Yugasambad.Com.Np
National Weekly
 
Friday, 03.12.2010, 04:14am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
समय सीमाभित्र संविधान नबने के होला ? ; संवैधानिक संकट खडा गर्ने ; राप्रपा नेपालको उपत्यका बन्द ; राष्ट्रपतिको भारत भ्रमणबारे व्यापक ; सञ्चारकर्मी जमीम शाहको हत्याल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्य समाचार
 

दर्ुइ लाखको अवलोकन, तीन करोडको कारोबार


Tuesday, 02.02.2010, 08:07am (GMT+5.5)

चितवन । चितवनको रत्नगरस्थित टिकौलीमा भएको रत्ननगर महोत्सवमा दर्ुइ लाख दर्शकले अवलोकन गरेको तथा तीन करोडभन्दा बढीको आर्थिक कारोबार भएको मेला व्यवस्थापन समितिले जनाएको छ । नौ दिनसम्म सञ्चालित सो महोत्सव रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा भएको थियो ।

महोत्सवमा यसपटक विशेष आकर्षाको रूपमा केरा र माछाका विभिन्न उत्पादन तथा खाद्य परिकारको पर््रदर्शन र बिक्री वितरण गरिएको थियो ।

वि.सं.२०५७ देखि प्रत्येक दर्ुइ वर्षा यहाँ महोत्सव हुँदै आएको छ । मेलामा रहेको स्टलमध्ये सर्वोत्कृष्ट स्टलमा रिजाल फुड प्रोडक्ट, उत्कृष्टमा सहिद स्मृति क्याम्पस रत्ननगर, उत्तममा इन्टरनेसनल फुड प्रोडक्ट रहेको थियो भने सान्त्ावनामा किम्बु नर्सरी केन्द्र र प्रजा सहकारी संस्था शक्तिखोरको स्टल रहेको थियो ।

महोत्सव अवधिभरि सौराहा विशेष प्याकेज कार्यक्रम विभिन्न ताल, तलैयाको भ्रमण तथा चितवनका महत्वपर्ूण्ा पर्यटकीय नगरीको भ्रमण गर्ने जस्ता जानकारीमूलक कार्यक्रमहरू थिए । महोत्सव अवधिभर दर्शकहरूलाई ऊट र हात्ती चढेर विभिन्न क्षेत्रको अवलोकन गर्ने व्यवस्था मिलाइएको थियो ।

एपीएफ टोली सुडान प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्तिस्थापनार्थ युनाइटेड् नेशन्स मिसन इन डार्फ सुडानको लागि खटिएको १९ सदस्यी एपीएफ टोली यही बिहिबार त्यसतर्फप्रस्थान गर्‍यो ।

सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार वस्नेतले सो टोलीलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित समारोहमा शुभकामनासहित हार्दिक विदाई गर्नुभयो ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक वस्नेतले संसारका बहुसंख्यक देशका प्रतिनिधिहरूको सहभागिता रहने संयुक्त राष्ट्रसंघीय मिसनमा सशस्त्र प्रहरी बलकोतर्फाट नेपाल र नेपालीको प्रतिनिधिको रुपमा खटिने एपीएफ अधिकृतहरूले राष्ट्र र संगठनको शिर उच्च हुने ढंगबाट कार्यसम्पादन गरी स्वदेश फर्किने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बढीभन्दा बढी अधिकृत तथा जवानहरूलाई राष्ट्रसंघीय मिसनमा सहभागि गराउने सोचअनुरुप प्रदान गरिदैआएको यस्ता अवसरलाई सशस्त्र प्रहरी कर्मचारीहरूले संगठनको देन सम्भिmएर अझै उच्च मनोवलका साथ दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद भट्टको कमाण्डमा त्यसतर्फप्रस्थान गरेको उक्त टोलीमा सशस्त्र प्रहरी नायव उपरीक्षक सात जना, सशस्त्र प्रहरी निरीक्षक सात जना र सशस्त्र प्रहरी नायव निरीक्षक पाँच जना गरी कूल १९ जना अधिकृतहरू रहेका छन् ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू कृष्णबहादुर विष्ट, ठाकुरमोहन श्रेष्ठलगायत एपीएफ अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

खाद्य सुरक्षामा स्वीस सहयोग

काठमाडौं । नेपालका आठ जिल्लाका दर्ुगम क्षेत्रको खाद्य सुरक्षामा सुधार ल्याउन नेपाल सरकार र स्वीस सरकारबीच सम्झौता भएको छ । स्वीस सरकारले जीविकोपार्जन सुधारका लागि स्थानीय पर्ूवाधार कार्यक्रम सम्बन्धी दोस्रो चरणको कार्यक्रमका लागि करिब ४७ करोड ६१ लाख ९२ हजार सहयोग गर्ने भएको हो । सहयोग सम्झौतामा नेपालका तर्फाट अर्थमन्त्रालयका सहसचिव लालमणि जोशी र स्वीस सरकारका तर्फाट स्वीस एजेन्सी फर डेभलोपमेन्ट एन्ड को-अपरेसनका प्रमुख एलिजाबेथ भोन कापेलरले हस्ताक्षर गर्नुभयो ।

