काठमाडौं । विश्वको पर्यटकहरुका लागि पदयात्राको आकर्ष रहेको विश्व प्रसिद्ध अन्नपर्ूण्ा क्षेत्रमा मोटर चल्न थालेपछि यहाँको पदयात्रालाई सुचारु गर्न वैकल्पिक पदयात्रा मार्गको खोजी सुरु भएको छ । परम्परागत पदयात्रा मार्गमध्ये मुस्ताङका अधिकांश, मनाङ र म्याग्दीको केही भागमा मोटर चल्न थालेकोले पदयात्रा पर्यटनमा देखिएको सङ्कटलाई निकास दिन वैकल्पिक मार्गको खोजी भएको हो ।
अन्नपर्ूण्ा क्षेत्रको पदयात्रा गर्न पर्यटकलाई २१ दिन लाग्नेमा सडक बनेर मोटर चल्न थालेपछि यो अवधि निकै कम हुन थालेको छ । यसले गर्दा एकातिर पर्यटकको बर्साई कम हुने र विदेशी मुद्रा आर्जनमा समेत प्रतिकूल प्रभाव परिरहेको छ भने अर्काीतर प्राकृतिक सुन्दरताको मज्जा लिँदै हिँड्न रुचाउने विदेशी पर्यटकलाई गाडी दौडेपछि धुवाँ, धूलो, मोटरको आवाजको हैरानीमात्र हैन वैकल्पिक पदयात्रा बाटो नबने अन्य गन्तव्यस्थल रोज्नुपर्ने स्थिति खडा भएको छ ।
। यो क्षेत्रको पदयात्राको ख्यातिलाई कायम राख्न विकल्पको खोजी हुनुपर्ने अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना -एक्याप) की पर्यटन अधिकृत अनु लामा बताउनुुहुन्छ । पहिला महिनौं हिंडनुपर्ने अन्न्ापर्ूण्ा क्षेत्रको पदयात्रा अहिले म्याग्दीको वेनी र गलेश्वर हुँदै तिप्ल्याङसम्म १७ किमी गाडी चल्छ । तिप्ल्याङबाट तातोपानी, दानाहुँदै करिब सातघण्टा पैदलपछि मुस्ताङ लेते गाविसको घाँसादेखि मुक्तिनाथसम्म करिब ७० किमी कच्च्ाी र माथिल्ल्ाो मुस्ताङ तिब्बत बोर्डरबाट घवामी गाविस झैतेसम्म ३५ किमी सडक बनेको छ । वषर्ामा लेते खोलाको अस्थायी पुल भत्काउँदाबाहेक जिप, मोटरसाइकल चल्छ भने लोमान्थाङखण्डमा टयाक्टर ।
लमजुङको बेसीसहरदेखि बुलबुले नादीसम्म गाडी चलेको र मनाङमा सडक निर्माणाधीन छ । म्याग्दीे तिप्ल्याङदेखि मुस्ताङ घाँसाको बाटो तीव्र गतिमा बनिरहेकोले त्यसको निर्माणपछि मुस्ताङ राजधानीसँग राजमार्गले पनि सिधँै जोडिने छ ।
एक्यापले अन्नपर्ूण्ा र्सर्किटमा सडक बन्ने क्रम बढेपछि पदयात्राको आकर्षालाई गुम्न नदिन वैकल्पिक बाटोको अध्ययन गरिरहेको छ । यस विषयमा एक्याप जोमसोमका प्रमुख मनीष पाण्डे सडक बनिसकेका ठाउँमा वैकल्पिक पदयात्रा नबनाए गन्तव्य नरहन सक्ने औंल्याउनुहुन्छ र्
पर्यटन व्यवसायी, पथपर््रदर्शक, भरिया र स्थानीय बासिन्दा भने बाटो विकासको लागि अपरिहार्य रहे पनि पदयात्राको लागि विश्वकै उत्कृष्टस्थल अन्नपर्ूण्ा र्सर्किट पदयात्रामा वैकल्पिक बाटो बनाएर पर्यटक आकषिर्त गर्नुपर्ने धारणा राख्छन् ।
