काठमाडौं । संविधानसभाको राज्यपुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले तयार पारेको अवधारणापत्र र मस्यौदामा थारू कल्याणकारिणी सभाको गम्भिर ध्यानाकर्षा भएको जनाएको छ । सभाले नेपालमा संघीयताको माग किन उठेको हो भन्ने पहिचान नै नगरी प्रदेश निर्धारण गर्ने काम गरिएको देखिन्छ । यही कारणले प्रदेश निर्धारण सही ढंगले नभएको बताएको छ ।
सभाले संघीयताको माग विभिन्न जाति, समुदाय, भाषाभाषी र धर्मावलम्बीहरूको पहिचान र आत्मसम्मानका लागि गरिएको हो । भन्दै जातिय आत्मनिर्ण्र्ााो अधिकार प्रयोग गरी जाति तथा समुदायले आफ्नो विकास गर्दै राष्ट्रिय एकतालाई अभिवृद्धि गर्न सकुन् भन्ने उद्देश्यले संघीयताको माग गरिएको हो भन्ने स्पष्ट पारेको छ ।
सभाले अहिले प्रस्ताव गरिएको १४ प्रदेशलाई राज्यले धान्न नसक्ने भन्दै१४ प्रदेशको प्रस्तावलाई फिर्ता लिइ जनसंख्या, भूगोल र ऐतिहासिकताका आधारमा आदिवासी, जनजाति, दलित, मुस्लिम तथा अल्पसंख्यकहरूको बाहुल्य हुने गरी तथा सबै समुदायको अधिकार स्थापित हुने गरी वैज्ञानिक आधारमा प्रदेश निर्धारण गरिनर्ुपर्छ भनेको छ । यसका लागि संविधानसभालाई सच्याउन र घच्घच्याउन सभाले माघ महिनाभरि संविधानसभाको खबरदारी र भण्डाफोर अभियान चलाउने बताएको छ । जस अर्न्तर्गत- माघ २० गते संविधानसभाका ११ वटा मस्यौदा र १४ प्रदेशको खाका काठमाडौंमा जलाउने । माघ २४ गते अपरान्ह जिल्ला सदरमुकामहरू तथा बजारहरूमा मसाल जुलुस निकाल्ने तथा माघ २५ गते थरुहट तर्राईमा आमहडताल गरी प्रत्येक जिल्ला सदरमुकाम तथा बजारहरूमा संविधानसभाका ११ वटा मस्यौदा र १४ प्रदेशको खाका जलाउने रहेको छ ।
शतवाषिर्की विशेषांक विमोचित
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्कीको अवसरमा राजधानीमा शास्त्रीमार्ग स्मारिक महाकवि देवकोटा शतवाषिर्की विशेषको विमोचन गरिएको छ । स्मारिका राष्ट्रकवि माधवप्रसाद घिमिरेले विमोचन गर्नुभएको थियो । शास्त्रीमार्ग टोल उपभोक्ता समितिको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रकवि घिमिरेले मुलुककै अमूल्य निधिका रुपमा रहेका महाकवि देवकोटाप्रति गौरवभाव व्यक्त गर्न र चीरस्मरणीय बनाउन शास्त्रीमार्ग टोल उपभोक्ता समितिले गरेको कार्यमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति तथा शास्त्रीमार्ग टोल उपभोक्ता समितिका अध्यक्ष डा. विश्वदीप अधिकारीले महाकवि देवकोटाको शतवाषिर्की चलिरहेको समयमा उहाँ र कवि हरिहर शास्त्री दुवैको साधनागृह रहेको शास्त्रीमार्गमा पर्ने भएकाले टोलबासीले महाकव्रि्रति सम्झना, गौरव, स्रद्धाञ्जली र समवेदना प्रकट गर्न स्मारिका प्रकाशन गरेको बताउनुभयो ।
कार्यक्रममा कवि विश्वविमोहन श्रेष्ठ, शैलेन्द्र साकार, पवन आलोक, रामेश्वर राउत मातृदास, रमेश खकुरेल, काल्रि्रसाद रिजाल, धिरेन्द्र प्रेमषिर् लगायतका कविहरूले महाकव्रि्रति श्रद्धाभाव व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको थियो ।
यसैबीच निर्झ दिलचेत वाङ्मय प्रतिष्ठानको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डले संघीय मामिला, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री डा. मिनेन्द्र रिजाललाई भेटी भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान योग्य, क्षमतावान साहित्यिक स्रष्टाहरूको नेतृत्वमा यथाशीघ्र गठन गर्न माग गरेको छ । साथै प्रतिष्ठानले महाकवि देवकोटा निवास 'कविकुञ्ज' मैतिदेवीलाई राष्ट्रियकरण गरी त्यसको उचित संरक्षण गर्न माग गरेको छ । प्रतिनिधिमण्डलले मन्त्री रिजाल समक्ष 'कविकुञ्ज'लाई सम्पर्ूण्ा कवि, लेखक, साहित्यकार, कलाकारहरूका लागि प्रेरणादायी थलोका रुपमा विकसित गर्ने कार्य थालनी गर्न आग्रह गरेको प्रतिष्ठानका अध्यक्ष रामेश्वर राउत मातृदासले बताउनुभएको छ ।
प्रतिनिधिमण्डलले भाषा, साहित्य, कला, संस्कृतिको विकासका लागि गठन भएका साहित्यिक संघ-संस्थाहरूले निरन्तर रुपले गर्दै आइरहेको निस्वार्थ साहित्य सेवजाको निष्पक्ष मूल्यांकन गरी मन्त्रालयबाट प्रोत्साहन स्वरुप दिइँदै आएको अनुदान सहयोग कटौती गरिएकोमा आपत्ति व्यक्त गर्दै उक्त सहयोगात्मक कार्यलाई निरन्तरता दिन पनि मन्त्री रिजालको ध्यानाकर्षा गराएको समाचार छ ।