सो कार्यक्रमअर्न्तर्गत दैलेख, अछाम, जाजरकोट, कालिकोट, दोलखा, रामेछाप, ओखलढुङ्गा र खोटाङ जिल्लाका ग्रामीण क्षेत्रमा साना सिँचाइ आयोजना सञ्चालन गरी दर्ुइ हजार ३०० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याई खाद्य सुरक्षा गरिनेछ ।

महिलामात्रै बन्ध्याकरण गर्न बाध्य

कञ्चनपुर । महिलामाथि हुने भेदभाव र पुरुषहरूमा रहेको अन्धविश्वासका कारण कञ्चनपुरको ग्रामीण क्षेत्रमा महिलामात्रै बन्ध्याकरण गर्न बाध्य छन् । सो क्षेत्रमा पुरुषले बन्ध्याकरण गरेमा देउता रिसाउने, समाजमा पानी नचल्ने र कमजोर हुने अन्धविश्वासका कारण यहाँका पुरुषहरू आफूले बन्ध्याकरण नगरी महिलालाई पठाउने गरेको देखिएको छ ।

पुरुषले गर्ने बन्ध्याकरण महिलाले गर्ने मिनिल्यापभन्दा कम झन्झटिलो हुने र छिट्टै निको हुने र जस्तोसुकै कार्य गर्न सक्षम हुने भए पनि सामाजिक चेतनाको अभावमा पुरुष बन्ध्याकरण गर्न आउने गरेका छैनन् । यो कुराको खुलासा यहाँका आधा दर्जनभन्दा बढी ग्रामीण क्षेत्रमा हालै जिल्ला जनस्वास्थ्य कार्यालय र मेरिस्टोप सेन्टरले संयुक्तरूपमा सञ्चालन गरेको बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउने अधिकांश महिलामात्रै संलग्न भएपछि भएको हो ।

जनस्वास्थ्य कार्यालयका अनुसार त्रिभुवन बस्तीमा सञ्चालन भएको शिविरमा ६९ जना महिलाले मिनिल्याप गराएका थिए भने नौ जना पुरुषले मात्र भ्यासेक्टोमी गरेका थिए । त्यसैगरी रामपुर विलासीपुरमा ४७ महिला, आठ पुरुष, बेलडाँगीमा ४२ महिला, नौ पुरुष, झलारीमा ३२ महिला, एक पुरुष, दोधारामा ५८ महिला, दर्ुइ पुरुष, कृष्णपुरमा ४८ महिला, चार पुरुष र श्रीपुरमा ६० महिला र पाँच पुरुषले मिनिल्याप र भ्योसेक्टोमी गरेको जनस्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ ।

'सरकारी पक्षबाट बन्ध्याकरण गराउन प्रोत्साहन गर्न बन्ध्याकरण गराउनेलाई श्रम क्षतिपर्ूर्तिवापत प्रतिव्यक्ति रु. १२५ प्रदान गरिँदै आए पनि ११ सयलाई बन्ध्याकरण गर्ने लक्ष्य लिइएको उक्त शिविरमा जम्मा तीन सय ६७ जनाले मात्रै बन्ध्याकरण गराएको जनस्वास्थ्य अधिकृत रुद्र गुरुङले भन्नुभयो ।

बन्ध्याकरण गर्न धेरैजसो भारततर्फलाग्ने र परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि हुनुले पनि बन्ध्याकरण गर्नेको सङ्ख्या घटेको उहाँको तर्क थियो ।

'पुरुषले बन्ध्याकरण गरेमा यौन सन्तुष्टि कम हुने र भौतिकरूपमा काम गर्न असक्षम हुने भन्ने भावनाले पुरुषहरूले बन्ध्याकरण नगर्ने महिला स्वयंसेविका पुष्पा केसीले बताउनुभयो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
चाँैध प्रदेश विरुद्ध थारू (01.26.2010)
सुदूर पश्चिमाञ्चलका पत्रकारहरु (01.18.2010)
लघु तथा साना जलविद्युत (01.12.2010)
सीमा निरीक्षण टोलीले समस्या (01.04.2010)
सीमा (12.28.2009)
राष्ट्रिय धर्मसभाको आपत्ति (12.15.2009)
स्वायत्त गणराज्यहरू घोषणाप्रति आपत्ति (12.15.2009)
सुगौली सन्धि खारेजीको मागसहित& (12.07.2009)
पञ्चेश्वर आयोजना अघि नबढाउ (11.30.2009)
महासंघ र एफएमएम बी (11.23.2009)



 
  ::| Events
March 2010  
Su Mo Tu We Th Fr Sa
  1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31      
 
::| Hot News
राजनीतिक कटुताको विस्तार ः शान्ति प्रक्रिया जोखिममा

© Neeraz.Com 2007
[Top Page]