काठमाडौं । राजधानीका सञ्चार उद्यमी जमीम शाहको हत्या भएको एक महिना नपुग्दै जनकपुरका प्रतिष्ठित सञ्चार उद्यमी तथा व्यवसायी अरुण कुमार सिंघानियाको हत्यासंगै नेपालको संचार क्षेत्र त्रस्त बनेको छ । सिंघानियाको हत्यापछि जनकपुर, पर्सर्ाागायत तर्राईमा सक्रिय पत्रकारहरू विभिन्न धम्कीका कारण पलायन हुनुपर्ने अवस्थाको सिर्जना भएको छ ।
पत्रकारहरूमाथि भैरहेको धम्की, आक्रमण र हत्याको विरोधमा नेपाल पत्रकार महासंघ देशव्यापी आन्दोलनमा उत्रेको छ भने यो आन्दोलनलाई विभिन्न पेशा, व्यवसायी संघ-संगठनहरूले र्समर्थन गरेका छन् । नेपाल पत्रकार महासंघ 'बाँच्न र लेख्न देऊ' भन्दै चरणवद्ध आन्दोलनमा छ । सिंघानियको हत्या लगत्तै पत्रकार महासंघले गृह मन्त्रालयमा धर्ना दियो । पत्रकारको भौतिक र व्यावसायिक सुरक्षाका लागि पटक-पटक आग्रह गरिए पनि सरकारले त्यस्तो बेवास्ता गरेको जनाउँदै महासंघले सांकेतिक विरोधस्वरुप धर्ना दिएको हो ।
जति नै लामो ज्ञापनपत्र दिए पनि त्यसको कार्यान्वयन नभएकाले केवल 'बाँच्न र लेख्न देऊ' भन्ने दर्ुइ शब्द उल्लेख गरिएको ज्ञापनपत्र गृहमन्त्रीलाई दिन पुगेका महासंघका पदाधिकारी अन्तिममा ज्ञापनपत्र मन्त्रालयको भित्री प्रवेशद्वारमा ढुंगाले थिचेर फर्केका थिए ।
यसैबीच सिंघानियाको हत्याको जिम्मेवारी चारवटा सशस्त्र समूहले लिएका छन् । हत्याको जिम्मेवारी लिने सशस्त्र समूहमध्ये तर्राई-मधेस जनतान्त्रिक पार्टर्ीी अध्यक्ष अर्जुन सिंहले जनकपुर टुडेका सम्पादक एवं बिबिसी नेपाली सेवाका समाचारदाता बृजकुमार यादव र रामानन्द युवा क्लबका पर्ूव अध्यक्ष जीवनाथ चौधरीलाई एक साताभित्र हत्या गर्ने धम्कीसमेत दिएका छन् । स्थानीय प्रशासनले हत्याको अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक रुपकुमार न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
जनकपुरका सञ्चार उद्यमी अरुणकुमार सिंघानियाको हत्या गरिएको घटनाप्रति विभिन्न राजनीतिक पार्टर्ीीसञ्चारसम्वद्ध संस्था एवम् मानवअधिकारसँग सम्बन्धित सङ्घसंस्थाले घोर भर्त्सना गर्दै अपराधीलाई कारवाही गर्न माग गरेका छन् ।
पर्ूवप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशित गरी जनकपुरका प्रतिष्ठित सञ्चार उद्यमी तथा व्यवसायी अरुण सिंघानियामाथिको आक्रमण नेपालको लोकतान्त्रिक आन्दोलनमाथिको बर्बर आक्रमण भएको बताउनुभएको छ । वक्तव्यमा देउवाले घटनामा संलग्न दोषी तत्काल पत्ता लगाई कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।
नेपाल सद्भावना पार्टर्ीी मधेसी सञ्चारकर्मी र उद्यमीमाथि निरन्तर हुँदैआएको आक्रमण, हत्याजस्ता घटना मधेसको सञ्चार क्षेत्रलाई कमजोर बनाउने र मधेसी आवाजलाई बुलन्द हुनबाट रोक्ने अभ्रि्रायबाट भएको जनाएको छ ।
सिंघानियाको हत्याको घटनाबाट सम्पादक समाज नेपाल अत्यन्त दुःखी भएको जनाउँदै नेपालको सञ्चार क्षेत्रमा उद्यमीहरूको क्रमिक रुपमा हत्या हुँदै जानुले सञ्चार क्षेत्रको भविष्यमा नै प्रश्न खडा भएको महसुस गरेको समाजले बताएको छ ।
त्यस्तै सिंघानियाको अज्ञात समूहद्वारा गोली प्रहार गरी हत्या गरेको घटनाबाट मधेसी मिडिया हाउसलाई स्तब्ध तुल्याएको हाउसले जनाएको छ भने नेपाल प्रेस इन्ष्िटच्यूटले समवेदना सन्देश दिंदै लोकतन्त्रको आगमनपछि पनि सञ्चारकर्मीले असुरक्षा व्यहोर्नु पर्ने अवस्था रहेकाले सञ्चारकर्मीले अभिव्यक्ति स्वतन्त्रताको अधिकार निर्भयपर्ूवक उपभोग गर्नसक्ने अवस्था रहँदैन भनेको छ ।
नेपाल मानव अधिकार संगठनले उक्त हत्याको घोर भर्त्सना गर्दै सञ्चारकर्मी, सञ्चार माध्यम, मानवअधिकार रक्षकमाथि पटकपटक भइरहने आक्रमण र हत्याले देशको सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टि भएको उल्लेख गरेको छ । मानवअधिकार तथा शान्ति समाजले सञ्चार उद्यमीमाथि भएका यस्ता आततायी आक्रमणका कारण सञ्चार व्यवसाय र स्वतन्त्र प्रेस आहत हुने र निरुत्साहित हुने हुँदा तत्काल यस्ता अपराधपर्ूण्ा काममा संलग्नलाई पत्ता लगाई कारवाही गर्न र नागरिकको जीवन सुरक्षाप्रति सचेत र गम्भीर हुन शान्ति समाजले सरकारको ध्यानाकर्षा गराएको छ ।
