Yugasambad.Com.Np

सुख्खायाममा पनि कोसीको धार
Tuesday, 02.09.2010, 08:06am (GMT5.5)

काठमाडौं २०६५ भदौ गते सुनसरीको पश्चिम कुशाह- बाट तटबन्ध भत्काएर नेपालतिरको सुनसरीका चार गाविस भारतको सयौँ गाविस डुबानमा पारेको कोसी नदीले फेरि खतरा उत्पन्न गराउनसक्ने सङ्केत दिन थालेको बारम्बार आफ्नो बहावको धार परिवर्तन गरिरहने कोसी नदीले ठूलो प्रयत्नपछि पश्चिमतिर बग्न थालेको आफ्नो धारलाई पुनः परिवर्तन गरी पर्ूवतिर नै हानिन थालेको

ज्यादै न्यून पानी भएको सुख्खा मौसममा समेत कोसी नदीले नयाँ तटबन्ध क्षेत्रतिर तीव्र रूपमा हान्ने कार्य जारी राखेकाले भारतको बिहार सरकारले बनाएको तटबन्ध सुरक्षित भन्न सकिने अवस्था नरहेको पाइएको

अघिल्लो भदौमा भत्काएको तटबन्ध क्षेत्रतिर पुनः कोसी नदीले आफ्नो बहाव केन्द्रित गर्न थालेकाले फेरि पनि कोसीमा विपत आउनसक्ने सम्भावना सिर्जना हुन थालेको नयाँ तटबन्ध निर्माण क्षेत्रमा हिउँदको महिनामा जसरी कटान गरिरहेको त्यही अनुपातमा नदी सोही क्षेत्रतिर नै हानिएर कटान जारी राखे पछिल्लो समयमा नदीलाई पश्चिम फर्काउन बनाइएको तटबन्ध कुनै पनि बेला खतरामा पर्नसक्ने अवस्था रहेको

भारतको बिहार सरकारले तटबन्ध निर्माण त्यसको मर्मतका लागि जिम्मा दिएको वशिष्ठा एण्ड वशिष्ठा निर्माण कम्पनीले निर्माणस्थलबाट आफ्नो सम्पर्ूण्ा प्राविधिक जनशक्ति उठाएर लगेकाले त्यहाँको मर्मतमा देखाउनुपर्ने उच्च र्सतर्कता नदेखिदा त्यस्तो खतराको सङ्केत देखिन थालेको हो

सुनसरीको पश्चिम कुशाहा अर्थात् कोसीटप्पु वन्यजन्तु आरक्षको मुख्य कार्यालय रहेको पश्चिमी भागको तटबन्धमा पछिल्लो समयमा बनाएको पाँचवटा स्परमध्ये दक्षिणतिरको तेस्रो स्पर निक्कै दब्न थालेको तेस्रो चौथो स्परबीचका भित्री भाग छिचोल्दै कोसी नदीले पर्ूवतिर कटानलाई निरन्तरता दिइरहेको दृश्यले त्यहाँ कुनै पनि बेला उच्च खतराको सङ्केत गरिरहेको देखिन्छ

अहिले पनि कोसीले गरेको तीव्र कटानलाई सावधानीपर्ूवक नियन्त्रण एवम् रोकथामका लागि निरन्तर कार्य नगर्ने हो भने त्यो विनासलिला पुनःनदोहोरिने भन्न नसकिने अवस्था सिर्जना भइरहेको

वशिष्ठा एण्ड वशिष्ठा निर्माण कम्पनीले नियमित मर्मत रेखदेख गर्ने जिम्मेवारी पाएको भए पनि त्यो कम्पनीले कार्यक्षेत्र छाडेर गएको पाइएको निर्माण कम्पनीको आरक्षमा रहेको कार्यालय सुनसान अवस्था रहेको भने कोसी नदीले कटान गरिरहेको स्थानमा बोल्डर हाल्ने नयाँ निर्माण गरिएको स्परहरूको रेखदेख गर्ने कार्यमा कोही मानिस परिचालन भएको देखिन्दैनन्

बैरागी काइँला कुलपति

काठमाडांै २०६३ सालदेखि रिक्त रहेको नेपाल प्रज्ञा-प्रतिष्ठानको कुलपतिमा साहित्यकार वैरागी काइँला -तिलविक्रम नेम्वाङ) नियुक्त हुनुभएको

प्रज्ञा प्रतिष्ठानका संरक्षक एवम् सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था संस्कृतिमन्त्री डा. मीनेन्द्र रिजाल अध्यक्ष तथा डा. तुलसी भट्टर्राई तोया गुरुङ सदस्य रहेको समितिको सिफारिसमा काइँलालाई कुलपतिमा नियुक्त गरिएको हो त्यसैगरी उपकुलपतिमा साहित्यकार गङ्गाप्रसाद उप्रेतीलाई नियुक्त गरिएको भने प्राज्ञपरिषद् सदस्यमा डा. बेञ्जु शर्मा, महादेव अवस्थी, भाउपन्थी, बुँद राना, रामभरोस कापडी 'भ्रमर', डा. सञ्जिता बर्मा सुलोचना मानन्धरलाई नियुक्त गरिएको

प्राज्ञसभामा प्रा.डा.गोविन्दराज भट्टर्राई, विष्णुविभु घिमिरे, मञ्जु काँचुली, ध्रुव सापकोटा, माया ठकुरी, कृष्णभूषण बल, जगदीश गुरुङ, नर्मदेश्वरी सत्याल, ललिजन रावल, दीपक गौतम, अमर तुम्याहाङ, पुरुषोत्तम सुवेदी, रमेश श्रेष्ठ, उपेन्द्र सहनी, गायत्री विष्ट इन्द्रबहादुर गुरुङ मनोनयन हुनुभएको