सन् १९५० मा मौरिस हर्जोगलेे पत्ता लाएको अन्नपर्ूण्ा साउथ चढेकोे बाटो, गाडपारबाट अन्न्ापर्ूण्ा आधारशिविर, बेनी, दरवाङ, धौलागिरी प|mेन्च र धम्पुस पास गरेर मार्फा टुकुचेेजस्ता नयाँ बाटो खोज्नुपर्ने पर्यटन व्यवसायीहरुको धारणा छ । "कृषि, पर्यटन र विकास गर्न बाटो चाहिन्छ । पर्यटक तान्न, बसाइ लम्ब्याउन सडकको पारिपारि वैकल्पिक पदयात्रा खोल्ोर घाँसा, टुकुचे, लेते, मार्फा, जोमसोमजस्ता होटल सुविधायुक्त ठाउँमा झोलुङ्गे पुल हाल्नर्ुपर्छ," मार्फाका पर्यटन व्यवसायी सुरेन्द्र हिराचन भन्नुहुन्छ ।
"संस्कृति, प्रकृतिको जीवन्तताले मनाङ, मुस्ताङ संसारमै प्रसिद्ध छ," मार्फाकै भक्ति हिराचन भन्नुहुन्छ- वैकल्पिक पदयात्रा नबनाए सगरमाथातिर सडक छैन त्यतै जान्छु भन्न थाले पर्यटक । पर्यटकहरूको मत पनि त्यस्तै छ । थोराङ पास गरेर आएका अष्टे्रलियाका टे्रसी र ली अन साइरेड पनि बाटो, धूलो र मोटरले हैरानी दिने बताउँछन् । "पर्यटक तान्न सरकारले पदयात्रा मार्ग बनाएर संरक्षण गर्नुपर्छ, पर्यटक यहाँ गाडी चढ्न हैन हिँड्दै प्रकृति र संस्कृतिको आनन्द लिन आउने हुन् ," उनीहरू भन्छन् ।
तीनवर्षअघि टयाक्टर, मोटरसाइकल चलेको मुस्ताङमा तीन महिना यता जोमसोमदेखि मुक्तिनाथसम्म चार र जोमसोम लेतेघाँसा पाँच वटा जिप गुड्छन् । करिब दर्ुइसय मोटरसाइकलले यात्री ओर्सार्छन् । जोमसोम मुक्तिनाथ नेपालीलाई तीन र पर्यटकलाई रु. पाँचसय भाडा लिन्छन् ।
जिविस मुस्ताङले पनि सडक, शिक्षा र खानेपानीलाई प्राथमिकता दिएको छ । "कृषि र पदयात्रा मार्ग ३० किमी बन्दैछ र सबैखाले सडक निर्माणमा एक करोड लगानी हुन्छ," जिविसका इन्जिनियर ओमबहादुर केसी भन्नुहुन्छ ।
"मोटरबाटोमा हिँड्न पर्यटक रुचाउँदैनन्, जनतालाई सडक चाहियो, पर्यटन व्यवसायीलाई पदयात्रा मार्ग," कागवेनी होटल व्यवसायी समितिका अध्यक्ष धारा गुरुङ्ग भन्छन् - वैकल्पिक बाटो बनाएरमात्र हुन्न पर्ूवाधार, सजिलै पहुँच र त्यसको प्रचार गर्नुपर्छ ।
एक्यापले मुस्ताङको पदयात्रा मार्गमा सडक बनेपछि त्यसैलाई आधार बनाएर लेते, छयो, कुञ्जो, टीटी ताल, कोखेठाँटी, सौरु, चोकोपानी, मार्फाको झण्डै, मार्फा, तल्लो स्याङ, धुम्वा ताल,ठीनी, जोमसोम तथा जोमसोम, एक्लेभट्टी, पाक्लीङ्ग, फल्याक, ढाकरजुङ, कागवेनीको नयाँ पदयात्रा मार्गबारे अध्ययन गरेको छ ।
कागवेनी, पुटक, झोङ, छ्योखार, मुक्तिनाथ र टुकुचे, चिमाङ, छैरोमार्गको अध्ययन भएको छ । "पाँचदेखि दश किमी पैदलको यी नयाँ मार्गबाट अन्नपर्ूण्ा राउण्ड घुम्दा २३ देखि २५ दिन लाग्छ," एक्यापका अनु लामा भन्नुहुन्छ । हिमाल, प्रकृति, जनजीवन, संस्कृति, ताल, वनस्पति, चराचुरुङ्गी, जीवजन्तुजस्ता आकर्षा रहेको नयाँ मार्गमा होटल, सुविधाजनक बाटो र पर्यटकलाई आवश्यक पर्ूवाधार विकास गर्नुपर्ने छ ।