त्यसै गरी नेपाल चेम्बर अफ कमर्सले एक विज्ञप्ति जारी गरी मुलुकका उद्यमी व्यवसायीलगायत आम नागरिकको हत्या हुँदा पनि सरकारको सुरक्षा निकाय मुकदर्शकको रुपमा वस्नु, हत्यारालाई तुरुन्त समात्न नसक्नु तथा आफ्ना नागरिकको रक्षा गर्न नसक्नुजस्ता अत्यन्त कमजोर सुरक्षा प्रणालीप्रति निजी क्षेत्र चिन्तित रहेको जनाएको छ ।
उता प्रिmडम फोरमले सञ्चार उद्यमी अरुण सिंघानीयाको कायरतापर्ूण्ा हत्याले समग्र प्रेस जगतलाई चिन्तित बनाएको जनाउँदै स्वतन्त्र प्रेसको आत्मालाई मार्ने ढङ्गबाट गरिएको यस प्रहारलाई सबै सञ्चारकर्मीले दृढतापर्ूवक डटेर मुकाविला गर्न आहृवान गरिएको छ ।
यसैगरी नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार सम्बन्धी उच्चायुक्तको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी सञ्चार उद्यमी सिंघानियाको हत्याको निन्दा गर्दै गहिरो चासो र चिन्ता व्यक्त गरेको छ । सञ्चार क्षेत्रमाथि बढ्दो चेतावनी एवं हिंसाजन्य घटनाले प्रेस स्वतन्त्रता र मानवअधिकारको हनन् हुने बताउँदै उच्चायुक्तको कार्यालयले पत्रकार तथा सञ्चारकर्मीको आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ ।
जनकपुरका सञ्चार उद्यमी अरुणकुमार सिंघानियाको हत्याको विरोधमा देशभरका पत्रकारहरूले जिल्ला जिल्लामा पर््रदर्शन गरिरहेका छन् । पत्रकार महासंघका सबै जिल्ला शाखाहरू आन्दोलित भएका छन् । नेपाल प्रेस यूनियन, प्रेस चौतारी नेपाल पनि पत्रकार महासंघको आन्दोलनमा सरिक छ ।
यसैबीच नेपाल अमेरिका पत्रकार संघ, अमेरिकाका अध्यक्ष गिरिस पोखरेल तथा महासचिव कृष्ण शर्माले विज्ञप्ति जारी गरी सरकारबाट दण्डहीनतालाई प्रश्रय दिएकै कारण चौथो अंगमाथि पर्न गएका यस्ता घटनाको सम्पर्ूण्ा क्षेत्रबाट सशक्त रुपमा प्रतिकार गर्न आग्रह गर्दै नेपालका सम्पर्ूण्ा सञ्चारकर्मीले गरेको विरोधप्रति ऐक्यबद्धता जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले एक विज्ञप्ति जारी गरी सञ्चार उद्यमी अरुणकुमार सिंघानियाँको हत्या र भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सका अध्यक्ष नागेन्द्रकिसन पाम्पटीमाथि भएको आक्रमणको महासंघले भत्र्सना गरेको छ ।
राज्य गम्भीर भएन
काठमाडौं । नेपालको संचार क्षेत्र र सञ्चार उद्यमीमाथि भइरहेको आक्रमणका सम्बन्धमा नेपाल पत्रकार महासंघद्वारा आयोजित छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले दण्डहीनताको अन्त्यका लागि बारम्बार आवाज उठाउँदासमेत राज्य गम्भीर नभएकोमा दुःख व्यक्त गर्नुभएको छ ।
उहाँहरूले मुलुकमा सुरक्षा संयन्त्र निष्त्रिmय रहेको जनाउँदै दण्डहीनताको कारण के हुन् भन्नेबारे पनि खोतल्न आवश्यक रहेको बताउनुभयो ।
छलफलका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको भनिएको ठाउँमा मान्छे मारिँदा एकजना पनि सुरक्षाकर्मीको उपस्थिति नहुनुले राज्यको सुरक्षा संयन्त्रलाई स्वयम् मापन गर्छ भन्दै सरोकारवालाहरूले राज्य निरीह हुनुको अर्थ दण्डहीनतालाई प्रोत्साहन गरेको निष्कर्षनिकालिएको छ । बैठकले लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको सञ्चारक्षेत्रमाथि आक्रमण हुनु भनेको लोकतन्त्रलाई नै कमजोर तुल्याउने खेल भइरहेको पुष्टि गर्दछ भन्दै सञ्चारजगतले उठाएका आवाजलाई सम्मान गर्न सरकारलाई सुझाव दियो ।
त्यसै गरी नेपाल पत्रकार महासंघले व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सञ्चारसँग सम्बद्ध सभासद्सँग सञ्चार क्षेत्रमाथि बढ्दै गएको आक्रमण र दण्डहीनताको अन्त्यका बारेमा पनि छलफल गरेको थियो ।