संयोग कि षड्यन्त्रमूलक खेल
Monday, 10.08.2007, 07:51pm (GMT+5.5)
काठमाडौं । मुलुकको राष्ट्रियता खतरामा परेको भन्ने अभिव्यक्ति प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिनुभएको केही दिनपछि भारतका एक नेताले भारतीय प्रधानमन्त्रीले नेपालमा हस्तक्षेप गर्नुपर्ने बताएका छन् । नेपालको राजनीतिमा सधैं आफ्नो हैकम चलाइरहेको भारतको केन्द्रीय सत्ता मात्र होइन प्रान्तीय नेताहरु समेत नेपालको राजनीतिमा जतिसक्दो चाँडो भारतीय हस्तक्षेप हुनुपर्ने अभिव्यक्ति दिन थालेका छन् । यस्तो अभिव्यक्ति हालै मात्र भारत उत्तर प्रदेशका नेता मुलायम सिंह यादवले दिएका हुन् । उनको अभिव्यक्तिसंगै नेपालको राजनीतिले अर्को मोड लिएको छ । यसलाई संयोग मात्र मान्ने कि गहिरो खेल छ - त्यो त आगामी दिनमा प्रष्टिने नै छ ।
नेपालको राजनीतिमा यो भन्दा नांगो हस्तक्षेप कहिल्यै भएको थिएन । विदेशी हस्तक्षेपको खुला पर््रदर्शन नभए पनि नेपालको विषयमा त्यहाँका जिम्मेवार नेताले हस्तक्षेपको आग्रह आफ्ना प्रधानमन्त्रीलाई गर्नु पनि हस्तक्षेप नै हो । यदि होइन भने त्यो अधिकार उनलाई कसरी प्राप्त भयो भन्ने प्रश्न कायम रहन्छ । भारतको उत्तरप्रदेशका नेता मुलायमसिंह यादवले नेपालको पछिल्लो राजनीतिक गतिरोधका कारण बिहार र उत्तरप्रदेशमा नकारात्मक प्रभाव परेको भन्दै राजनीतिक हस्तक्षेप गर्न त्यहाँका प्रधानमन्त्री मनमोहन सिंहलाई आग्रह गरेका हुन् । यादवले दर्ुइ हप्ताअघि भारतीय संचारमाध्यमहरुमा यस्तो अभिव्यक्ति दिएका भए पनि नेपाली संचार र राजनीतिक क्षेत्रले यस विषयमा कुनै चासो देखाएन । आन्तरिक राजनीतिमा आ-आफ्नै शक्ति स्थापनाको होडमा जुटेको नेपालको राजनीतिले पछिल्लो समयमा हस्तक्षेपको ठाडो चुनौतीलाई समेत वेवास्ता गरेको देख्दा राष्ट्रवादी नेपाली जनता निराश भएका छन् ।
नेपालको राजनीति कहिल्यै नेपालीको हातमा रहेन । नेपाली जनताको निर्ण्र्ाान्दा भारतीयहरुको निर्देशन र निर्ण्र्ाााई शिरोधार्य गर्ने हाम्रा राजनीतिक नेतृत्वको अकर्मण्यता र राष्ट्रप्रति गैरजिमेवार रहँदाको परिणाम अहिले नेपाल भारतीयको राजनीतिक र शक्ति स्थापित गर्ने क्रिडास्थल बनिरहेको छ । भारतको राजनीतिक हस्तक्षेप कुनै न कुनै रुपमा अहिले पनि जारी रहेको सर्न्दर्भमा सिधैं हस्तक्षेप गर्नुपर्ने मुलायमको अभिव्यक्तिले भारतले नेपालमा के चाहेको छ भन्ने प्रष्ट पारेको छ । नेपालको प्राकृतिक स्रोत साधनमाथि एकाधिकार जमाउन उद्यत रहेको भारतले यहाँको राजनीतिक अस्थिरता र दलहरुबीचको फाटोलाई मलजल गरेर अझै कति स्वार्थसिद्ध गर्ने हो - यसै भन्न सकिने स्थिति छैन ।
नेपालको राजनीतिक अस्थिरताले भारतलाई खतरा परेको भन्दै हस्तक्षेपको आव्हान गर्ने मुलायम सिंह यादवको अभिव्यक्तिको र्सार्वजनिक भएको दोस्रो हप्ता नवित्दै नेपालको अस्थिरता चुलिन पुग्यो । निर्धारित मितिमा संविधानसभाको निर्वाचन नगर्ने राजनीतिक सहमतिले मुलुकको विधि र लोकतान्त्रिक पद्धतिलाई तहसनहस पारेर कसको कस्तो स्वार्थ पूरा गर्न खोजिएको हो - नेपाली जनता उत्तको प्रतिक्षामा छन् । मुलायम सिंहको अभिव्यक्ति र नेपालको बढ्दै गएको राजनीतिक संक्रमणलाई संयोग मात्र मान्ने कि नियोजित षड्यन्त्र नै ठहर्याउने हो - अहिले जनमानयमा यस्तै कुतुहलता जागृत छ ।
|