वैकल्पिक पदयात्रा मार्ग अध्ययन गरिएको कुञ्जो क्षेत्रमा समेत बाटो बन्न थालेपछि नयाँ पदयात्रा मार्ग खोज्नुपर्ने चुनौती पनि थपिएको एक्यापकै मनीष पाण्डे भन्नुहुन्छ । "जनताको चाहनाअनुरूप भएका पदयात्रा मार्गको संरक्षण र नयाँको पहिचान गर्नुपर्छ" प्रमुख जिल्ला अधिकारी प्रदीपराज कर्र्णोल भन्नुहुन्छ - याराघारा हुँदै दामोदर कुण्ड जाने, छुसाङको ढीही, कुञ्जोका बाटो मर्मत गर्नुपर्छ । छुसाङमा बाटो नसुधारे पर्यटक रोक्ने चेतावनी स्थानीयवासीले दिएको प्रजिअले बताउनुभयो ।
प्रतिबन्धित ठाउँ खोल्ने, शुल्क घटाउने, बाटो मर्मत सुधार र नयाँको खोजी गरे सडक आएपनि आन्तरिक पर्यटक बढ्ने र विदेशी पनि नघट्ने व्यवसायीको धारणा छ । " यातायातले पर्यटकको सङ्ख्या बढ्छ तर तिलिचो, निलगिरी, जोमसोममाथि मार्फा पुग्नेजस्ता नयाँनयाँ पदयात्रा खोज्नर्ुपर्छ,"जोमसोमका होटल व्यवसायी विष्णुराज हिराचन भन्नुहुन्छ ।
कुल सातहजार ६२९ वर्ग किलोमिटर क्षेत्रफलको हिमाल, संस्कृति, जनजीवन भौगोलिक बनावटको अनुपम सौर्न्दर्यका कारण संसारमै प्रसिद्ध अन्नपर्ूण्ा क्षेत्रमा सन् २००० मा र्सवाधिक ७६ हजार पर्यटक पदयात्रामा आएका थिए । दर्ुइ दशकमा पदयात्री पर्यटक नौलाख बढी पुगेको यहाँ गतवर्ष३८ हजारले भ्रमण गरे ।
संसारकै गहिरो अन्ध गल्छी, र्सवाधिक उचाइको तिलिचो ताल, ठूलो गुरासको जंगल, पाँचहजार ४१६ मिटर अग्लाइको थोराङ पास, अद्धितीय भौगोलिक बनावट र सांस्कृतिक जनजीवनको माथिल्लो मुस्ताङ, हिमालहरू, वनस्पति, जीवजन्तुको विविधता तथा हिमाली क्षेत्रको संस्कृति र जनजीवनले गर्दा अन्नपर्ूण्ा क्षेत्र संसारभरिका लागि आकर्षाको केन्द्र बन्दै आएको छ ।
विश्वकै उत्कृष्ट दसौं पदयात्रा मार्गको यहाँ सडक बन्ने तीव्रताले शान्तिपर्ूण्ा प्राकृतिक वातावरणमा हिँड्न रुचाउने पर्यटकलाई गाडी, सुविधा, धूलो, ध्वन्रि्रदुषणले गन्तव्य मोडेर पर्यटक घट्ला भन्ने चिन्ता बढेको छ । यसैका कारण अन्नपर्ूण्ाका पर्यटक एभरेस्टतिर मोडिन्छन् ।
चिया निकासीमा उत्साहजनक वृद्धि
काठमाडौं । नेपालको निर्यात व्यापारमा महत्वपर्ूण्ा स्थान ओगट्दै आएको चिया यस वर्षपर्ूवाञ्चल नाकाबाट मात्र ९ करोड ४७ लाख २ हजार ५ सय ४ रुपैयाँ बराबरको निकासी भएको छ । विभिन्न सात मुलुकमा ती चिया निकासी गरिएको हो । पर्ूवाञ्चलको विराटनगर-जोगवनी तथा झापाको काँकडभिट्टा नाकाबाट आर्थिक वर्ष२०६३/०६४ मा ६ लाख ६० हजार ९०८।- केजी अर्थाेडक्स र सिटिसी चिया निकासी भएको व्यापार तथा निकासी पर््रवर्द्धन केन्द्र पर्ूवाञ्चल क्षेत्रीय कार्यालय, विराटनगरले जनाएको छ ।
केन्द्रका अनुसार ती चिया चेक रिपब्लिकन, जर्मनी, दर्ुवई, पाकिस्तान, मलेसिया, यर्ुर्एइ एवम् संयुक्त राज्य अमेरिका निकासी गरिएको जानकारी दिनुभयो । उक्त अवधिमा पाकिस्तानमा सबैभन्दा बढी ४ लाख ७३ हजार ५२६।- केजी चिया निकासी भएको थियो ।
गाउँलेले बनाए ४० किमि सडक
काठमाडौं । आफ्नो आवश्यकता आफैंले पूरा गर्नुपर्छ र विकासका लागि अरुको मुख ताकियो भने सधैं पछि परिन्छ भन्ने चेतना जागेका नुवाकोट जिल्लास्थित कुमारी गाविसका बासिन्दाले कुटो कोदालोबाटै ४० किलोमिटर सडक खनेका छन् । गाउँलेहरुले सो सडक १० वर्षघिदेखि खन्न सुरु गरेका थिए ।
