखान (10.08.2007)
चिनीया राजनीतिक टोलीको भ्रमणराजनीतिक, कुटनीतिक वृतमा विशेष चासो (10.01.2007)
भट्टर्राई एकमात्र संस्थापक नेता - मदनमणि दीक्षित (10.01.2007)
गठबन्धनलाई अदालती प्रहार (10.01.2007)
नेताहरुलाई निल्नु न ओकल्नु (10.01.2007)
प्रेस स्वतन्त्रता जोखिममाप्रकाशनमा अवरोध (10.01.2007)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]