आफ्नो लागि आफैं सिद्धान्तअनुरुप वि.सं. २०५४ देखि पासाङ ल्हामु राजमार्गको बीचमा पर्ने पैँतीस किलो बजारबाट खन्न थालिएको नयाँबाटो-कुमरी मोटरबाटो कुमरीवासीले कुटो कोदालोकै भरमा निर्माण गरेका हुन् । सो सडकका लागि बीस हजार जनताले श्रमदान गरेका छन् ।
सो गाविसमा अहिले सडकले नछोएको कुनै वडा र गाउँ छैन । तर सो सडकका लागि जिल्ला विकास समिति, नुवाकोटको कुनै रकम परेको छैन । यद्यपि सो मोटरबाटोमा केन्द्रीय बजेट भने दर्ुइ लाख ५० हजार परेको स्थानीयबासीको भनाइ छ ।
सडक निर्माणबाट कुमरी गाविसका कृषि उत्पादनहरुले काठमाडौँ, त्रिशुली लगायतका स्थानहरुमा बजार पाएको बताइएको छ ।
मंसिरमा सुदूरपश्चिम महोत्सव
धनगढी । आर्थिक, शैक्षिक रुपमा पछिपरेको भए पनि सांसकृतिक र प्राकृतिक रुपमा धनी मानिएको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आगामी मङ्सिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव- २०६४ को आयोजना गरिने भएको छ । सुदूरपश्चिमको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले सुदूरपश्चिमको प्रमुख व्यवसायिक केन्द्र धनगढीमा यो महोत्सवको आयोजना हुनेछ ।
कैलाली उद्योग वाणिज्य सङ्घ, नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति, नगरपालिका लगायतका संघ संस्थाको संयुक्त पहलमा हुन लागेको सुदूरपश्चिम महोत्सवको मूल नारा "पर्यटन, कृषि, उद्योग र व्यापार, समुन्नत सुदूरपश्चिममा विकासको आधार" भन्ने रहेको छ ।
दस दिनसम्म सञ्चालन हुने सुदूरपश्चिम महोत्सवमा औद्योगिक पर््रदर्शनी, कृषि पर््रदर्शनी, लोक-दोहरी, स्थानीय भेषभूषा झल्किने साँस्कृतिक कार्यक्रम, 'फूड फेस्टिबल' आदि रहने बताइएको छ ।
महोत्सवको आयोजनाबाट प्राकृतिक सम्पदा र जैविक विविधताले धनी सुदूरपश्चिम क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान गर्न, पर्यटन कृषि, व्यापार क्षेत्रको विकासमा एउटा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।
महोत्सव सञ्चालनका लागि एक मूल समिति र त्यसअर्न्तर्गत व्यवस्थापन, प्रचारप्रसार, साँस्कृतिक कार्यक्रमलगायतका दस उपसमिति गठन गरिएका छन् । महोत्सवका क्रममा सुदूरपश्चिमको वस्तुस्थिति झल्काउने खालका 'सुदूरपश्चिम दर्शन नामक सिडी' समेत तयार गरिने उद्योग वाणिज्य सङ्घका महासचिव दिनेश भण्डारीले बताउनुभयो ।
अशल सन्तानको चिनारी
काठमाडौं । आधुनिक सभ्यताले व्यक्तिवादी भन्दैगएको नेपाली समाजमा बाबुआमाको नाममा सामाजिक कार्य गर्नेहरु कमै भेटिन्छन् । तर म्याग्दीका स्थानीय एक व्यक्तिले आमाबाबुको आत्माको शान्तिका लागि आमाबाबुकै नाममा विद्यालय भवनमा थप कोठा निर्माण गरी अनुकरणीय कार्य गरेका छन् ।
जिल्लाको ज्यामरुककोट १ बगरफाँटका हर्कबहादुर थापाले आफ्नी स्वर्गीय आमा टीकाकुमारी र बाबु रणबहादुरको नाममा करिब रु. ४५ हजारको लागतमा सरस्वती प्रावि बगरफाँटमा एक कोठे पक्की भवनको निर्माण गरिदिनु भएको हो ।
सो भवन निर्माणपछि विद्यार्थीहरुले सजिलोसँग पढ्न पाएको विद्यालयले जनाएको छ ।
माओवादी पुरानै बाटोमा
काठमाडौं । सत्ता राजनीतिको हानाथापले मुलुकको भविष्य नै अस्थिर बनिरहेको सर्न्दर्भमा शान्ति प्रक्रियामा सामेल माओवादीले घोषित सहमति र सम्झौताहरुको पालना गर्न छाडेका छन् । यसअघि छिटफुट रुपमा घट्ने असामान्य घटनाहरुलाई बिर्सर्ाादै माओवादीले हालका दिनमा आएर चन्दा असुली, अपहरण जस्ता कार्यलाई त्रि्रता दिनथालेका छन् ।
यसैबीच नेकपा -माओवादी) को भातृ संगठन योङ कम्युनिष्ट लिग -वाईसीएल) ले गोरखाको उत्तरी क्षेत्र वारपाकको अवलोकन भ्रमणका लागि पुगेका पर्यटकहरुबाट रु. ११ हजार चन्दा असुल गरेका छन् ।
गोरखा सदरमुकामदेखि वारपाक हुँदै लप्प्राक एवं उत्तरी गोरखा अवलोकनका लागि गएका पर्यटक प
|mान्सेली नागरिकहरुलाई वाईसीएलले वारपाकमा रोकी चन्दा मागेको र दिन नमान्दा वारपाकभन्दा जान नदिने धम्की दिएपछि ती पर्यटकहरुले बाध्य भई चन्दा दिएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ ।
माओवादी सत्ताबाट बाहिरिएर सशंकित बनेको अमेरिका तथा युरोपेली मुलुकका पर्यटकहरुसंग यसरी जवर्जस्ती चन्दा असुली गर्नु माओवादीकै लागि घातक हुने तर्क स्थानीयबासीको छ । माओवादीप्रति पर्ूण्ा विश्वस्त हुन नसकेका विदेशी मित्रराष्ट्रका पर्यटकहरुसंग चन्दा असुली गर्नुले माआवादी विस्तृत शान्ति सम्झौताको पालनामा प्रतिवद्ध नभएको देखाउँछ भने र्सवसाधारणसंग गरिएको चन्दा असुली र अपहरणका घटनाले माओवादीप्रतिको आशंकालाई झनै बढाएको छ ।
त्यसैगरी माओवादी भातृ संगठन वाईसीएलले कालिकोट जिल्लामा दशैंमा मन्दिरमा पूजा गरेको भन्दै गाउँलेलाई निर्घर्ााकुटपिट गरेका छन् । प्राप्त समाचार अनुसार वाईसीएलका कार्यकर्ताले उनीहरुको निर्देशन विपरीत मन्दिरमा पूजा गरेको र दशैं मनाएको आरोपमा ६ वर्षा बालबालिकादेखि ७० वर्षा वृद्धसम्मलाई निर्घर्ााकुटपिट गरेका थिए ।
उता बाराका पत्रकार वीरेन्द्र साहको अपहरण आफूहरुले नगरेको भन्दै माओवादी जिल्ला इन्चार्जबाट जारी विज्ञप्तिलाई नेपाल पत्रकार महासंघ लगायतका संघसंस्थाले आपत्ति जनाएका छन् ।
कुरिलो खेतीले तान्यो कृषकलाई
दाङ । बहुमूल्य जडिबुटीको स्थानीयस्तरमा व्यावसायिक खेती गर्न सकिने ज्ञान कृषकहरुलाई हुन थालेपछि यहाँका किसानहरुको कुरिलो खेतीप्रति आकर्षा बढ्दै गएको छ । थोरै मिहिनेत र कम लगानीबाट धेरै आम्दानी लिन सकिने कुरिलो खेतीका लागि जिल्ला वन कार्यालय, दाङले डिएफआइडिको आर्थिक सहयोगमा जिल्लाका अति विपन्न वर्गका मानिसहरूको आयस्तर वृद्धि गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समितिमार्फत किसानहरूलाई प्रोत्साहित गरिरहेको छ ।
स्थानीय बजारमा गुणस्तर हेरी प्रतिकिलो न्यूनतम ३००।- देखि अधिकतम एक हजारसम्ममा बिक्री हुने गरेको कुरिलोको जरा र बीउ उत्तिकै मात्रामा माग हुने भएकाले दुवैबाट आर्थिक लाभ लिन सकिन्छ ।
शक्तिबर्द्धक जडीबुटीको रूपमा रहेको कुरिलो खेतीका लागि खुकुलो माटो चाहिने बताइएको छ । सामान्य हेरचाह, गोडमेल र मलको मात्रा पुगेमा लगाएको २५ महिनादेखि ३० महिनासम्ममा यसको जरा निकाल्न सकिन्छ । साथै बीउ भने डेढ वर्षभत्र टिपेर बिक्री गर्न सकिन्छ । कुरिलो खेती गर्न चाहने कृषकले सामुदायिक वन उपभोक्ता समितिमार्फत जिल्ला वन कार्यालय वा रेञ्जपोस्टमा सर्म्पर्क राखेमा निःशुल्क रूपमा यसको बिरुवा उपलब्ध गराइने गरिएको छ ।
दाङ जिल्लाका तुलसीपुर र त्रिभुवननगर नगरपालिकाका अतिरिक्त विभिन्न गाविसका करिब पाँच हजार कृषकले कुरिलो खेती गर्न थालेका छन् । देउखुरी उपत्यकामा पर्ने सतबरिया र गढवा गाविसबाट मात्र यस वर्षकुरिलोको ६३० किलो बीउ बिक्री भएको जिल्ला वन कार्यालय, दाङले जनाएको छ ।
कात्तिक महिनाको तेस्रो सातादेखि कुरिलो खेती गरिएका जिल्लाका विभिन्न स्थानमा जरा खन्न सुरु गरिने र सोको बजार व्यवस्थापनको कार्य जिल्ला वन कार्यालयले नै मिलाइदिने पनि बताइएको छ ।
दाङ जिल्लामा अहिले कुरिलोका अतिरिक्त सेतो मुस्ली, अश्वगन्धा, चिराइतो, कालो मेघ, रिठ्ठा र अमलाजस्ता जडीबुटीको पनि खेती भइरहेको छ । किसानहरूलाई जडीबुटी खेतर्ीतर्फ आकषिर्त गने उद्देश्यले जिल्ला वन कार्यालयले नर्सरीसम्बन्धी र व्यावसायिक जडीबुटी खेतीसम्बन्धी छुट्टै विभाग नै स्थापना गरेको छ ।
सो विभागले किसानबाट उत्पादित जडीबुटी बिक्रीका लागि बजारको व्यवस्था मिलाइदिने कामसमेत गर्दैआएको छ । दाङबाट सुरु भएको कुरिलो खेती अहिले विस्तार भएर प्युठान र सल्यान जिल्लामा समेत हुन थालेको छ ।
नेपाल भाषा साहित्य सम्मेलन सम्पन
काठमाडौं । जातीय स्वतन्त्रतालाई दबाएर राष्ट्रको उत्थान हुन सक्दैन भन्ने नाराका साथ ४४ औं विराट नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरको तेखापुखमा र जनता बाँचे भाषा बाँच्छ भन्ने नाराका साथ २७ औं नेपाल भाषा साहित्य सम्मेलन हालै भक्तपुरमा सम्पन भएको छ ।
नेपाल भाषा साहित्य र संस्कृतिको उत्थान र जर्गेना गर्ने अभ्रि्रायले भक्तपुरको दर्ुइ छुटाछुटै स्थानमा आयोजित दर्ुइदिने बृहत् नेपाल भाषा साहित्य सम्मेलमा सहभागी साहित्यकारहरुले मातृ भाषा, साहित्य, संस्कृति नै आफ्नो पहिचान भएकाले यसको उत्थानका लागि साहित्यकारले जनपक्षीय साहित्य सृजना गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सम्मेलनमा साहित्यकार डा.योगेन्द्र प्रधानाङ्ग, बुद्ध सायमी, हृदयप्रसाद मिश्र, डा.चुन्दा बज्राचार्य, प्रतिसरा सायमी, भगदास श्रेष्ठ, राजभाइ जःकमी, सुशीला श्रेष्ठ, नारद बज्राचार्य सृजना सुवेदीलगायतले कविता, कथा, गीत,गजल, हाइकु आदि वाचन गर्नुभयो ।
त्यसैगरी २७ औं नेपाल भाषा साहित्य सम्मेलनमा नेपाल मजदुर किसान पार्टर्ीी अध्यक्ष नारायणमान बिजुक्छेले साहित्यकारले जनपक्षीय साहित्य रचना गर्नुपर्ने बताउनु भएको थियो ।
सम्मेलनमा साहित्यकार पर्ूण्ा वैद्य, डिआर पोखरेल, मोहन दुवाल, बेबी झा, भैरव रिसाल, प्रा माणिकलाल श्रेष्ठ, रमापतिराज शर्मालगायतले आ आफ्ना कविता, कथा, गजल, हाइकु वाचन गर्नुभएको थियो ।
यसैबीच दर्ुइ दशकभन्दा लामो समयदेखि छ्वालीका विभिन्न कला सृजना गर्ने कलाकारद्वय आशाराम कुश्मा र रामकृष्ण सुवाललाई हालै भक्तपुरमा सम्मानित गरिएको छ ।
युवा स्टेसनरी एन्ड गिफ्टसप तथा ब्रेन पावर प्रा.लि.ले आयोजना गरेको दर्ुइ दिने प्रतियोगितात्मक छ्वाली कला -पर््रदर्शनी२०६४ <
mबष्तियस्पर््रदर्शनी२०६४श्र को समापनका अवसरमा नेपाल हस्तकला महासंघका अध्यक्ष पुष्करमान शाक्यले कलाकारद्वयलाई सम्मान गर्नुभएको थियो ।
पर््रदर्शनीमा राखिएका ४४ वटा छ्वालीबाट बनाइएका धार्मिक, साँस्कृतिक र वरिष्ठ व्यक्तिका तस्बिर तथा मन्दिरहरुमध्ये पशुपतिको मन्दिर बनाई उत्कृष्ट हुने पाटनका रत्नकाजी महर्जनलाई प्रथम पुरस्कार प्रदान गरियो ।
यसैगरी गणेशको तस्बिर बनाउने भक्तपुरका विकास तमखु द्वितीय र घोडाको तस्बिर बनाउने भक्तपुरका सुशील त्याना तृतीय भए भने सपना खायमलीलाई सान्त्वना पुरस्कार प्रदान गरियो ।
प्रतियोगितामा गोर्खाबाट सहभागी भएका कलाकार हिमाल गुभाजु र छ्वालीकै पशुपतिको मन्दिर बनाउने कलाकार दीपशक्ति व्यञ्जनकारलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो ।
संरक्षणको पर्खाइमा व्यास गुफा
दमौली । पर्यटकीय र धार्मिक महत्वको स्थल व्यास गुफाको अस्तित्व संकटमा पर्न थालेको छ । जिल्लाको मादी नदीमा बर्सर्ेे हुने कटानीका कारण ऐतिहासिक पर्यटकीयस्थल व्यास गुफाको अस्तित्व सङ्कटमा पर्न थालेको हो । वर्षोनीको झरीले गुफा वरपर रहेका पाँच-छ वटा बर र पिपलका चौतारो बगाइसकेको छ । गुफा किनारमा तटवन्धन गरिए पनि वषर्ायाममा सबै तटवन्धन बाढीले बगाउने गरेकाले गुफाको छुट्टै किसिमबाट संरक्षण गर्नुपर्ने शिव पाञ्चायन मन्दिरका पूजारी टङ्कनाथ उपाध्याय बताउनुहुन्छ ।
सो गुफाको आवश्यक रेखदेख, सरसफाइ र संरक्षणका लागि ओमनाथ योगी -रातेबाबा) १६ वर्षेखि क्रियाशील हुनुहुन्छ । गुफाभित्रका शिव र व्यासका मर्ूर्ति, सत्यवती मर्ूर्ति, त्यहाँभित्रका ध्यान एवम् ज्ञानगुफा पर्यटकका लागि आकर्षाको केन्द्रविन्दु बनेको स्थानीय काशीनाथ न्यौपाने बताउनुहुन्छ ।